नेपाल सरकार
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा -२०८२
विषयगत प्रश्नपत्र
तलका सबै प्रश्नहरू हल गर्नुहोस् ।
१.
विद्यालयमा आइपर्न सक्ने द्वन्द्वहरूको कारण र प्रभाव उल्लेख गर्दै द्वन्द्व व्यवस्थापनमा शिक्षकले खेल्नुपर्ने भूमिकाको बारेमा उल्लेख गर्नुहोस् ।
३+३+४
२.
कक्षाकोठा व्यवस्थापनको अवधारणा स्पष्ट पार्दै विद्यार्थीको सिकाइमा यसले पुऱ्याउन सक्ने चारओटा सहयोग टिपोट गर्नुहोस् । कक्षाकोठा व्यवस्थापनभित्र समेटिनुपर्ने क्षेत्रको सूची तयार पारी कुनै एकको व्याख्या गर्नुहोस् ।
२+२+३+३
३.
एकीकृत पाठ्यक्रमको परिचय दिनुहोस् । आधारभूत तहका कक्षाहरूमा एकीकृत पाठ्यक्रमको आवश्यकता र कार्यान्वयनमा देखापरेका चुनौतीहरूको चर्चा गर्नुहोस् ।
३+३+४
४.
दण्डरहित शिक्षाको अवधारणा स्पष्ट पार्नुहोस् । दण्डरहित नीति कार्यान्वयन गर्दा कक्षाकोठामा आइपर्ने सहजता र समस्याहरू के के हुन् ? बालमैत्री दृष्टिकोणबाट समस्या समाधानका उपायहरू प्रस्तुत गर्नुहोस् ।
२+२+२+४
५.
शिक्षकको पेसागत विकासअन्तर्गत के कस्ता कार्यहरू पर्दछन् ? शिक्षकले आफ्नो पेसागत विकासका लागि खेल्नुपर्ने भूमिकाको बारेमा प्रस्ट पार्नुहोस् ।
४+६
६.
कार्यमूलक अनुसन्धान भनेको के हो ? कक्षाकोठाको शिक्षण सिकाइ सुधारमा प्रयोग गरिने कार्यमूलक अनुसन्धानका चरणहरू उल्लेख गर्दै शिक्षकले आफ्नो शिक्षण सिकाइमा यसको प्रयोगबाट लिन सक्ने कुनै पाँचओटा फाइदा सुझाउनुहोस् ।
२+३+५
नेपाल सरकार
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा-२०८२
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१.
शिक्षक सक्षमता प्रारूप, २०७२ अनुसार "सबै सिकारुले रचनात्मक सिकाइ अवसर पाउने गरी आवश्यकता अनुसार समूहहरू परिचालन गर्नु" भन्ने सक्षमता तलकामध्ये कुन सक्षमताअन्तर्गत पर्छ ?
२.
शिक्षण सिकाइमा माइलस्टोन तयार गरी र यसैलाई आधार मान्दै सिकाइ सिँढी (Learning ladder) निर्माण गरेर शिक्षण सिकाइ गर्ने पद्धति कुन हो ?
३.
आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम, २०७६ ले भाषिक सिप विकास (नेपाली) सम्बन्धी क्रियाकलापका लागि तोकेको वार्षिक कार्य घण्टा कति हो ?
४.
Jean Piaget का अनुसार मानव विकासको ठोस क्रियात्मक अवस्थाको रूपमा कुन उमेर समूहलाई वर्गीकरण गरिएको छ ?
५.
कार्यमूलक अनुसन्धानको मुख्य उद्देश्य कुन हो ?
६.
कुनै बालकलाई नमस्कार गर्न सिकाइयो र सोही सिकाइको आधारमा उसले सबैलाई नमस्कार गर्न सक्यो भने सिकाइको भाषामा यसलाई के भनिन्छ ?
७.
शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्नुको मुख्य उद्देश्य कुन हो ?
८.
विद्यालयमा आइपर्न सक्ने विपद् व्यवस्थापनका लागि गर्नुपर्ने तयारी अन्तर्गतको कार्य कुन हो ?
९.
स्थानीय तहको शैक्षिक योजनाको मुख्य लक्ष्य कुन हो ?
१०.
विद्यार्थी उपलब्धि सुधारमा देहायमध्ये सबैभन्दा प्रमुख भूमिका कसको रहन्छ ?
११.
कक्षाकोठा व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण उद्देश्य तलकामध्ये कुन हो ?
१२.
शिक्षकको कार्यसम्पादन मूल्याङ्कन गर्दा सुपरीवेक्षक र पुनरावलोकन समितिले कतिओटा मूल्याङ्कनका आधार प्रयोग गर्नुपर्ने व्यवस्था छ ?
१३.
सोलहौँ पञ्चवर्षीय योजना (वि.सं. २०८१/०८२-२०८५/०८६) ले पाँच वर्ष र सोभन्दा माथिको साक्षरता कति प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ?
१४.
कुन उत्प्रेरणालाई सकारात्मक उत्प्रेरणा पनि भनिन्छ ?
१५.
