निम्‍न माध्यमिक तह प्रथम पत्र २०८२-०२-१७

नेपाल सरकार
शिक्षक सेवा आयोग
निम्‍नमाध्यमिक तह (तृतीय श्रेणी) शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा
सामान्य परीक्षा -२०८२
सेट C
तह : निम्‍नमाध्यमिक
समय : १ घण्टा
पूर्णाङ्क : १००
उत्तीर्णाङ्क : ५०
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ । गलत उत्तर लेखेमा प्रत्येक गलत उत्तर बापत बिस प्रतिशत अङ्क कट्टा हुनेछ । तर कुनै पनि उत्तर नदिएको प्रश्नको हकमा अङ्क कट्टा हुने छैन ।
१. भूभूमध्यरेखादेखि उत्तर वा दक्षिणको कोणिक दूरीलाई के भनिन्छ ?
A. देशान्तर
B. प्रधान मध्यह्न रेखा
C. अन्तर्राष्ट्रिय तिथि रेखा
D. अक्षांश
२. सन् २०२४ मा कृत्रिम बौद्धिकता (AI) लाई आधार बनाई कुन देशका वैज्ञानिकहरूले 'Ameca' नामको रोबोट निर्माण गरेका थिए ?
A. बेलायत
B. चीन
C. अमेरिका
D. जापान
३. Which of the following is a type of malware?
A. Browser
B. Firewall
C. Computer hardware
D. Trojan Horse
४. शिक्षण सिकाइमा पुनर्बल (Reinforcement) किन प्रयोग गरिन्छ ?
A. सकारात्मक व्यवहार प्रदर्शन गर्न र सिकाइका लागि उत्प्रेरित गर्न,
B. कक्षाकोठाको वातावरण सुमधुर बनाउन,
C. सबै विद्यार्थीहरूलाई शान्त वातावरणमा रहने व्यवस्था गर्न,
D. अपेक्षित नतिजा प्राप्त गर्न ।
५. विद्यार्थीले गणित विषयमा सिकेका जोड, घटाउसम्बन्धी गणितीय सिपलाई विज्ञान विषयको अध्ययनमा प्रयोग गर्न सक्ने अवस्था सिकाइको कस्तो प्रकारको स्थानान्तरण हो ?
A. लम्बीय स्थानान्तरण (Vertical Transfer)
B. समतलीय स्थानान्तरण (Horizontal Transfer)
C. द्विपक्षीय स्थानान्तरण (Bilateral Transfer)
D. अन्तर-विषयक स्थानान्तरण (Inter-subject Transfer)
६. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा बौद्ध धर्मावलम्बीहरूको सङ्ख्या कति प्रतिशत रहेको छ ?
A. ७.५३%
B. ६.०%
C. ५.९५%
D. ८.२१%
७. कुनै शिक्षकले आफ्ना विद्यार्थीहरूले कसरी सिक्छन् भन्ने सन्दर्भमा उनीहरूमा भएको सिकाइको वास्तविक तह (Level of actual development) र शिक्षकको सहायता वा प्रविधिको प्रयोगद्वारा हासिल गर्न सकिने सिकाइको सम्भावित विकासको तह (Level of potential development) को विश्लेषण गर्न कुन सिद्धान्तको प्रयोग गरिन्छ ?
A. भाइगोत्स्कीको जोन अफ प्रोक्सिमल डेभलपमेन्ट (Zone of Proximal Development)
B. पियाजेको संज्ञानात्मक विकास (Cognitive Development)
C. मुलर तथा अन्डरवूडको हस्तक्षेपको सिद्धान्त (Theory of Interference Development)
D. बान्डुराको सामाजिक सिकाइको सिद्धान्त (Social Learning Theory)
८. दिइएका विकल्पहरूमध्येबाट छोडिएको सङ्ख्या '?' पत्ता लगाउनुहोस् :
१४
३३ ३७
३५ ३० ?
