निम्‍न माध्यमिक तह अध्यापन अनुमतिपत्र परीक्षा - २०७९

TSC Lower Secondary Exam Question Paper - 2079
नेपाल सरकार
शिक्षक सेवा आयोग
अध्यापन अनुमतिपत्र परीक्षा-२०७९
तह : निम्न माध्यमिक
पूर्णाङ्क : १००
सेट : A
समय : १ घण्टा
उत्तीर्णाङ्क : ५०
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले यस प्रश्नपत्रको दायाँतर्फ दिइएको सेट (A, B, C वा D) लाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१. नेपालको संविधान अनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा ..... पाउने हक रहेको छ ।
A. अनिवार्य
B. अनिवार्य र निःशुल्क
C. निःशुल्क र गुणस्तरीय
D. सर्वसुलभ र अनिवार्य
२. शिक्षक सेवा आयोग नियमावली, २०५७ बमोजिम शिक्षकको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम कसले स्वीकृत गरेपछि लागू हुने व्यवस्था छ ?
A. नेपाल सरकार
B. शिक्षक सेवा आयोग
C. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
D. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्
३. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ बमोजिम शिक्षणको माध्यम भाषा कुन हुन सक्ने व्यवस्था छ ?
A. नेपाली भाषा
B. अंग्रेजी भाषा
C. नेपाली र अंग्रेजी भाषा
D. नेपाली भाषा, अंग्रेजी भाषा दुवै भाषा वा सम्बन्धित नेपाली समुदायको मातृभाषा
४. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार कति समयमा शिक्षकका लागि सघन पुनर्ताजगी तालिमको अनिवार्य व्यवस्था गर्ने प्रावधान रहेको छ ?
A. प्रत्येक वर्ष
B. प्रत्येक दुई वर्षमा
C. प्रत्येक तीन वर्षमा
D. प्रत्येक चार वर्षमा
५. शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको लागि अनिवार्य गरिएको अनुसन्धान तलका मध्ये कुन हो ?
A. घटनामूलक अनुसन्धान
B. खोजमूलक अनुसन्धान
C. कार्यमूलक अनुसन्धान
D. माथिका सबै
६. सामान्य व्यावसायिक सीप (Soft Skill) अन्तर्गत नपर्ने तलका मध्ये कुन हो ?
A. समय व्यवस्थापन गर्नु
B. लिखित वा मौखिक सञ्चारको प्रयोग गर्नु
C. सञ्जाल निर्माण (Networking) गर्नु
D. विद्युतीय भऱ्याङ (Lift/elevator) को प्रयोग गर्नु
७. बालबालिकाले आफ्नो गति र क्षमता अनुसार रमाउलोसँग सिक्ने वातावरण भएको विद्यालय ..... विद्यालय हो ।
A. समावेशी
B. विशेष
C. नमुना
D. बालमैत्री
८. सिकाइ भन्नाले केलाई जनाउँदछ ?
A. भाषिक परिवर्तन
B. शारीरिक परिवर्तन
C. व्यवहारमा परिवर्तन
D. ज्ञान र बोलीमा परिवर्तन
९. निकटदूर (Proximodistal) नियम केसँग सम्बन्धित छ ?
A. सिकाइ नियम
B. आनुवंशिक नियम
C. मानव विकास नियम
D. व्यवहारवाद
१०. बाह्य व्यक्तिको सम्पर्कबाट कुनै कार्यप्रति जागृत हुने प्रेरक कुन प्रकारको प्रेरक हो ?
A. सामाजिक प्रेरक
B. व्यक्तिगत प्रेरक
C. जन्मजात प्रेरक
D. अर्जित प्रेरक
११. विद्यालय समुदाय सम्बन्धको कुरा गर्दा विद्यालय समाजको एक .... का रूपमा रहन्छ ।
A. सहपद्धति
B. एकीकृत पद्धति
C. अभिन्न अङ्ग
D. सहयोगी निकाय
१२. सार्वजनिक विद्यालय विकासका लागि आवश्यक पर्ने बजेट प्राप्तिको स्रोतमा नपर्ने तलका मध्ये कुन हो ?