कक्षाकोठामा बुक कर्नर स्थापनाको मुख्य उद्देश्य कुन हो ?
१६.
भिन्न भिन्न जाति, भाषा, उमेर, क्षमता जस्ता पक्षलाई ध्यान दिई शैक्षिक व्यवस्थापन गर्ने कार्य तलकामध्ये कुन हो ?
१७.
शिक्षणको सिकाइको क्रममा उपयोग गर्न सकिने कक्षाकार्य एवम् विद्यार्थीको कार्यको अवलोकन, गृहकार्य तथा अतिरिक्त क्रियाकलापका आधारमा गरिने मूल्याङ्कन कुन प्रकारको मूल्याङ्कन हो ?
१८.
घटना अध्ययन विधिलाई तल दिइएकामध्ये कुन अनुसन्धान विधिमा बढी प्रयोग गरिन्छ ?
१९.
कक्षाकोठामा राखिने भित्तेपात्रो कस्तो शैक्षिक सामग्री हो ?
२०.
शिक्षक मेन्टरिङ कार्यक्रम कार्यान्वयनको प्रमुख उद्देश्य तलकामध्ये कुनचाहिँ हो ?
२१.
अनौपचारिक शिक्षा भन्नाले तलकामध्ये प्रमुख रूपमा कस्तो शिक्षालाई बुझिन्छ ?
२२.
दिगो विकास लक्ष्य-४ मुख्यतः के सँग सम्बन्धित छ ?
२३.
आ.व.२०८२/०८३ को बजेट वक्तव्यमा तोकिएको विद्यालय नक्साङ्कनका आधारहरूमा नपर्ने विषय तलकामध्ये कुन हो ?
२४.
पाठ्यक्रमको उद्देश्य र विषयवस्तुलाई विद्यार्थीको रुचि, क्षमता र स्थानीय परिवेशअनुसार अनुकूलन गर्ने मुख्य जिम्मेवारी कसको हो ?
२५.
विद्यालय व्यवस्थापनमा समुदायको सहभागिता किन आवश्यक पर्दछ ?
२६.
दूर शिक्षाको चौथो पुस्ता भन्नाले केलाई बुझाउँछ ?
२७.
निर्माणात्मक मूल्याङ्कनका साधनहरूमध्ये तलको कुन पर्दैन ?
२८.
अभिभावकको पहिचान नभएका बालबालिकाको आधारभूत तहसम्मको शिक्षा उपलब्ध गराउने मुख्य दायित्व कसको रहन्छ ?
२९.
विद्यालय संरचनालाई आधारभूत तह (कक्षा १-८) र माध्यमिक तह (कक्षा ९-१२) मा पुनःसंरचना गर्ने सुरुवात कुन शैक्षिक कार्यक्रमबाट गरिएको हो ?
३०.
आधुनिक शिक्षण प्रक्रियामा शिक्षकले पढाउने होइन सिकाउने हुनुपर्छ । यस कार्यका लागि शिक्षकको भूमिका कस्तो हुनुपर्छ ?
३१.
द्वन्द्वको परम्परागत अवधारणाअन्तर्गत तलको कुन अवधारणा पर्दैन ?
३२.
लेटर ग्रेडिङ्ग निर्देशिकाअनुसार सिकाइ उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई कतिवटा अक्षरगत सूचकमा सूचित गरिएको छ ?
३३.
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार पाठ्यपुस्तक खरीद वापतको रकम सम्बन्धित विद्यालयलाई शैक्षिक सत्र प्रारम्भ हुनुभन्दा न्यूनतम कति समय अघि उपलब्ध गराउनुपर्छ ?
३४.
१० वर्षदेखि १५ वर्षसम्म स्थायी सेवा गरेको शिक्षकले सेवाबाट अलग हुन चाहेमा कुन आधारमा उपदान पाउने व्यवस्था छ ?
३५.
विद्यालय सुधार योजनाले मुख्यतः कुन पक्षमा जोड दिन्छ ?
३६.
नेपालको संविधान, २०७२ को अनुसूची ६ मा उल्लेख भएअनुसार प्रदेशको अधिकारअन्तर्गत पर्ने मुख्य कार्य जिम्मेवारी कुन हो ?
३७.
विद्यालयको पूर्वाधार, प्रशासनिक विवरण, शिक्षक विद्यार्थी विवरण तथा नतिजा व्यवस्थापनका लागि नेपालमा विद्यालय तहदेखि नै प्रयोगमा ल्याइएको प्रणाली कुन हो ?
३८.
हाल कार्यान्वयनमा रहेको आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम, २०७६ कुन सिद्धान्तमा आधारित छ ?
३९.
आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रमले व्याख्या गरेअनुसार मुख्य सिकाइ उपलब्धि आंशिक रूपमा हासिल गरेको तर सुधारात्मक सिकाइ आवश्यक भएको उपलब्धिको व्याख्याले कुन उपलब्धि स्तरलाई बुझाउँछ ?
४०.
शिक्षा नियमावली, २०५९ अनुसार प्रधानाध्यापक छनोटका आधारमा नपर्ने विषय तलकामध्ये कुन हो ?