A. १३
B. १४
C. १५
D. २१
९. नेपालको संविधानमा उल्लेखित शिक्षासम्बन्धी मौलिक हक तलकामध्ये कुन हो ?
A. प्रत्येक नागरिकलाई उच्च शिक्षासम्म निःशुल्क शिक्षा प्राप्त हुने
B. माध्यमिक तहसम्मको शिक्षा अनिवार्य हुने
C. माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने
D. प्राविधिक शिक्षा निःशुल्क प्राप्त हुने
१०. भोकमरीविरुद्ध लड्न, द्वन्द्व प्रभावित क्षेत्रमा शान्तिका लागि योगदान दिन र युद्धको हतियारका रूपमा भोकमरीलाई प्रयोग हुन नदिन प्रयास गरेकोमा तलकामध्ये कुन संस्थालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ?
A. परमाणु हतियार विरुद्धको अन्तर्राष्ट्रिय अभियान (ICAN)
B. रासायनिक हतियार विरुद्धको निषेध सङ्गठन (OPCW)
C. युरोपियन सङ्घ (EU)
D. विश्व खाद्य कार्यक्रम (WFP)
११. विद्यालय तहको पाठ्यक्रम निर्माण तथा मूल्याङ्कन गर्ने सम्बन्धमा नीति निर्धारण गर्नका लागि गठित समिति तलकामध्ये कुन हो ?
A. राष्ट्रिय शिक्षा परिषद्
B. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्
C. सम्बन्धित विषयका विषयगत समिति
D. राष्ट्रिय पाठ्यक्रम विकास परिषद्
१२. हरितगृहको प्रभावले वातावरणमा के असर गर्छ ?
A. पृथ्वी चिसो हुन्छ ।
B. समुद्रको सतह घटाउँछ ।
C. वायुमण्डल हराउने सम्भावना हुन्छ ।
D. तातो बढाउँछ र जलवायु परिवर्तन ल्याउँछ ।
१३. सिकाइ प्रक्रियामा कार्यपरक सम्बन्ध सिद्धान्त (Operant Conditioning Theory) को प्रयोग कुन अवस्थाका लागि गरिन्छ ?
A. ज्ञान निर्माणका लागि
B. व्यवहार निर्माणका लागि
C. सिर्जनात्मक क्षमता विकासका लागि
D. धारणा निर्माणका लागि
१४. तल दिइएका मन्दिर र तिनीहरूको निर्माण शैलीको सम्बन्धमा उपयुक्त जोडा मिलाउनुहोस् :
मन्दिर निर्माण शैली
क) पशुपतिनाथ मन्दिर १. शिखर
ख) कृष्ण मन्दिर, पाटन २. ग्रन्थकुट
ग) बालगोपालेश्वर मन्दिर, रानीपोखरी ३. मिश्रित
घ) रामजानकी मन्दिर, जनकपुर ४. प्यागोडा
A. क-४, ख-१, ग-२, घ-३
B. क-३, ख-४, ग-१, घ-२
C. क-२, ख-३, ग-४, घ-१
D. क-१, ख-२, ग-३, घ-४
१५. दैनिक पाठयोजना निर्माणमा बढी उपयोगी हुने सामग्री ... हो ।
A. वार्षिक शैक्षिक योजना
B. शिक्षक निर्देशिका
C. पाठ्यक्रम
D. पाठ्यपुस्तक
१६. सौरमण्डलभित्र आफ्नो अक्षमा सबैभन्दा ढिलो घुम्ने ग्रह कुन हो ?
A. बुध
B. बृहस्पति
C. अरुण
D. शुक्र
१७. शिक्षाको आधुनिक अर्थ (Modern meaning of Education) भित्र विषयवस्तुको विश्लेषण गर्ने तथा सिर्जना गर्न सक्ने बनाउने विषय तलकामध्ये कुन पक्षसँग सम्बन्धित छ ?
