माध्यमिक तह प्रथम पत्र प्रश्‍नपत्र २०८३-०१-०५

नेपाल सरकार
शिक्षक सेवा आयोग
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)-२०८३
सेट B
तह : माध्यमिक
समय : १ घण्टा
पूर्णाङ्क : १००
उत्तीर्णाङ्क : ५०
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ । गलत उत्तर लेखेमा प्रत्येक गलत उत्तर बापत बिस प्रतिशत अङ्क कट्टा हुनेछ । तर कुनै पनि उत्तर नदिएको प्रश्नको हकमा अङ्क कट्टा हुने छैन ।
१. तलकामध्ये कुनचाहिँ क्षेत्रलाई अर्थतन्त्रको प्राथमिक क्षेत्रमा गणना गरिन्छ ?
A. वित्तीय तथा बीमाका क्रियाकलाप
B. उत्पादनमूलक उद्योग
C. कृषि, वन तथा मत्स्यपालन
D. सूचना प्रविधि
२. To display a text on the bottom of all pages, we use... in MS Word.
A. Footer
B. Footnote
C. Endnote
D. Header
३. तल दिइएकामध्ये चीन र रुस बीचको सीमा नदी कुन हो ?
A. Yangtze
B. Kherlen
C. Shweli
D. Amur
४. एकीकृत पाठ्यक्रम कार्यान्वयनका लागि सबैभन्दा उपयुक्त कक्षा सङ्गठन कुन हो ?
A. कक्षा शिक्षण
B. बहुकक्षा शिक्षण
C. विषय शिक्षण
D. मिश्रित शिक्षण
५. Jean Piaget ले मानव विकासलाई विभिन्न चरणमा विभाजन गरेका छन् । ती मध्ये २ वर्षदेखि ७ वर्षसम्मको समयलाई कुन चरणअन्तर्गत राखेका छन् ?
A. Sensory Motor Stage
B. Preoperational Stage
C. Concrete operational Stage
D. Formal Operational Stage
६. आफ्नो डकुमेन्टलाई कसैले पनि परिवर्तन गर्न नसक्ने गरी पठाउन कुन फरम्याटमा सेब गर्नुपर्छ ?
A. .doc
B. .txt
C. .xls
D. .pdf
७. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वडा समितिको शिक्षासम्बन्धी मुख्य अधिकार कुन हो ?
A. बाल उद्यान, प्रारम्भिक बालविकास केन्द्र, अनौपचारिक शिक्षा तथा सामुदायिक सिकाइ केन्द्र सञ्चालन
B. माध्यमिक तहको स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन
C. सिफारिस भई आउने नयाँ शिक्षकको पदस्थापना
D. विद्यालयमा कक्षा वा तह थपको अनुमति
८. विद्यालय वा कक्षाकोठामा शिक्षकले गर्ने कार्यमूलक अनुसन्धानको मुख्य उद्देश्य के हो ?
A. ज्ञान निर्माण गर्नु
B. समाङ्गीकृत नतिजा निकाल्नु
C. विद्यार्थीको सिकाइमा सुधार ल्याउनु
D. शिक्षण सिकाइमा सुधार ल्याउनु
९. सोलहौँ योजना (२०८१/८२-२०८५/८६) को अन्तमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ ?
A. १२%
B. १५%
C. १७%
D. २०%
१०. तलका आकृतिहरूलाई विचार गर्नुहोस् र सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
१. आयत (Rectangle)
२. त्रिभुज (Triangle)
३. वृत्त (Circle)
४. वर्ग (Square)
माथि दिइएकामध्ये कुन कुन आकृति एउटै समूहमा पर्दछन् ? उक्त दिइएका विकल्पहरूबाट सही उत्तर छान्नुहोस् :
A. १, २ र ३
B. १, २ र ४
C. १, ३ र ४
D. २, ३ र ४
११. Choose the word which is different from the rest:
A. Rigveda
B. Yajurveda
C. Atharvaveda
D. Ayurveda
१२. जेनेरेसन जेड (Gen-Z) भन्नाले कुन अवधिमा जन्मिएका पुस्तालाई चिनिन्छ ?
A. सन् १९९७ देखि २०१३ सम्म
B. सन् १९९७ देखि २०१४ सम्म
C. सन् १९९७ देखि २०१२ सम्म
D. सन् १९९८ देखि २०१२ सम्म
१३. बाह्र बण्ड र अठार खण्डको क्षेत्रका रूपमा चिनिने नेपालको प्रसिद्ध पर्यटकीय स्थल तल दिइएकामध्ये कुनचाहिँ हो ?
