माध्यमिक तह अध्यापन अनुमतिपत्र परीक्षा - २०७९

TSC Exam Question Paper - 2079
नेपाल सरकार
शिक्षक सेवा आयोग
अध्यापन अनुमतिपत्र परीक्षा-२०७९
तह : माध्यमिक
पूर्णाङ्क : १००
सेट : A
समय : १ घण्टा
उत्तीर्णाङ्क : ५०
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले यस प्रश्नपत्रको दायाँतर्फ दिइएको सेट (A, B, C वा D) लाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१. विद्यार्थीलाई एक एक रुखको उदाहरण दिँदै समग्र जङ्गलको बारेमा ज्ञान दिनु कुन विधि हो ?
A. परियोजना विधि
B. निगमन विधि
C. आगमन विधि
D. प्राकृतिक विधि
२. कुन शैक्षणिक प्रबन्धमा कुनै एक शिक्षक कमजोर भयो भने सबै विद्यार्थीहरू कमजोर हुन पुग्छन् ?
A. वर्ग शिक्षण
B. मिश्रित शिक्षण
C. विषय शिक्षण
D. बहुवर्ग शिक्षण
३. विद्यार्थीहरूलाई प्राकृतिक प्रकोप, जोखिम न्यूनीकरण र जलवायु परिवर्तन जस्ता विषयहरू समावेश गरी दिइने शिक्षालाई के भनिन्छ ?
A. प्राकृतिक शिक्षा
B. उत्थानशील शिक्षा
C. विशेष शिक्षा
D. समावेशी शिक्षा
४. घटना अध्ययन (Case study) र कार्यमूलक अनुसन्धान (Action Research) का सम्बन्धमा तल लेखिएका मध्ये कुनचाँहि मिल्दो कथन हो?
A. घटना अध्ययन र कार्यमूलक अनुसन्धानको उद्देश्यमा समानता हुन्छ ।
B. घटना अध्ययन र कार्यमूलक अनुसन्धान पहिचान गरिएको समस्या समाधान नभएसम्म निरन्तर चलिरहन्छन् ।
C. घटना अध्ययन तत्काल देखिएको समस्या समाधान गर्न र कार्यमूलक अनुसन्धान कुनै अवस्थाको गहिरो अध्ययन गर्न गरिन्छ ।
D. कार्यमूलक अनुसन्धान तत्काल देखिएको समस्या समाधान गर्न र घटना अध्ययन कुनै अवस्थाको गहिरो अध्ययन गर्न गरिन्छ ।
५. A school wants to find out status of girls' participation in its service area. Which type of study should be done in this case ?
A. Action research
B. Survey research
C. Case study
D. Ethnographic research
६. तलका मध्ये कुन अनुसन्धानमा साधनको रुपमा सहभागितात्मक अवलोकनको प्रयोग हुन्छ ?
A. आधारभूत र प्रायोगिक अनुसन्धान
B. परिणामात्मक अनुसन्धान
C. गुणात्मक अनुसन्धान
D. ऐतिहासिक अनुसन्धान
७. कुनै विद्यार्थीको उत्तरपुस्तिकामा लेखिएका कुराहरू पढेर जब तपाईँ सो पुस्तिकाको बाँया भागमा रातो मसीले अङ्क दिनुहुन्छ, त्यस समयमा तपाईँले गरिरहेको काम तलका मध्ये कुनचाहिँ हो ?
A. परीक्षण
B. मापन
C. लेखाजोखा
D. मूल्याङ्कन
८. प्रश्नपत्र तयार गर्दा प्रश्नको कठिनाइस्तर, विषयवस्तु र सङ्ख्याको निर्धारण के को आधारमा गरिन्छ ?
A. पाठ्यपुस्तक
B. शिक्षक निर्देशिका
C. विशिष्टीकरण तालिका
D. शिक्षण सिकाइ
९. नतिजा विश्लेषण किन गरिन्छ ?
A. प्रश्नपत्रको कठिनाइस्तर पहिचान गर्न
B. शैक्षिक उपलब्धिको लेखाजोखा गर्न
C. शिक्षण सिकाइ क्रियाकलापको लेखाजोखा गर्न
D. सिकाइको अवस्था विश्लेषण गरी शिक्षण सिकाइमा सुधार गर्न
१०. Why is "Grading" system considered better than reporting by raw score ?
A. It uses letters rather than number.
B. There is no cut-off score in grading system.
C. It addresses error of measurement of a test.
D. It is the system adopted by most of the countries.
११. शिक्षक निर्मित परीक्षा सञ्चालन गर्ने क्रममा परीक्षण-पुनःपरीक्षण विधि (Test-Retest Method) को प्रयोग किन गरिन्छ ?