A. सर्वाङ्गीण विकास (Holistic development)
B. सिपमा आधारित सिकाइ (Skilled based learning)
C. सिर्जनात्मक सोचाइ र समस्या समाधान (Creative thinking and problem solving)
D. प्रविधिमा एकाकार (Integration in technology)
१८. The gap between the people in a society who are computer literate and have access to internet; and those who do not is referred as ....
A. Digital divide
B. ICT divide
C. Information divide
D. Technology divide
१९. शिक्षा मनोविज्ञानले कुन कुरालाई केन्द्रभागमा राखेको हुन्छ ?
A. मानव सम्बन्ध
B. मानव विकास
C. मानव अनुभूति
D. मानव सिकाइ
२०. राष्ट्रिय शिक्षा पद्धति योजना (२०२८-२०३२) ले चरित्र निर्माणलाई कुन तहको शिक्षाको उद्देश्यभित्र समावेश गरेको थियो ?
A. प्राथमिक तह
B. निम्नमाध्यमिक तह
C. माध्यमिक तह
D. प्रमाणपत्र तह
२१. कुनै विद्यालयको निम्नमाध्यमिक तहको कक्षा ६-८ पढाउन गणित, विज्ञान र सामाजिक विषयसँग सम्बन्धित तीनजना शिक्षक रहेका छन् भने उक्त विद्यालयमा कस्तो शिक्षण गर्नु उपयुक्त हुन्छ ?
A. मिश्रित शिक्षण
B. विषय शिक्षण
C. बहुकक्षा शिक्षण
D. कक्षा शिक्षण
२२. तलकामध्ये कुन गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार अन्तर्गत पर्दछ ?
A. शिक्षकको स्थायी नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्ने
B. विद्यालयका लागि थप पाठ्यपुस्तकको सूची स्वीकृत गर्ने
C. विद्यालयको नामकरण गर्ने
D. माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन गर्ने ।
२३. अरूभन्दा फरक शब्द कुन हो ?
A. Cheese
B. Butter
C. Curd
D. Oil
२४. New Development Bank को संस्थापक संस्था कुन हो ?
A. BIMSTEC (बिम्स्टेक)
B. ANZUS (एनजुस)
C. BRICS (ब्रिक्स)
D. ASEAN (आसियन)
२५. Portfolio Assessment के सँग सम्बन्धित छ ?
A. कक्षाकोठाको परीक्षा
B. अन्तिम मूल्याङ्कन
C. आवधिक परीक्षा
D. निरन्तर मूल्याङ्कन प्रणाली
२६. निम्नलिखित क्रममा प्रश्नचिह्न (?) राखिएको ठाउँमा के आउँछ ?
६७, ६४, १९९, ?, ११९७, २४८४
A. ३७८
B. ४५६
C. ५०४
D. ५६७
२७. आर्थिक वर्ष २०८१/८२ का बजेटको रूपान्तरणकारी क्षेत्रमा नपर्ने क्षेत्र कुन हो ?
A. पर्यटन प्रवर्द्धन
B. शासकीय क्षेत्र रूपान्तरण
C. उद्यमशीलता र औद्योगिक विकास
D. कृषि क्षेत्र रूपान्तरण
२८. कुनै विषयको पाठ्यघण्टा (Credit Hour) निर्धारण मुख्यतया केको आधारमा गरिन्छ ?
A. सबै विषयको औसत अङ्कको आधारमा
B. मुख्य र सहायक विषयको औसतको आधारमा
C. सिकाइका विषयवस्तुको व्यापकता (Gravity) का आधारमा
D. शैक्षिक सत्रमा पढाइ हुने दिनको आधारमा
२९. Cyberbullying is considered as :
A. Fun chat on Facebook
B. Sent an unwanted text on Facebook
C. Show advertisement on Facebook
D. Creating a Facebook group
३०. सगरमाथा हिमाल तल दिइएका स्थानीय तहहरूमध्ये कुन स्थानीय तहमा पर्दछ ?
