माध्यमिक तह अध्यापन अनुमतिपत्र परीक्षा - २०८० (Set C)

TSC Exam Question Paper - 2080
नेपाल सरकार
शिक्षक सेवा आयोग
अध्यापन अनुमतिपत्र परीक्षा-२०८०
तह : माध्यमिक
पूर्णाङ्क : १००
सेट : C
समय : १ घण्टा
उत्तीर्णाङ्क : ५०
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले यस प्रश्नपत्रको दायाँतर्फ दिइएको सेट (A, B, C वा D) लाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रस्ताव गरेको माध्यमिक तह कक्षा ९-१२ को पाठ्यक्रम कस्तो पाठ्यक्रम हो ?
A. एकलपथीय पाठ्यक्रम
B. एकीकृत पाठ्यक्रम
C. बहुपथीय पाठ्यक्रम
D. विशेष पाठ्यक्रम
२. पाठ्यक्रममा आधारित शिक्षण-सिकाइमा शिक्षक निर्देशिकाले कस्तो भूमिका खेल्छ ?
A. विद्यार्थीलाई स्वतन्त्र रूपमा अध्ययन गर्न र अभ्यासका लागि गाइडको रूपमा काम गर्दछ
B. शिक्षकलाई पाठ्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षण सिकाइका विभिन्न चरणमा निर्देशन प्रदान गर्दछ
C. पाठ्यपुस्तकको विकल्पको रूपमा, विद्यार्थीहरूको लागि आवश्यक सबै जानकारी प्रदान गर्दछ
D. सैद्धान्तिक अवधारणाहरूलाई समेटेको हुँदा कक्षाकोठामा शैक्षणिक क्रियाकलापको लागि उपयोगी हुन्छ
३. तल दिइएका मध्ये कुनचाहिँ क्रमले पाठ्यक्रमका तत्वहरूको सही क्रमको प्रतिनिधित्व गर्दछ ?
A. उद्देश्य → क्रियाकलाप → मूल्याङ्कन → विषयवस्तु
B. उद्देश्य → विषयवस्तु → मूल्याङ्कन → क्रियाकलाप
C. उद्देश्य → क्रियाकलाप → विषयवस्तु → मूल्याङ्कन
D. उद्देश्य → विषयवस्तु → क्रियाकलाप → मूल्याङ्कन
४. तलका मध्ये कुन शिक्षण विधि प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप गर्दा विद्यार्थीहरू सबैभन्दा बढी सक्रिय हुन्छन् ?
A. परियोजना विधि
B. छलफल विधि
C. प्रश्नोत्तर विधि
D. प्रदर्शन विधि
५. विद्यार्थीहरूमा आलोचनात्मक चेतको विकासका लागि शिक्षकले वास्तविक समस्या प्रस्तुत गर्दै तिनीहरूको विश्लेषण, मूल्याङ्कन र सम्भावित समाधानहरू पहिचान गर्ने लगायतका प्रक्रियाबाट शिक्षण गर्दछ भने यस्तो शिक्षण रणनीतिको मुख्य लक्ष्य तलकामध्ये कुन हुन सक्छ ?
A. विद्यार्थीहरूको समस्या समाधान गर्ने क्षमता अभिवृद्धि गर्ने
B. विद्यार्थीहरू बीचको प्रतिस्पर्धालाई बढावा दिने
C. शिक्षणमा आलोचनालाई प्रोत्साहन गर्ने
D. आफ्नो शैक्षिक योजना निर्माण सम्बन्धी कौशल विकास गर्ने
६. बालमैत्री वातावरणमा समालोचनात्मक शिक्षण सिकाइका तरिकाहरूको उपयोग गर्दा सक्रिय सिकाइको सिद्धान्त अनुसार शिक्षण सिकाइलाई तीन चरणमा कसरी विभाजन गर्न सकिन्छ ?