A. परीक्षणको क्रममा भएका त्रुटि सच्याई विद्यार्थीलाई सही नतिजा दिन
B. परीक्षाको विश्वसनीयता पत्ता लगाउन
C. धेरै सजिलो वा कठिनस्तरका प्रश्नपत्र मात्र प्रयोग भएको अवस्थामा पुनः परीक्षा लिन
D. परीक्षाको आवश्यक वैधता कायम राख्न
१२. कुनै कक्षामा सामान्य साथै दृष्टिविहीन एवम् बहिरा बालबालिकाहरू समेत अध्ययनरत रहेको अवस्थामा समावेशी शिक्षाको अवधारणा अन्तर्गत तलका मध्ये कस्तो शिक्षा प्रबन्ध गर्नु उपयुक्त हुन्छ ?
A. दृष्टिविहीन बालबालिकालाई एकै ठाउँमा राखेर अन्य विद्यार्थीभन्दा फरक तरिकाले शिक्षा दिने प्रबन्ध
B. बहिरा बालबालिकालाई अन्य बालबालिकाभन्दा फरक राखेर साङ्केतिक भाषामा शिक्षा दिने प्रबन्ध
C. दृष्टिविहीन तथा बहिरा बालबालिकालाई अन्य विद्यार्थीसँगै राखेर सबैको अनुकूल वातावरणमा शिक्षा दिने प्रबन्ध
D. माथिका सबै
१३. शिक्षामा सामाजिक न्यायले कुन कुरालाई इङ्गित गर्दछ ?
A. पहुँच र गुणस्तरमा आर्थिक सामाजिक पहिचानमा आधारित भिन्नता नहुनु
B. सबै विद्यार्थीका लागि एउटै किसिमको शिक्षा दिनु
C. सबै विद्यार्थीलाई पहुँचको अवसर दिनु
D. सबै विद्यार्थीले समान स्तरको नतिजा प्राप्त गर्नु
१४. तलका मध्ये कुन अवस्थाले लैङ्गिक समताको अवस्थालाई बुझाउँछ ?
A. महिला र पुरुषमा कानूनी रूपमा विभेद नभएको अवस्था
B. लैङ्गिक समानताका लागि गरिने सकारात्मक विभेद
C. स्रोत साधन माथि बिना लैङ्गिक भेदभाव समान पहुँच भएको अवस्था
D. महिला र पुरुषको समान अस्तित्व र प्रतिनिधित्व भएको अवस्था
१५. कुनै निश्चित कार्य वा भूमिकामा मात्र सीमित नभई विभिन्न कार्य वा भूमिकाका लागि आवश्यक हुने, साथै विद्यार्थीका दैनिक जीवनका वास्तविक समस्या समाधानमा सहयोग पुऱ्याउने सिपलाई हामी तलका मध्ये कुन नामले चिन्दछौँ ?
A. व्यावसायिक सिप
B. व्यवहारकुशल सिप
C. प्राविधिक सिप
D. पेसागत सिप
१६. Which of the following is the main guiding document to develop school level curriculum in Nepal ?
A. Education Plan
B. Constitution of Nepal
C. National Curriculum Framework
D. Education Act
१७. Which of the following should a teacher mainly use to guide him/her while preparing a lesson plan ?
A. Curriculum
B. Instructional material
C. Text book
D. Teacher guide
१८. पाठ्यक्रम विकासका लागि सैद्धान्तिक आधारमा नपर्ने तल दिइएका मध्ये कुन हो ?
A. सक्षमतामा आधारित पाठ्यक्रम विकास
B. सर्वाङ्गीण बालविकास अवधारणा अनुरूप पाठ्यक्रम विकास
C. सूचना, सञ्चार तथा आधुनिक प्रविधिको उपयोगमा आधारित पाठ्यक्रम विकास
D. महामारी र विपद्को समयमा आधारित पाठ्यक्रम विकास
१९. कुनै एउटा विद्यालयले स्थानीय पाठ्यक्रमको निर्माण किन गर्दछ ?