A. सरकारी अनुदान
B. विद्यालयको भाडा लगायतबाट प्राप्त आन्तरिक आम्दानी
C. समुदाय संघ संस्थाहरूबाट प्राप्त रकम
D. शिक्षण तथा परीक्षा शुल्कबापत विद्यार्थीबाट प्राप्त रकम
१३. विद्यालय सुधार योजना तर्जुमाका क्रममा निर्धारण गरिने कार्यनीति अन्तर्गत नपर्ने पक्ष कुन हो ?
A. अधिकार हस्तान्तरण
B. प्रधानाध्यापक नियुक्ति
C. क्षमता अभिवृद्धि
D. पारदर्शिता
१४. कक्षा ६ मा पढ्ने मनमायाको पढाइ लेखाइ राम्रो छ; तर उनी परिवारका बारेमा कुराकानी गर्नासाथ रिसाउँछिन् । यस बारेमा जानकारी लिन शिक्षकले उनलाई थाहै नदिई कुनै अध्ययन सुरु गरे भने त्यो कस्तो अनुसन्धान हो ?
A. कार्यमूलक अनुसन्धान
B. घटना अध्ययन
C. व्यवहार अध्ययन
D. पारिवारिक अध्ययन
१५. शिक्षकको पेसागत विकासक्रमको सबैभन्दा अन्तिम चरण तलका मध्ये कुन हो ?
A. नवप्रवेशी
B. अनुभवी
C. विशेषज्ञ
D. निपुण
१६. शिक्षक अध्यापन अनुमतिपत्रको उद्देश्य के हो ?
A. न्यूनतम आधारभूत दक्षता बिना शिक्षण पेसामा प्रवेश गर्न रोक्नु
B. विद्यालयलाई सिकाइ सङ्गठनको रुपमा विकास गर्नु
C. शिक्षकलाई पेसाप्रति उत्तरदायी बनाउनु
D. शिक्षक तालिममा हुने खर्चलाई कमी गर्नु
१७. विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि केन्द्रित भएको कार्यक्रम अन्तर्गत नपर्ने तलका मध्ये कुनचाहिँ हो ?
A. शिक्षक पेसागत विकास कार्यक्रम
B. डिजिटल सिकाइ सामग्रीको विकास
C. विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम
D. कक्षाकोठामा भइरहेको सिकाइ क्रियाकलापको सुपरीवेक्षण र पृष्ठपोषण
१८. गुणस्तरीय शिक्षाको लागि आगत (Input) लक्षित विषय तलका मध्ये कुन हो ?
A. भौतिक पूर्वाधार
B. सामाजिक प्रभाव
C. समुदायको सन्तुष्टि
D. विद्यालयका क्रियाकलाप
१९. सिकाइ वातावरण, पाठ्यक्रम, शिक्षण सामग्री, मूल्याङ्कन तथा परीक्षाको सान्दर्भिकता जस्ता पक्षहरू मूलतः केसँग सम्बन्धित छन्?
A. शैक्षिक पहुँच सुधार
B. शैक्षिक समता
C. शैक्षिक सुशासन र व्यवस्थापन
D. गुणस्तर
२०. गुणस्तरीय शिक्षालाई बुझाउने तलका मध्ये कुन भनाइ सबभन्दा उपयुक्त हो ?
A. सबभन्दा बढी अङ्क प्राप्त गर्नु
B. प्राप्त गरेको ज्ञान र सिपलाई व्यवहारमा प्रयोग गर्न सक्नु
C. माथिल्लो तह/कक्षामा सजिलै भर्ना हुन सक्नु
D. जेहेन्दार छात्रवृत्ति पाउन सक्नु
२१. शैक्षिक सुशासनका प्रमुख चार खम्बाहरू तल दिइएका मध्ये कुन हुन् ?