A. योजना बनाउने, क्रियाकलाप सञ्चालन गर्ने र मूल्याङ्कन गर्ने
B. उत्सुकता जगाउने, ज्ञान निर्माण गर्ने र सुदृढीकरण गर्ने
C. उद्देश्यसँग परिचित हुने, विषयवस्तुमा ध्यान केन्द्रित गर्ने र निचोड निकाल्ने
D. धारणा साटासाट गर्ने, घटना अध्ययन गर्ने र सारांश निकाल्ने
७. महामारी वा विपद्को समयमा विद्यार्थी सिकाइमा निरन्तरता दिन शिक्षकले गर्नुपर्ने पहिलो सबैभन्दा महत्वपूर्ण काम तलकामध्ये कुन हो ?
A. सङ्कटमा रहेकाहरूको आवश्यकता पहिचान
B. अभिभावक र विद्यार्थीसँगको सञ्चार र अन्तर्क्रिया
C. सङ्कटमा रहेकाहरूको पुनर्स्थापना र सहयोग
D. सङ्कटमा रहेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण
८. माध्यमिक तह नेपाली विषयको पाठ्यक्रमले २५% अङ्क भारको आन्तरिक मूल्याङ्कनको व्यवस्था गरेको छ । उक्त आन्तरिक मूल्याङ्कनको लागि छुट्ट्याइएको २५ अङ्क भारमध्ये १० अङ्कभार तलका मध्ये कुन पक्षलाई छुट्ट्याइएको छ ?
A. उपस्थिति र कक्षा सहभागिता
B. परियोजना कार्यको अभिलेख
C. त्रैमासिक परीक्षाको नतिजा
D. सुनाइ र बोलाइ
९. नेपालमा विद्यालय तहमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली प्रभावकारी नदेखिनुको मुख्य कारण तलका मध्ये कुनचाँहि हो ?
A. उपयुक्त साधनको विकास नहुनु
B. शिक्षण सिकाइमा यसको ठिक ढङ्गले प्रयोग हुन नसक्नु
C. नतिजालाई विश्वसनीय बनाउन नसक्नु
D. विद्यार्थीलाई अनुत्तीर्ण हुने डर नहुनु
१०. शिक्षण सिकाइको क्रममा उपयोग गर्न सकिने कक्षा कार्य एवम् विद्यार्थीको कार्यको अवलोकन, गृहकार्य तथा अतिरिक्त क्रियाकलापका आधारमा गरिने मूल्याङ्कन कुन प्रकारको मूल्याङ्कन हो ?
A. निर्णयात्मक (Summative)
B. निर्माणात्मक (Formative)
C. निदानात्मक (Diagnostic)
D. सुधारात्मक (Reformative)
११. लेटर ग्रेडिङ निर्देशिका, २०७८ (पहिलो संशोधनसहित) का अनुसार अवर्गीकृत र सर्वोत्कृष्टलाई जनाउन प्रयोगमा ल्याइएको उपलब्धि प्रतिशत देहायकामध्ये कुनचाहिँ हो?
A. अवर्गीकृतलाई ३५ भन्दा कम र सर्वोत्कृष्टलाई ९० र सोभन्दा माथि
B. अवर्गीकृतलाई ३५ र सोभन्दा कम र सर्वोत्कृष्टलाई ९० भन्दा माथि
C. अवर्गीकृतलाई ३० भन्दा कम र सर्वोत्कृष्टलाई ९५ र सो भन्दा माथि
D. अवर्गीकृतलाई ३० र सोभन्दा कम र सर्वोत्कृष्टलाई ९० भन्दा माथि
१२. स्तरीकृत परीक्षण साधन (Standardized Test Item) निर्माण गर्दा यसमा तल दिइएका मध्ये कुन विशेषता हुन्छ भन्ने मान्यतामा रहेर निर्माण गरिन्छ?
A. यो स्थानीय परिवेशमा विद्यालयले गरेको शिक्षणमा आधारित हुन्छ ।
B. यो पढाउने शिक्षकले नै निर्माण गर्नुपर्छ ।
C. यो निर्माणात्मक मूल्याङ्कनका लागि आवश्यक हुन्छ ।
D. यो निश्चित मानकमै आधारित हुन्छ ।
१३. एक शिक्षिकाले व्यवस्थित तरिका प्रयोग गरेर आफ्नो कक्षाकोठामा कुनै एक न्यून दृष्टि भएको विद्यार्थीको समस्यालाई सम्बोधन गर्न चाहन्छिन् । यस अवस्थामा कुन अनुसन्धान विधि सबैभन्दा उपयुक्त हुन्छ ?