A. स्थानीय तहले तोकिदिएको आवश्यकता पूरा गर्न
B. मातृभाषामा पठनपाठन सञ्चालन गर्न
C. स्थानीयस्तरमा रहेको विभिन्नता अनुरूपको विषयवस्तु सिकाउन
D. आफ्ना शिक्षकको विशेषज्ञताको उपयोग गर्न
२०. प्रस्तुत अङ्कको क्रमलाई पूरा गर्नुहोस्: ६६, ३६, १८, ...?
A. ३
B. ६
C. ८
D. ९
२१. तल प्रस्तुत शब्दहरूलाई वर्णानुक्रमानुसार राख्दा सबैभन्दा सुरुमा कुन आउँछ ?
A. Nature
B. Narrate
C. Nascent
D. Native
२२. शब्दबिचको अन्तरसम्बन्ध पत्ता लगाई सही विकल्प छनौट गर्नुहोस्: फ्रान्स: फ्रान्स :: पोलिस: .... ?
A. फिजी
B. पोर्चुगल
C. पोल्याण्ड
D. पनामा
२३. Which of the following is NOT a search engine ?
A. Google
B. Bing
C. Yahoo
D. Windows
२४. Formulas in Excel start with ...
A. /
B. f
C. -
D. =
२५. IEMIS is an information system used for managing information related to....
A. Schools in Nepal
B. Tribhuvan University
C. All universities in Nepal
D. All schools and universities in Nepal
२६. विद्यालयलाई शिक्षकले आफ्नो ज्ञान खन्याउने र विद्यार्थीको दिमाग भर्ने संस्थाका रुपमा नभई ज्ञानात्मक कार्य वातावरण एवम् सिर्जनात्मक सिकाइ वातावरण स्थापित गर्दै प्रतिस्पर्धी र नतिजामूलक बनाउने अभिप्रायबाट आएको धारणा तलका मध्ये कुन हो ?
A. विद्यालय सिकाइ संगठन
B. विद्यालय सुशासन
C. विद्यालय शान्ति क्षेत्र
D. बालमैत्री विद्यालय
२७. शिक्षकको सक्षमता प्रारूप, २०७२ अनुसार "आफ्‍नो विषय क्षेत्रमा भएका अध्ययन अनुसन्धान बारे जानकारी राख्ने तथा शिक्षण सिकाइ सुधारका निमित्त कार्यमूलक अनुसन्धान गर्ने" भन्ने विषय कुन सक्षमता अन्तर्गत पर्दछ ?
A. सञ्चार तथा सहकार्य
B. शिक्षण सिकाइका तौरतरिका सम्बन्धी ज्ञान
C. निरन्तर सिकाइ र पेसागत विकास
D. विषयवस्तुको ज्ञान
२८. अध्यापन अनुमतिपत्रको लागि शिक्षक सेवा आयोगबाट लिइने परीक्षामा देहायका मध्ये कस्तो योग्यता भएको व्यक्ति उम्मेदवार हुन सक्ने व्यवस्था गरिएको छ ?
A. ४० वर्ष उमेर पुगेको
B. १६ वर्ष उमेर पुगी नागरिकताको प्रमाण पत्र प्राप्त गरेको
C. नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरई सजाय भुक्तान गरिसकेको
D. तल्लो तहको अध्यापन अनुमति पत्र पाएको आधारमा माथिल्लो तहको परीक्षामा सहभागी हुन चाहेको
२९. बालबालिकाको सिकाइका सन्दर्भमा देहायका मध्ये कुनचाहिँ भनाइले सिकाइको वास्तविक अर्थ प्रष्ट पार्न सहयोग गर्न सक्छ?
A. सिकाइले विषयवस्तुको जानकारी हासिल गर्नमा सहयोग गर्छ ।
B. सिकाइले व्यक्तिको ज्ञानको मात्रामा परिवर्तन ल्याउन सहयोग गर्छ ।
C. सिकाइले व्यक्तिको सिकाइको मात्रामा परिवर्तन ल्याउन सहयोग गर्छ ।
D. सिकाइले व्यक्तिको व्यवहारमा परिवर्तन तथा सुधार ल्याउन सहयोग गर्छ ।
३०. मनोवैज्ञानिकहरूका अनुसार तलका मध्ये कुनचाहिँ किशोरावस्थाको विशेषता हो ?