A. स्वच्छता, निष्पक्षता, सुरक्षा र जवाफदेहिता
B. जवाफदेहिता, पारदर्शिता, सहभागिता र भविष्यपरकता
C. व्यवस्थापन, पारदर्शिता, स्वतन्त्रता र समानता
D. उत्तरदायित्व, मितव्ययिता, प्रभावकारिता र प्रतिबद्धता
२२. प्रत्येक विद्यालयमा विद्यार्थीको गुनासो संकलन गर्नका लागि राखिने गुनासो पेटिका कहाँ राखुपर्छ ?
A. सबैले सहजै भेट्ने र देख्ने गरी विद्यालयको मूल गेटमा
B. गोपनीयता र सुरक्षा सुनिश्चित हुने गरी प्रधानाध्यापकको कार्यकक्षसँगै
C. विद्यार्थीको गोपनीयता र सुरक्षा सुनिश्चित हुने गरी सबै विद्यार्थीले देख्ने र पहुँच पुग्ने ठाउँमा
D. अभिभावक भेलामा सोधी उनीहरूले सुझाएको ठाउँमा
२३. विद्यार्थीको क्षमता प्रस्फुटनमा शिक्षकले कुनै भूमिका निर्वाह गरिरहनु नपर्ने विषय तलका मध्ये कुन हो ?
A. प्रतिभा पहिचान कार्यक्रममा सहभागिता जनाउन सामग्री तथा खर्च व्यवस्थापन गर्ने
B. विचार अभिव्यक्तिको लागि प्रोत्साहित गर्ने
C. विद्यार्थीसँग काम गरेर सहकार्यको भावना जागृत गर्ने
D. विविधतायुक्त विद्यार्थीहरूको समूह निर्माण गर्न सल्लाह र सहजीकरण गर्ने
२४. एक विद्यालयका शिक्षकले परियोजना कार्यबाट विद्यार्थीले सिक्ने विविध पक्षका बारेमा अध्ययन गरी तयार गरिएको प्रतिवेदनमा उल्लेख भएका कुराको आधारमा आफ्नो पाठयोजना बनाए भने अनुसन्धानको कुन पक्षको उपयोग गरिएको होला ?
A. समस्या पहिचान
B. समस्या विश्लेषण
C. अध्ययन विधि
D. निष्कर्ष
२५. विद्यालयमा सह तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुको उद्देश्य के हो ?
A. आत्मअनुशासन, आत्मनिर्भरता र आत्मसन्तुष्टिको भावना जागृत गराउनुका साथै अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नु
B. शिक्षणलाई योजनाबद्ध र सुव्यवस्थित बनाउनु
C. सिकाइलाई प्रभावकारी, नियमित र स्थायी बनाउनु
D. शिक्षणमा विविधता व्यवस्थापनमा सहयोग गर्नु
२६. कक्षाकोठा व्यवस्थापनको मुख्य उद्देश्य कुन हो ?
A. शिक्षण सिकाइमा सहयोग पुऱ्याउनु
B. अनुकूल सिकाइ वातावरण सिर्जना गर्नु
C. बसाइ व्यवस्थापन मिलाउनु
D. सामग्री रखाइ र प्रयोगको उचित प्रबन्ध गर्नु
२७. विद्यार्थी परामर्श कार्य मुख्यतः कुन पक्षमा केन्द्रित रहेको हुन्छ ?
A. गृहकार्यमा नियमितता ल्याउन
B. विद्यार्थीको समस्या समाधान गर्न
C. सिकाइ उत्प्रेरणा र समस्या समाधान गर्न
D. अभिभावकको सक्रियता र चासो अभिवृद्धि गर्न
२८. "तुलना गर्ने तथा फरक छुट्ट्याउन सक्ने क्षमता प्राप्त गर्नु" सिकाइको कुन तहमा पर्दछ ?
A. बुझाइ
B. प्रयोग
C. विश्लेषण
D. मूल्याङ्कन
२९. पाठ्यक्रमका सक्षमतालाई सिकाइ उपलब्धिको रुपमा कक्षा शिक्षणमा रुपान्तरण गर्न शिक्षकले कुन कुन पक्षको संयोजन गरी सिकाइ व्यवस्थापन गर्छन् ?
A. पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन
B. पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका
C. पाठ्यपुस्तक, शिक्षक निर्देशिका र शिक्षण विधि
D. पाठ्यपुस्तक, शिक्षण विधि र शैक्षिक सामग्री
३०. विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार आधारभूत शिक्षा (कक्षा ६-८) को सक्षमता तलका मध्ये कुन हो?
A. नेपाली कला साहित्य र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन एवम् सिर्जनशीलताको प्रयोग
B. श्रमप्रति सम्मान गर्दै कामको संसारमा आत्मविश्वासका साथ तयारी
C. प्रभावकारी सिकाइ, रचनात्मक र विश्लेषणात्मक सोच तथा सामाजिक सम्पर्क र सञ्चारबाट विचारहरूको आदानप्रदान
D. जीवनजगत् र व्यवहारसँग तादात्म्यता बोध
३१. भानु मा. वि. को प्रार्थना समयमा रस्मिता लाइनमा सुरुबाट दसौँ र पछाडिबाट बाह्रौँ स्थानमा छिन् । उनीपछि लगत्तै तीनजना विद्यार्थी थपिए भने लाइनमा जम्मा कति विद्यार्थी होलान् ?
A. २३ जना
B. २४ जना
C. २५ जना
D. २६ जना
३२. तल दिइएका अङ्कहरूको क्रम पूरा गर्नुहोस्: ८, १२, ९, १३, १०, १४, ....... ?
A. ११
B. १६
C. २१
D. २६
३३. समालोचनात्मक चिन्तन विधिमा नपर्ने तलका मध्ये कुन हो ?
A. मस्तिष्क मन्थन (Brain Storming)
B. जिगसअ (Jigsaw)
C. घटना अध्ययन (Case Study)
D. सोच्ने-जोडीमा छलफल गर्ने-विचार आदानप्रदान गर्ने (Think-Pair-Share)
३४. चियाबारीमा नै गई; चिया किसान र व्यवस्थापकबिच अन्तरक्रिया तथा छलफल गर्दै "चियाखेतीका फाइदा" शीर्षक पाठ पढाउन शिक्षकले कुन विधि प्रयोग गर्नुपर्छ ?
A. परियोजना
B. क्षेत्रकार्य
C. अध्ययन कार्य
D. खोज कार्य
३५. शिक्षण सिकाइमा नवप्रवर्तनले के जनाउँछ ?
A. भइरहेका अभ्यासहरूलाई सुधार गर्नु
B. शिक्षक र विद्यार्थीलाई खोज कार्यमा संलग्न गराउनु
C. नयाँ अभ्यासको विकास गर्नु
D. माथिका सबै
३६. कुन प्रकारको प्रश्नबाट गरिने मूल्याङ्कन बढी विश्वसनीय हुन्छ ?
A. निबन्धात्मक प्रश्न
B. छोटो उत्तर आउने प्रश्न
C. खाली ठाउँ भर्ने प्रश्न
D. बहुवैकल्पिक प्रश्न
३७. विद्यार्थीहरूको व्यवहारमा आएको परिवर्तन मापन गर्न तल दिइएका मध्ये कुन साधन बढी उपयोगी हुन्छ ?
A. विषयगत परीक्षा
B. वस्तुगत परीक्षा
C. स्तरीकृत परीक्षा
D. अवलोकन
३८. तलका मध्ये कुन परीक्षणमा विश्वसनीयता र वैधता उच्च हुने गर्दछ ?
A. शिक्षकले गर्ने परीक्षण
B. स्तरीकृत परीक्षण
C. विद्यालयले लिने परीक्षण
D. स्थानीयस्तरमा हुने परीक्षण
३९. आधारभूत तहको अन्त्यमा लिइने परीक्षाका सम्बन्धमा तलको कुन भनाइ सही हो ?