A. प्रयोगात्मक अनुसन्धान
B. घटना अध्ययन
C. कार्यमूलक अनुसन्धान
D. विस्तृत अनुसन्धान
१४. विद्यालय शिक्षामा अनुसन्धान गर्नुको मुख्य उद्देश्य के हो ?
A. शिक्षकहरूको ज्ञान सिपलाई अद्यावधिक गर्न
B. विद्यालयको पुस्तकालयमा राख्न र प्रयोग गर्न
C. शिक्षण र सिकाइमा सुधार गर्न
D. शिक्षकहरूको बढुवा प्रयोजनका लागि
१५. तलकामध्ये कुन कार्यका लागि एउटा शिक्षकले कार्यमूलक अनुसन्धानलाई बढी प्रभावकारी रुपमा प्रयोग गर्न सक्छन् ?
A. विद्यालयका समस्या अध्ययन गरी समाधानका उपाय सुझाउने
B. विद्यार्थीको सबै सिकाइ समस्या अध्ययन गरी समाधानका उपाय सुझाउने
C. विद्यार्थीहरूसँग जोडिएका स-साना सिकाइ समस्या अध्ययन गरी समाधानका उपाय सुझाउने
D. शिक्षकसँग जोडिएका समस्या अध्ययन गरी समाधानका उपाय सुझाउने
१६. एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा अनलाइन डाटा इन्ट्री गर्ने जिम्मेवारी तलकामध्ये कसको हो ?
A. सम्बन्धित विद्यालयको
B. स्थानीय तहको शिक्षा शाखाको
C. शिक्षा विकास तथा समन्वय इकाइको
D. शिक्षा तथा मानव स्रोत विकास केन्द्रको
१७. कुनै शिक्षकले उनका विद्यार्थीहरूले विगत एक वर्षमा हासिल गरेको शैक्षिक उपलब्धिको तथ्याङ्क कम्प्युटरबाट विश्लेषण गर्न चाहन्छन् भने यसका लागि तलका मध्ये कुन साधन बढी उपयुक्त हुन्छ ?
A. पाई चार्ट (Pie Charts)
B. बार ग्राफ (Bar Graphs)
C. गुणात्मक विश्लेषण (Qualitative Analysis)
D. स्प्रेडसिट गणना (Spreadsheet Calculations)
१८. विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्न शिक्षकका लागि सबैभन्दा प्रमुख चुनौतीको विषय के हो ?
A. विद्यार्थीमा प्रयोगको तत्परता
B. हार्डवेयरको व्यवस्थापन
C. सफ्टवेयरको प्रबन्ध
D. डिजिटल कन्टेन्टको तयारी
१९. तल दिइएका अक्षरहरूलाई मिलाउँदा अर्थपूर्ण शब्दहरू बन्दछन् । यसरी बन्ने शब्दहरूमध्ये अरुभन्दा फरक शब्द कुन हो?
A. YAD
B. NOOM
C. NUS
D. HTRAE
२०. दिइएको क्रम 7, 12, 22, 27, 37, ...., 52 मा छुटेको सङ्ख्या तलकामध्ये कुन हो ?
A. 40
B. 41
C. 42
D. 43
२१. तलका मध्ये समूहमा नमिल्ने जिल्ला कुनचाहिँ हो ?
A. उदयपुर
B. सिन्धुली
C. महोत्तरी
D. मकवानपुर
२२. नेपालको संविधान (२०७२) अनुसार संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा तलका मध्ये कुन पर्छ ?
A. शिक्षा र खेलकुद
B. आधारभूत, माध्यमिक र उच्च शिक्षा
C. शिक्षा, प्राविधिक तथा व्यावसायिक तालिम र उच्च शिक्षा
D. शिक्षा, खेलकुद र पत्रपत्रिका
२३. "समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन पर्यन्त सिकाइका अवसर प्रवर्धन गर्ने" लक्ष्य तलका मध्ये कुन दस्तावेजमा उल्लेख गरिएको छ ?
A. शिक्षा नीति, २०७६
B. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६
C. दिगो विकास लक्ष्य कार्यढाँचा
D. विद्यालय शिक्षा क्षेत्र योजना (SESP)
२४. अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकार तलकामध्ये कसलाई रहने उल्लेख गरेको छ ?