A. खप्टिएको अवस्था
B. अवास्तविकताको अवस्था
C. द्रुततर परिवर्तनको अवस्था
D. नकारात्मक अवस्था
३१. बाह्य उद्दीपकप्रतिको प्रतिक्रियालाई कुन सिकाइ सिद्धान्तले सिकाइका रुपमा लिन्छ ?
A. व्यवहारवाद
B. संज्ञानवाद
C. निर्माणवाद
D. सामाजिक निर्माणवाद
३२. विद्यार्थीहरूको सिकाइ उपलब्धिबिच ठूलो भिन्नता देखिएको अवस्थामा यसलाई कम गरी गुणस्तर सुधार गर्न के गर्नुपर्छ ?
A. विद्यार्थीलाई गृहकार्यको मात्रा बढाउने
B. विद्यार्थीले कक्षामा बिताउने समय बढाउने
C. वैयक्तिक भिन्नता अनुरूप सिकाइ क्रियाकलाप सञ्चालन गर्ने
D. माथिका सबै
३३. विद्यालय शिक्षामा गुणस्तर सुधारका लागि देहायका मध्ये कुनचाहिँ पक्षको भूमिका सबैभन्दा प्रमुख हुन्छ ?
A. शिक्षक
B. पाठ्यक्रम
C. प्रधानाध्यापक
D. अभिभावक
३४. गुणस्तरीय शिक्षाका सन्दर्भमा तलको कुन भनाइ ठीक छ ?
A. गुणस्तरीय शिक्षा निरपेक्ष हुन्छ ।
B. गुणस्तरीय शिक्षाले विद्यार्थी तथा शिक्षकको सन्तुष्टिको समेत प्रतिनिधित्व गर्दछ ।
C. गुणस्तरीय शिक्षा सबै सन्दर्भ, स्थान र परिस्थितिमा समान रहन्छ ।
D. विद्यालयको भौतिक पूर्वाधार गुणस्तरीय शिक्षाको प्रक्रियागत सूचक हो ।
३५. तलका मध्ये विद्यालय सुधार योजनाको अभ्यास कस्तो खालको अभ्यास हो ?
A. बृहत् योजनाको अभ्यास
B. केन्द्रीकृत योजनाको अभ्यास
C. विकेन्द्रित योजनाको अभ्यास
D. क्षेत्रगत योजनाको अभ्यास
३६. विद्यालयको सामाजिक परीक्षण समितिको मुख्य कार्य कुन हो ?
A. विद्यालयको वासलात दुरुस्त भए नभएको परीक्षण गर्ने
B. विद्यालयका कामकारवाही ऐन तथा नियमावली बमोजिम भए नभएको मूल्याङ्कन गर्ने
C. पेश भएको आयव्ययको हिसाब रीतपूर्वक भए नभएको परीक्षण गर्ने
D. आयव्ययको श्रेस्ता कानूनबमोजिम राखे नराखेको हेर्ने
३७. तलका मध्ये कुन कार्य मूलतः गैरसरकारी तथा सामाजिक संस्थाको भूमिका अन्तर्गत पर्छ ?
A. शैक्षिक सवालमा बहस र पैरवी
B. शैक्षिक सचेतनाको प्रवर्द्धन र सचेतीकरण
C. दुर्गम क्षेत्र र पिछडिएका समुदायको सशक्तीकरण र मूलप्रवाहीकरण
D. माथिका सबै
३८. नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने व्यवस्थालाई ........ को रुपमा लिएको छ ।
A. राज्यको नीति
B. राज्यको कानून
C. मौलिक हक
D. राज्यको निर्देशक सिद्धान्त
३९. दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अनुरूप सन् २०२५ सम्म नेपालले कक्षा ५ को नेपाली र अंग्रेजी विषयको सिकाइ उपलब्धि प्रतिशत कति पुऱ्याउने लक्ष्य तय गरिएको छ ?
A. नेपाली ६६ अंग्रेजी ५५
B. नेपाली ६३ अंग्रेजी ५७
C. नेपाली ७० अंग्रेजी ६०
D. नेपाली ७२ अंग्रेजी ६३
४०. राष्ट्रिय शिक्षा नीति, २०७६ मा आधारभूत तहका बालबालिकाले आधा घण्टाभन्दा बढीको दुरी हिंड्नु पर्ने र विद्यालय खोल्न सम्भव नभएका स्थानका बालबालिकाको शिक्षालाई सम्बोधन गर्न कस्तो नीति राखिएको छ ?