A. खप्तड
B. रामारोशन
C. शैलुङ
D. ढोरपाटन
१४. कुनै निश्चित कोडमा "PAPER" लाई "QCSIW" लेखिन्छ भने सोही कोडमा "GLASS" लाई कसरी लेखिन्छ ?
A. HNDWW
B. HNDVW
C. HNDWX
D. HNDXX
१५. शैक्षणिक योजना निर्माण गर्दा तलको कुन पक्ष सबैभन्दा महत्वपूर्ण मानिन्छ ?
A. कक्षाकोठा व्यवस्थापन
B. बालबालिकाको रुचि, स्तर र मनोविज्ञान
C. पाठ वा विषयवस्तुको प्रकृति
D. पाठ्यक्रमको उद्देश्य
१६. विश्वव्यापी घटनाक्रमलाई हेर्दा तलकामध्ये नमिल्ने कुरा कुन हो ?
A. भूराजनीतिक तनावका कारण विश्वव्यापी रूपमै इन्धन र खाद्य आपूर्ति शृङ्खलामा प्रभाव परेको छ ।
B. जलवायु परिवर्तनका कारण मौसमी तथा बेमौसमी घटनाहरू (बाढी, पहिरो र खडेरी) मा बढोत्तरी भएको छ ।
C. बढ्दो प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (AI) का कारण विश्वभर समस्याै समस्या सिर्जना भएका छन् ।
D. प्रकृतिको उच्चतम दोहनबाट सिर्जित घटनाक्रम, महामारी, नयाँनयाँ भाइरसबाट मानव र जीवजगत आक्रान्त बन्ने गरेको छ ।
१७. विद्यालय तहमा प्रयोग गरिने सन्दर्भ सामग्रीको स्वीकृति कसले गर्दछ ?
A. स्थानीय तह
B. शिक्षा विकास तथा समन्वय एकाइ
C. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्
D. पाठ्यक्रम विकास केन्द्र
१८. शिक्षा ऐन, २०२८ को दफा ६ बमोजिम माध्यमिक शिक्षालाई कति प्रकारमा वर्गीकरण गरिएको छ ?
A. १ (एक)
B. २ (दुई)
C. ३ (तीन)
D. ४ (चार)
१९. पृथ्वीको समुद्री ज्वारभाटा के कारणले फुट्दछ ?
A. चन्द्रमाको गतिका कारण
B. सौर्यमण्डलको गतिका कारण
C. चन्द्रसूर्यको गतिका कारण
D. पृथ्वी र सूर्यको गतिका कारण
२०. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार विद्यालय शिक्षाको दृष्टिकोण तलकामध्ये कुन हो ?
A. राष्ट्र र राष्ट्रियताको प्रवर्धनका लागि सचेत नागरिकको जिम्मेवारी वहन
B. समाजवादउन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम र प्रतिस्पर्धी नागरिक विकास
C. समाजवादउन्मुख न्यायमा आधारित दिगो विकासका लागि नागरिक विकास
D. सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका निम्ति आवश्यक मानव संसाधनको विकास
२१. अनलाइन कक्षा सञ्चालनमा विद्यार्थीको उपस्थिति र गृहकार्य सङ्कलन गर्न कुन सफ्टवेयर टुल्स प्रयोग गर्नुहुन्छ ?
A. Google Forms & LMS
B. YouTube
C. Photoshop
D. MS Word
२२. शिक्षक सेवालाई समावेशी बनाउनका लागि शिक्षक सेवा आयोग नियमावली, २०५७ मा "पिछाडिएको क्षेत्र" अन्तर्गत कतिवटा जिल्लालाई राखिएको छ ?
A. १० (दश)
B. ९ (नौ)
C. ८ (आठ)
D. ७ (सात)
२३. सिकाइको स्थानान्तरण भनेको के हो ?
A. एक अवस्थामा सिकेको ज्ञान, सिप, अनुभव अर्को नयाँ परिस्थितिमा उपयोग गर्ने कार्य
B. कुनै पनि अवस्थामा सिकाइमा प्रतिक्रियाको दर बढाउने वा घटाउने कार्य
C. सिकारूलाई कुनै काम गर्न उत्साहित र उत्प्रेरित गर्ने कार्य
D. सिकारूलाई कुनै काम बारम्बार गर्न प्रोत्साहित गर्ने कार्य
२४. A, B and C can do a piece of work in 20, 30 and 60 days respectively. In how many days can A do the work if he is assisted by B and C on every third day ?