A. खुम्बुपासाङल्हामु गाउँपालिका
B. महाकुलुङ गाउँपालिका
C. सोलुदुधकुण्ड गाउँपालिका
D. सोताङ गाउँपालिका
३१. तलकामध्ये कुन भनाइ कार्यमूलक अनुसन्धानसँग सम्बन्धित छ ?
A. कुनै पनि विषयवस्तुका बारेमा नयाँ कुरा खोज गर्ने कार्य,
B. विद्यमान ज्ञानका आधारमा नयाँ ज्ञान पत्ता लगाउने कार्य,
C. काम गर्दै अनुभव गर्दै कार्यशैलीमा सुधार ल्याउने रणनीतिक कार्य ,
D. समस्या पहिचान गर्ने कार्य ।
३२. शिक्षकको कार्यसम्पादन मूल्याङ्कन वापत पुनरावलोकन समितिले दिन सक्ने अधिकतम अङ्क कति रहेको छ ?
A. ४ अङ्क
B. ५ अङ्क
C. ६ अङ्क
D. १० अङ्क
३३. उत्तरबाल्यावस्थामा देखिने विशेषतामध्ये आत्मसम्मानको खोज तलकामध्ये कुन परिवर्तनसँग सम्बन्धित छ ?
A. शारीरिक परिवर्तन
B. मानसिक परिवर्तन
C. भावनात्मक परिवर्तन
D. सामाजिक परिवर्तन
३४. तलकामध्ये संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्था कुन हो ?
A. सुरक्षा परिषद्
B. विश्व स्वास्थ्य सङ्गठन
C. अन्तर्राष्ट्रिय न्यायालय
D. आर्थिक तथा सामाजिक परिषद्
३५. Ivan Pavlov को Classical Conditioning Theory मा प्रयोग भएको कुकुर, खाना र घण्टीमा घण्टीको भूमिका तलकामध्ये कुन हो ?
A. Unconditioned Stimulus (US)
B. Unconditioned Response (UR)
C. Conditioned Stimulus (CS)
D. Conditioned Response (CR)
३६. विवाहको प्रारम्भमा "सुकैपुङ" कर्म गर्ने जाति कुन हो ?
A. तामाङ
B. बरामी
C. चेपाङ
D. राई
३७. Which of the following is a program that protects websites against bots by generating and grading tests that humans can pass but current computer programs cannot?
A. CAPTCHA
B. HUMAN Intelligence Test
C. FIREWALL
D. ANTI-VIRUS
३८. Flipped classroom approach कस्तो शिक्षण सिकाइ विधि हो ?
A. शिक्षकले कक्षाकोठामा पाठ प्रस्तुत गर्ने विधि,
B. पाठ्यपुस्तक र शिक्षकको प्रस्तुतिमा निर्भर रहने विधि,
C. विद्यार्थीहरूले कक्षाकोठाभन्दा बाहिर सामग्रीको अध्ययन गरेर कक्षाकोठाको कार्यकलापमा सक्रिय भई भाग लिने विधि,
D. शिक्षक र विद्यार्थीले पालैपालो कार्यकलापमा भाग लिने विधि ।
३९. कक्षाकोठाभित्र सहकार्यको वातावरण सिर्जना गर्न के गर्नु उचित हुन्छ ?
A. कक्षाकोठामा विद्यार्थीहरूबिच राम्रो परिणाम ल्याउन प्रतिस्पर्धा गराउने,
B. गल्ती गर्ने विद्यार्थीलाई सबैका सामुन्ने राखेर नसियत दिने,
C. अधिकांश समय विद्यार्थीहरूलाई एक्लाएक्लै काममा लगाउने,
D. विद्यार्थीहरूलाई समूहगत परियोजना र कार्यकलापमा संलग्न गराउने ।
४०. सोलहौँ पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा पर्यटकको औसत बसाइ अवधि कति पुऱ्याउने लक्ष्य राखिएको छ ?