A. वैकल्पिक शिक्षण सिकाइ कार्ययोजना निर्माण
B. आवास वा यातायात सुविधाको व्यवस्था
C. छात्रवृत्तिको रकममा थप
D. सबैभन्दा नजिकको विद्यालयमा अनिवार्य भर्ना
४१. What would be the most likely scenario in a grade teaching classroom organization?
A. There would be students of the same age.
B. There would be students of the same ability.
C. There would be students of multi levels.
D. There would be students of the same learning attitude.
४२. एकजना शिक्षकले आफ्नो पाठयोजनाको विशिष्ट उद्देश्यमा "विद्यार्थीले हाइड्रोजन र अक्सिजन बीच समानता र भिन्नता छुट्ट्याउन सक्नेछन्" लेखेका छन् भने यो विद्यार्थीको संज्ञानात्मक पक्षको कुन तहसँग सम्बन्धित हुन्छ ?
A. बोध
B. संश्लेषण
C. प्रयोग
D. विश्लेषण
४३. कक्षाकोठामा विविधताको व्यवस्थापनले तलका मध्ये कुन कार्यमा सहयोग गर्दछ ?
A. भिन्नतालाई स्वीकार्ने र मान्यता दिने
B. बालबालिकाको सामाजिक, सांस्कृतिक पृष्ठभूमिलाई शिक्षण स्रोतका रुपमा लिने
C. विभिन्न सिकाइ विधि तथा तरिका प्रयोग गर्ने
D. माथिका सबै
४४. विद्यालयले सार्वजनिक सुनुवाई किन गर्नुपर्दछ ?
A. सामाजिक परीक्षण गर्न
B. विद्यालयमा सुशासन प्रवर्द्धन गर्न
C. विद्यालय व्यवस्थापन समितिको काम भएकाले
D. अभिभावकलाई विद्यालयको बारेमा जानकारी गराउन
४५. If you are to provide suggestions to develop standard of an effective educational leadership, which one among the following should be given highest priority?
A. Improve students learning
B. Strict in rules and regulation
C. Effective in staff mobilization
D. Clarity in school infrastructure development
४६. प्रधानाध्यापकमा सञ्चार, उत्प्रेरणा र सहयोगीको भूमिका खेल्न सक्ने क्षमता छ भने निजमा कस्तो शैक्षिक नेतृत्व बल भएको मान्न सकिन्छ?
A. प्राविधिक बल (Technical Force)
B. मानवीय बल (Human Force)
C. शैक्षिक बल (Educational Force)
D. सांस्कृतिक बल (Cultural Force)
४७. विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण, नियन्त्रण र व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी कसको हुन्छ ?
A. शिक्षक
B. प्रधानाध्यापक
C. शिक्षक अभिभावक संघ / D. विद्यालय व्यवस्थापन समिति
४८. Which of the following method will promote collaborative learning among students ?
A. Know Want to know Learn (KWL)
B. Read Summative Question (RSQ)
C. What? So What? Now what?
D. Directed Reading Activity (DRA)
४९. कुनै शिक्षक खटाइएको तालिम वा प्रशिक्षणमा भाग लिन नगएमा कस्तो सजाय हुने प्रावधान शिक्षा नियमावली, २०५९ मा रहेको छ ?
A. नसिहत दिने
B. पाँच वर्षसम्म तलब वृद्धि वा दुई वर्षसम्म बढुवा रोक्का गर्ने
C. भविष्यमा अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने
D. दुई तलब वृद्धि रोक्का गर्ने
५०. तलका मध्ये कुनचाहिले आधुनिक कक्षाको समग्र व्यवस्थापनलाई बुझाउँछ ?
A. सिकाइ वातावरणलाई अनुकूल बनाउने
B. शैक्षिक सामग्रीको विकास र प्रयोग उचित रुपमा गरिने
C. सिकारुलाई सिकाइप्रति सक्रिय बनाउने
D. सिकारुको विविधता एवम् क्षमताअनुसार कक्षाकोठा व्यवस्थित गर्ने
Back