A. 12 days
B. 15 days
C. 16 days
D. 18 days
२५. विश्वसनीयता परीक्षणका विधिहरूमध्ये परीक्षण-पुनःपरीक्षण विधिको फाइदा अन्तर्गत नपर्ने भनाइ छुट्ट्याउनुहोस् ।
A. यो Speed test मा उपयोगी मानिन्छ
B. यो Popular test का लागि उपयोगी हुन्छ
C. यसका लागि समय कम लाग्छ
D. परिपक्वताको तह एउटै हुँदा विश्वसनीयतामा असर गर्छ
२६. नेपालमा वि.सं.१९६२ मा सुरु भएको श्रेस्ता पाठशालामा दिइने शिक्षाको मुख्य उद्देश्य के थियो ?
A. कर्मकाण्ड गर्ने व्यक्ति तयार गर्नु
B. व्यवसायको हरहिसाब राख्ने व्यक्ति तयार गर्नु
C. अङ्ग्रेजीमा सञ्चार गर्न सक्ने व्यक्ति तयार गर्नु
D. सरकारी अड्डामा काम गर्ने कर्मचारी तयार गर्नु
२७. ग्याग्ने (Gagne) को तहगत सिकाइअन्तर्गतका तहहरूको ठीक क्रम तल उल्लेख भएकामध्ये कुनचाहिँ हो ?
A. धारणा सिकाइ, साङ्केतिक सिकाइ, शाब्दिक सहकार्य सिकाइ र शृङ्खलाबद्ध सिकाइ
B. साङ्केतिक सिकाइ, शाब्दिक सहकार्य सिकाइ, शृङ्खलाबद्ध सिकाइ र धारणा सिकाइ
C. साङ्केतिक सिकाइ, शृङ्खलाबद्ध सिकाइ, शाब्दिक सहकार्य सिकाइ र धारणा सिकाइ
D. धारणा सिकाइ, शाब्दिक सहकार्य सिकाइ, शृङ्खलाबद्ध सिकाइ र साङ्केतिक सिकाइ
२८. तल दिइएको क्रममा कुन सङ्ख्या गलत छ ?
१९०, १६६, १४५, १२८, ११२, १००, ९१
A. १६६
B. १४५
C. १२८
D. ११२
२९. कुन ग्रहलाई 'बिहानीको तारा' वा 'साँझको तारा' भनेर चिनिन्छ ?
A. बुध
B. शुक्र
C. मङ्गल
D. बृहस्पति
३०. Stealing ideas or content creations of others is called:
A. Intellectual Property Rights violation
B. Piracy
C. Plagiarism
D. All of above
३१. नेपालको देशान्तर विस्तार कति छ ?
A. ८०°४' देखि ८८°१२' पूर्व
B. ८१°४' देखि ८९°१२' पूर्व
C. ७९°१५' देखि ८९°४' पूर्व
D. ८२°१२' देखि ९०°४' पूर्व
३२. मल्लकालीन प्रशासनमा 'पञ्चसमुच्चय' ले के बुझाउँछ ?
A. पाँच प्रकारका कर
B. पाँच किसिमका फौजदारी अपराध
C. पाँचजना मन्त्रीहरूको समूह
D. पाँच शहरको सङ्घ
३३. तलको समानता (Analogy) पूरा गर्नुहोस्:
Fragile: Breakable:: Authentic ?
A. Genuine
B. Fake
C. Expensive
D. Old
३४. नेपालको संविधानअनुसार कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक तलकामध्ये कसलाई हुनेछ ?
A. अपाङ्गता भएका नागरिक
B. आर्थिक रूपले विपन्न नागरिक
C. दलित विद्यार्थी
D. माथिका सबै
३५. दिगो विकासका १७ वटा लक्ष्यहरूमध्ये कतिऔँ लक्ष्य "सबैका लागि स्वस्थ जीवनको सुनिश्चितता" सँग सम्बन्धित छ ?
A. लक्ष्य नं २
B. लक्ष्य नं ३
C. लक्ष्य नं ५
D. लक्ष्य नं ७
३६. जलवायु परिवर्तनसँग सम्बन्धित तलका बुँदा अध्ययन गर्नुहोस् :
१. नेपालले विश्वको कुल हरित गृह ग्यास उत्सर्जनमा ०.०२७% भन्दा कम योगदान गर्दछ ।
२. नेपालले सन् २०४५ सम्म नेट जिरो (Net zero) कार्बन उत्सर्जनको लक्ष्य राखेको छ ।
३. पेरिस सम्झौताअनुसार तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य छ ।
माथिकामध्ये कुन कथन सही हो ?
A. १ र २ मात्र
B. २ र ३ मात्र
C. १ र ३ मात्र
D. १, २ र ३ सबै
३७. Which of the following methods incorporates text, sound, graphics, photos, videos etc.?
A. Drills
B. Tutorials
C. Multimedia presentations
D. Games
३८. एक व्यक्तिले एउटा सामान १०% नाफामा बेच्छन् । यदि उनले सो सामान १०% कम मूल्यमा किनेर रू.३५ बढीमा बेचेको भए उनलाई ३०% नाफा हुने थियो भने सो सामानको खरिद मूल्य पत्ता लगाउनुहोस् ।
A. रू. ५००
B. रू. ४५०
C. रू. ३५०
D. रू. ३००
३९. विश्वको सबैभन्दा बढी समय क्षेत्र (Time zones) भएको देश कुन हो ?