A. प्रत्येक व्यक्तिलाई
B. प्रत्येक नागरिकलाई
C. प्रत्येक बालबालिकालाई
D. प्रत्येक नेपाली समुदायलाई
२५. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहको अधिकार क्षेत्रभित्र नपर्ने कार्य तलकामध्ये कुन हो ?
A. गाउँ तथा नगर शिक्षा समिति गठन
B. विद्यालयको नामकरण
C. विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण
D. सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी छनोट
२६. खुला तथा दूर शिक्षा प्रणालीबाट माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुन प्राथमिक तहदेखि जम्मा कति वर्ष लाग्छ ?
A. २ वर्ष
B. ४ वर्ष
C. ६ वर्ष
D. ८ वर्ष
२७. प्राविधिक तथा व्यावसायिक धारको माध्यमिक शिक्षा (कक्षा ९-१२) मा समावेश नभएको विषय कुन हो ?
A. सिभिल इन्जिनियरिङ
B. पशु विज्ञान
C. मेकानिकल इन्जिनियरिङ
D. संगीत
२८. बालमैत्री शिक्षाको अवधारणालाई प्रतिविम्बित नगर्ने अवस्था तल दिइएका मध्ये कुनचाहिँ हो ?
A. बालबालिकाको रुचि, ज्ञान र स्तरको कदर गरिने
B. अपाङ्गता लगायत कुनै पनि आधारमा विद्यालयमा भेदभाव नगरिने
C. बालबालिकाको स्वास्थ्य एवम् सुरक्षामा विशेष ध्यान दिइने
D. व्यवहार र आचरण सुधारका लागि सामान्य दण्ड सजाय दिइने
२९. सङ्कटको समयमा सिकाइका लागि तलकामध्ये कुन चाहिं तरिका कम प्रभावकारी हुन्छ ?
A. विशेष सिकाइ प्रबन्ध
B. सिकाइको पूर्ववत् उपायको निरन्तरता
C. विशेष साधन र माध्यमको प्रयोग
D. सन्दर्भ अनुरूप सहजीकरणको व्यवस्था
३०. तलकामध्ये कुन कथन सिकाइको अभ्याससम्बन्धी नियमसँग सम्बन्धित छ ?
A. पटक पटकको प्रयास र कार्यबाट सिकाइ सुदृढ हुन्छ ।
B. प्रभावकारी सिकाइका लागि शारीरिक, मानसिक र संवेगात्मक रुपमा सिकारु तयार हुनु पर्छ ।
C. सकारात्मक नतिजा प्राप्त हुने व्यवहार दोहोरिन्छ ।
D. पूर्व सिकाइ परिस्थितिका साझा तत्व नयाँ परिस्थितिमा प्रयोग हुन्छ ।
३१. व्यवहारवादी मनोवैज्ञानिक B.F. Skinner को सिकाइ सिद्धान्तलाई ........ भनिन्छ ।
A. कार्यपरक सिद्धान्त
B. आवश्यकतामा आधारित सिद्धान्त
C. चेतनायुक्त सिद्धान्त
D. जैविक परिपक्वता सिद्धान्त
३२. सिकाइको स्वभावलाई नजनाउने भनाइ तलकामध्ये कुन हो ?
A. सिकाइबाट व्यक्तिमा परिवर्तन आउँछ
B. सिकाइ खण्डात्मक र लम्बवत दुवै हुन सक्छ
C. परिपक्वताका कारण व्यक्तिमा परिवर्तन आउँछ ।
D. अधिकांशतः सिकाइका पछि प्रेरणाको ठुलो भूमिका रहन्छ
३३. विद्यालय सञ्चालनका लागि प्राप्त साधन र स्रोतको परिचालन गर्ने प्रमुख जिम्मेवारी कसको रहेको हुन्छ?
A. शिक्षक कर्मचारी
B. विद्यालय व्यवस्थापन समिति
C. शिक्षक अभिभावक संघ
D. प्रधानाध्यापक
३४. विद्यालय सुधार योजना निर्माणको सबल पक्ष तलका मध्ये कुन हो ?