A. १३ दिन
B. १४ दिन
C. १५ दिन
D. १६ दिन
४१. आधारभूत तहको अन्त्यमा हुने कक्षा ८ उत्तीर्ण परीक्षामा विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कन गर्नका लागि लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले उपलब्धिलाई कति तहमा बाँडेको छ ?
A. ६ तह
B. ८ तह
C. ९ तह
D. १० तह
४२. "सिन्को नभाँच्नु" भन्ने वाक्यांशको अर्थ के हो ?
A. काम नगर्नु
B. आराम गर्नु
C. कुरा काट्नु
D. काम गर्नु
४३. तल दिइएकामध्ये कुन मल्टिमिडियामा आधारित सामग्री हुन् ?
A. मुद्रित पाठ्यपुस्तकहरू
B. पेन ड्राइभमा सेयर गर्न मिल्ने सामग्रीहरू
C. भिडियो, एनिमेशन र अन्तरक्रियात्मक प्रस्तुतिहरू
D. कलम र पेन्सिलबाट तयार सामग्रीहरू
४४. तल दिइएको प्रश्न उल्लिखित शब्द शृङ्खलामा आधारित भई समाधान गर्नुहोस् ।
PET, GAT, EAR, ONE, CUB
यदि व्यञ्जनबाट सुरु हुने शब्दको अन्त्यमा E र स्वरबाट सुरु हुने शब्दको सुरुमा B थपियो भने कतिवटा अर्थपूर्ण अङ्ग्रेजी शब्दहरू बन्न सक्छन् ?
A. ५ वटा
B. ४ वटा
C. ३ वटा
D. २ वटा
४५. राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार लैङ्गिक अनुपात प्रति १०० महिलामा पुरुषको सङ्ख्या कति रहेको छ ?
A. ९५ दशमलव ५९
B. ९६ दशमलव १६
C. ९६ दशमलव ५९
D. ९४ दशमलव १६
४६. एकीकृत पाठ्यक्रमको मूलध्येय तलकामध्ये कुन हो ?
A. विषय अलग, शिक्षण सिकाइ र मूल्याङ्कन एकीकृत
B. विषय र शिक्षण सिकाइ, एकीकृत मूल्याङ्कन अलग
C. विषय एकीकृत, शिक्षण सिकाइ र मूल्याङ्कन अलग अलग
D. विषय, शिक्षण सिकाइ र मूल्याङ्कन एकीकृत
४७. व्यक्तिगत अनुभव, पाठ्यक्रमको समग्रता र शिक्षणसित सम्बन्धित William Pinar को कार्यढाँचालाई के भनिन्छ ?
A. Currere
B. Curriculum
C. Connectivism
D. Emancipation
४८. विश्वको सबैभन्दा ठुलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
A. स्विट्जरल्याण्ड
B. इथियोपिया
C. काजाकिस्तान
D. अफगानिस्तान
४९. कसैले कुनै विदेशी शिक्षण संस्थासँग सम्बन्ध प्राप्त गरी विद्यालय खोल्न चाहेमा कुन निकायमा निवेदन पेस गर्नु पर्दछ ?
A. शिक्षा विकास तथा समन्वय एकाइ
B. प्रदेशमा शिक्षा हेर्ने मन्त्रालय
C. सम्बन्धित देशमा रहेको नेपाली राजदूतावास
D. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
५०. नवप्रवेशी शिक्षकका लागि प्रदान गरिने तालिमको पाठ्यक्रमको स्वीकृति कसले गर्छ ?
A. शिक्षक सेवा आयोग
B. शैक्षिक जनशक्ति विकास परिषद्
C. प्रदेश स्थित शिक्षा तालिम केन्द्र
D. शिक्षा तथा मानव स्रोत विकास केन्द्र
Back