A. संयुक्त राज्य अमेरिका
B. रुस
C. फ्रान्स
D. चीन
४०. तलकामध्ये कुनचाहिँ मुलुक SAARC र BIMSTEC दुवैको सदस्य रहेको छ ?
A. श्रीलंका
B. पाकिस्तान
C. अफगानिस्तान
D. माल्दिभ्स
४१. 'पाता मेला' नामक पर्व नेपालमा कुन जातिले मनाउने प्रचलन रही आएको छ ?
A. चेपाङ
B. जिरेल
C. थामी
D. सतार
४२. उत्तेजना र प्रतिक्रियाबिच सम्बन्ध स्थापना गरी सिकाइ गर्नका लागि निरन्तर अभ्यासको अवसर प्रदान गर्नुपर्ने कुरा कुन सिकाइ सिद्धान्तले गर्दछ ?
A. शास्त्रीय सम्बन्ध प्रत्यावर्तन
B. क्रियापरक सम्बन्ध प्रत्यावर्तन
C. प्रयत्न र भूल सिकाइ सिद्धान्त
D. अन्तरदृष्टिपूर्ण सिकाइ
४३. संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को निर्णयअनुसार नेपाल कुन मितिमा अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदैछ ?
A. नोभेम्बर २१, २०२६
B. नोभेम्बर २४, २०२६
C. डिसेम्बर १०, २०२६
D. डिसेम्बर ३१, २०२६
४४. महामारी वा अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण विद्यालयको शैक्षिक सत्र परिवर्तन गर्नुपर्दा कसले गर्न सक्ने व्यवस्था शिक्षा नियमावली, २०५९ मा रहेको छ ?
A. स्थानीय तह
B. शिक्षा विकास तथा समन्वय एकाइ
C. नेपाल सरकार, मन्त्रिपरिषद्
D. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
४५. शिक्षण सिकाइमा समस्या समाधान विधिको पहिलो चरण कुन हो ?
A. समस्याको विश्लेषण
B. विकल्पहरूको पहिचान
C. समस्या पहिचान
D. विकल्पको परीक्षण
४६. तलकामध्ये कुनचाहिँ राष्ट्रिय गौरवका आयोजना निर्धारणको आधार होइन ?
A. विकासको राष्ट्रिय प्राथमिकता र रणनीतिको विषय क्षेत्रभित्र परेको
B. लागत रकम कम्तीमा पचास करोड रूपैयाँ भएको
C. आयोजना सञ्चालनबाट राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउने
D. सामाजिक रूपान्तरण तथा मानव विकासमा सकारात्मक प्रभाव पार्ने
४७. The ratio between the speeds of two trains is 7: 8. If the second train runs 400 km. in 4 hours, then the speed of the first train is:
A. 87.5 km./hr
B. 84 km./hr
C. 75 km./hr
D. 70 km./hr
४८. नेपालको इतिहासमा संविधान सभाबारे कुन भनाइ सही छैन ?
A. पहिलो संविधान सभाको निर्वाचन २०६४ चैत्र २८ गते भएको थियो ।
B. दोस्रो संविधान सभाको निर्वाचन २०७० मङ्सिर ४ गते भएको थियो ।
C. संविधान सभाका सबै सदस्य जनताबाट प्रत्यक्ष निर्वाचित थिए ।
D. संविधान सभाको गठन ६०१ जना सदस्यबाट भएको थियो ।
४९. आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि मार्फत मानव केन्द्रित नैतिक र समृद्ध नेपाल निर्माण गर्ने दूरदृष्टिसहित नेपाल सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई) नीति कहिले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ?
A. वि.सं.२०७९
B. वि.सं.२०८०
C. वि.सं.२०८१
D. वि.सं.२०८२
५०. सदाबहार कोणधारी जङ्गल भन्नाले कस्तो भू-धरातलका वनस्पतिलाई बुझाउँछ ?
A. ६०० मिटरदेखि १२०० मिटरसम्मको उचाइमा पाइने वनस्पति
B. १२०० मिटरदेखि २१०० मिटरसम्मको उचाइमा पाइने वनस्पति
C. २१०१ मिटरदेखि ३३५० मिटरसम्मको उचाइमा पाइने वनस्पति
D. ३५०१ मिटरदेखि ५००० मिटरसम्मको उचाइमा पाइने वनस्पति
Back