A. सरोकारवाला विच समन्वय र सहकार्यको विकास हुने
B. स्रोत साधनको बढी निर्भरता हुने
C. योजना निर्माण कार्य बढी औपचारिक हुने
D. महत्वाकांक्षी योजना बन्न सक्ने
३५. सामुदायिक विद्यालयमा गरिने सामाजिक परीक्षणसम्बन्धी कार्यले तलका मध्ये कुन पक्षलाई प्रत्यक्ष सहयोग पुऱ्याउँछ ?
A. विद्यालय-समुदायको सम्बन्धमा विकास
B. शिक्षकको पेसागत दक्षतामा विकास
C. विद्यार्थीको विषयगत सिकाइमा अभिवृद्धि
D. विद्यालयको नतिजामा गुणात्मक सुधार
३६. शिक्षकको पेसागत दक्षता विकासका लागि विद्यालयमा आधारित तरिका तलका मध्ये कुनचाहिँ हो ?
A. स्व-सिकाइ प्रयत्न
B. औपचारिक अध्ययन
C. तालिम प्रदायक संस्थामा हुने कार्यशाला
D. सहकर्मीबाट कक्षा अवलोकन
३७. हाल कार्यरत शिक्षकहरूको उत्प्रेरणा, अनुभव जस्ता पक्षहरूलाई शिक्षकको वृत्ति विकाससँग आवद्ध गर्नका लागि राष्ट्रिय शिक्षा नीति, २०७६ ले के कुराको परीक्षण गर्नुपर्ने पक्ष औंल्याएको छ?
A. शिक्षकको कार्यसम्पादन परीक्षण
B. शिक्षकको विषयगत ज्ञानको परीक्षण
C. शिक्षकको सक्षमता परीक्षण
D. सिकाइ सहजीकरण सिपको परीक्षण
३८. आफुले गरेका कामहरूमध्ये स्व-प्रतिविम्बन (Self-reflection) गरी निरन्तर सुधारमा सक्रिय रहने कार्य शिक्षकको कुन पेसागत सक्षमतासँग सम्बन्धित छ ?
A. बालबालिकाको सिकाइ सम्बन्धी ज्ञान
B. शिक्षण सिकाइ तौर तरिका सम्बन्धी ज्ञान
C. निरन्तर सिकाइ र पेसागत विकास
D. विषयवस्तुको ज्ञान
३९. शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट सन् २०२० मा गरिएको कक्षा ८ को विद्यार्थी उपलब्धि परीक्षण नतिजा अनुसार पाठ्यक्रमले तय गरेको सिकाइ उपलब्धि हासिल गर्ने विद्यार्थीको प्रतिशत कति देखाइएको छ ?
A. ६०% भन्दा कम
B. ५०% भन्दा कम
C. ४०% भन्दा कम
D. ३०% भन्दा कम
४०. Nepal Education Sector Analysis, 2021 ले गुणस्तरीय शिक्षामा सुधारका लागि शिक्षकहरूमा विषयवस्तुको ज्ञान तथा शिक्षण सिकाइमा नै कमजोर भएको पक्ष औंल्याएको सन्दर्भमा सुधारका लागि सुझाव दिएको पक्ष कुन हो ?
A. पूर्व सेवाकालीन तहमा नै सुधार
B. शिक्षकको पेसागत तालिम कार्यक्रममा सुधार
C. पूर्व सेवाकालीन तथा सेवाकालीन दुवै तहमा सुधार
D. शिक्षक स्वयं नियमित अद्यावधिक हुनु पर्ने
४१. आ.व. २०८०/८१ को बजेट वक्तव्य अनुसार शैक्षिक गुणस्तर सुधारका लागि तलकामध्ये कुन नयाँ कार्यक्रम प्रस्ताव गरिएको छ ?
A. सामुदायिक विद्यालयमा कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था
B. सबै प्रकारका विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण
C. स्रोत केन्द्रलाई नयाँ स्वरूपमा पुनस्थापना गरी शिक्षण अवलोकन, नमुना शिक्षण, पुनर्ताजगी तालिम सञ्चालन
D. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि स्थानीय तहलाई अनुदान
४२. विद्यमान कानुन बमोजिम विद्यालय तहमा देहायका मध्ये कस्तो नेतृत्वको परिकल्पना गरिएको छ ?