A. जिल्ला परीक्षा समितिबाट मूल्याङ्कन तथा प्रमाणीकरण हुन्छ ।
B. विद्यालयले विषयगत शिक्षक परिचालन गरी आन्तरिक मूल्याङ्कन, प्रमाणीकरण तथा अभिलेखीकरण गर्दछ ।
C. स्थानीय तहमा परीक्षा समितिको संयोजनमा मूल्याङ्कन तथा प्रमाणीकरण गरिन्छ ।
D. उदार कक्षोन्नति गरिन्छ ।
४०. बालकलाई सानो प्लेटमा र युवालाई थालमा खाने गरी व्यवस्था मिलाउनु भनेको न्यायिक दृष्टिले तलका मध्ये कुन हो ?
A. समता
B. समानता
C. सकारात्मक विभेद
D. आरक्षण
४१. अनुसन्धानमा समस्याको मुख्य मुद्दामा केन्द्रित भई हालसम्मका उपलब्धिहरूमा देखिएको रिक्तता तथा अनुत्तरित प्रश्नहरूको पहिचान गर्नुलाई तलका मध्ये कुनचाहिले बुझाउँछ ?
A. समस्याको कथन
B. समस्याको सार्थकता
C. अध्ययनको उद्देश्य
D. साहित्यको पुनरावलोकन
४२. विद्यार्थीमा समूहमा जिम्मेवारी पहिचान गरी भूमिका बाँडफाँट गर्ने सक्षमता विकास गर्न कुनचाहिँ सिप सबभन्दा बढी उपयोगी हुन्छ ?
A. वैयक्तिक सिप
B. सोचाइ सिप
C. अन्तरवैयक्तिक सिप
D. नागरिक सिप
४३. तलका मध्ये कुन भनाइले नेतृत्वको अवधारणालाई स्पष्टसँग बुझाउँछ ?
A. सबै काममा निपुण व्यक्ति
B. अरुलाई प्रभावमा पारी लक्ष्य प्राप्तितर्फ उन्मुख गराउने व्यक्ति
C. आफैं काममा अग्रसर हुने व्यक्ति
D. सहकर्मीहरूको मनसाय अनुरूप निर्णय गर्ने व्यक्ति
४४. तथ्याङ्क संकलनको क्रममा द्वितीय (Secondary) स्रोत अन्तर्गत तलका मध्ये कुनचाहिँ पर्दछ ?
A. प्रत्यक्ष अवलोकन
B. प्रोफाइल
C. प्रतिवेदन तयारी
D. स्थलगत गणना
४५. विद्यालयको शैक्षिक तथ्याङ्क संकलन गरी वार्षिक रुपमा प्रकाशन गर्ने कार्य कुन निकायले गर्दछ ?
A. पाठ्यक्रम विकास केन्द्र
B. शिक्षा तथा मानव स्रोत विकास केन्द्र
C. शैक्षिक गुणस्तर परीक्षण केन्द्र
D. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
४६. Excel Sheet मा गणितीय क्रिया अन्तर्गत गुणन गर्नको लागि प्रयोग गरिने चिन्ह कुन हो ?
A. *
B. /
C. x
D. #
४७. शिक्षक र विद्यार्थीले सिकाउन र सिक्न प्रयोग गरिने प्रचलित Google tool को नाम के हो ?
A. Google classroom
B. Google search
C. Google drive
D. Google translate
४८. नेपाली वर्णमालाका अक्षरहरू पढ्ने क्रममा 'क' पछि 'ख', 'छ' पछि 'ज' आउँछ भने 'ढ' पछि के आउँछ ?
A. ण
B. त
C. थ
D. द
४९. तल दिइएका मध्ये कुनचाहिँ पक्ष पाठ्यपुस्तकको विशेषता अन्तर्गत पर्दछ ?
A. पाठ्यभार उल्लेख
B. मूल्याङ्कनका आधारहरू किटान
C. अभ्यासको अवसर
D. विषयवस्तुको क्षेत्र किटान
५०. "पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकास गराउँछ" यो भनाइ पाठ्यक्रमको कुन अर्थसँग सम्बन्धित छ ?
A. पाठ्यक्रमको संकुचित अर्थ
B. पाठ्यक्रमको व्यापक अर्थ
C. पाठ्यक्रमको शाब्दिक अर्थ
D. पाठ्यक्रमको लाक्षणिक अर्थ
Back