A. एकल
B. सामूहिक
C. सहभागितामूलक
D. उत्तरआधुनिक
४३. सेवाग्राहीलाई सुसूचित गर्न तथा सेवा प्रवाहको जानकारी दिन सरोकारवाला कार्यालयले गर्ने उपयुक्त प्रबन्ध तलकामध्ये कुन हो ?
A. गुनासो व्यवस्थापनको व्यवस्था
B. दर्ता चलानीको व्यवस्था
C. नागरिक बडापत्रको व्यवस्था
D. सोधपुछ कक्षको व्यवस्था
४४. प्रजातान्त्रिक अभ्यास गर्ने र विद्यार्थीहरूमा भएको बहुप्रतिभाको खोजी गर्ने कार्यमा केन्द्रित हुने कक्षामा विद्यार्थीहरूमा स्व-व्यवस्थापन र आत्म-मूल्याङ्कनलाई बढावा दिन शिक्षकले कस्तो भूमिका खेल्नुपर्छ ?
A. सबै कार्य र निर्णयहरूको लागि पटकपटक आवश्यक निर्देशनहरू जारी गर्ने
B. कक्षाकोठाभित्र सबैलाई नेतृत्वदायी भूमिका प्रदान गर्ने
C. परम्परागत शिक्षणलाई प्राथमिकता दिने
D. विद्यार्थीहरूलाई उनीहरूको रुचि र सिकाइ शैली अनुरूप अन्वेषण गर्न प्रोत्साहित गर्ने
४५. विद्यालय टिम निर्माण गर्न उपयोगी चरणहरूमा तल दिइएकामध्ये कुनचाहिँ सबैभन्दा उपयुक्त क्रममा रहेको छ ?
A. Storming, Forming, Adjourning, Norming, Performing
B. Forming, Storming, Norming, Performing, Adjourning
C. Adjourning, Storming, Norming, Performing, Forming
D. Norming, Forming, Storming, Adjourning, Performing
४६. प्रभावकारी शिक्षक-विद्यार्थी सम्बन्ध निर्माण गर्न कुन पक्ष बढी आवश्यक हुन्छ ?
A. कक्षामा शिक्षक-विद्यार्थी प्रभावकारी सञ्चार
B. कक्षा कोठामा बस्ने उपयुक्त व्यवस्था
C. सजावटका लागि विद्यार्थी निर्मित भित्ते सामग्रीको प्रयोग
D. अतिरिक्त/सह-क्रियाकलाप सञ्चालन र सहभागिता
४७. शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने सन्दर्भमा विद्यार्थीलाई ऐतिहासिक स्थलको अवलोकन भ्रमण गराउने कार्यलाई ..... अन्तर्गत राख्न सकिन्छ ।
A. घटना अध्ययन भ्रमण
B. सहक्रियाकलाप
C. अतिरिक्त क्रियाकलाप
D. सिकाइमा विविधताको व्यवस्थापन
४८. माध्यमिक तहमा वार्षिक शैक्षणिक योजना (Annual Instructional Plan) निर्माण गर्ने प्रमुख जिम्मेवारी कसको हो ?
A. विषय शिक्षकको
B. कक्षा शिक्षकको
C. प्रधानाध्यापकको
D. कक्षा शिक्षक र प्रधानाध्यापक दुवैको
४९. कक्षाकोठा व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण उद्देश्य देहायको मध्ये कुनचाहिँ हो?
A. विद्यार्थीको बसाइलाई सजिलो बनाउनु
B. शिक्षकको शिक्षणलाई सहज बनाउनु
C. शिक्षक विद्यार्थीबीचको अन्तर्क्रियालाई सहज बनाउनु
D. विद्यार्थी सिकाइलाई प्रभावकारी बनाउनु
५०. कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न पाठ्यपुस्तकलाई एकमात्र साधन मान्नुको पछाडि कुनचाहिं कारण प्रमुख हो ?
A. सरकारको नीति
B. आमरूपमा पाठ्यपुस्तक प्रतिको बुझाइ र सोच
C. विद्यार्थीको चाहना र रुचि
D. अभिभावकहरूको बुझाइ
Back