माध्यमिक तह प्रथम पत्र २०८१-१२-१६

शिक्षक सेवा आयोग
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)-२०८१
तह : माध्यमिक
समय : १ घण्टा
पूर्णाङ्क : १००
उत्तीर्णाङ्क : ५०
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ । गलत उत्तर लेखेमा प्रत्येक गलत उत्तर बापत बीस प्रतिशत अङ्क कट्टा हुनेछ । तर कुनै पनि उत्तर नदिएको प्रश्नको हकमा अङ्क कट्टा हुने छैन ।
१. Slide show सुरु गर्न कुन Shortcut Key प्रयोग गरिन्छ ?
A. F1
B. F5
C. Ctrl+D
D. Shift+F5
२. संयुक्त राष्ट्रसङ्घको साधारण सभाले कुन निकायको सिफारिसमा कुनै राष्ट्रको सदस्यता निलम्बन गर्न सक्ने प्रावधान रहेको छ ?
A. सुरक्षा परिषद्
B. आर्थिक तथा सामाजिक परिषद्
C. अन्तर्राष्ट्रिय न्यायालय
D. सचिवालय
३. विद्यालय तहको कक्षा १-३ मा एकीकृत पाठ्यक्रम कार्यान्वयनमा आएको छ । यसलाई कार्यान्वयनमा ल्याउनका लागि तलकामध्ये कुन दस्तावेजले मार्गनिर्देश गरेको छ ?
A. राष्ट्रिय शिक्षा नीति, २०७६
B. शिक्षाको सोचपत्र, २०७९
C. आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा १-३), २०७६
D. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६
४. किशोरावस्थामा प्रवेश गरेपछि व्यक्ति सामाजिक रूपमा सचेत र आफ्ना साथीहरूको धारणाप्रति पनि बढी नै संवेदनशील भई आफूलाई समाजमा कसरी प्रस्तुत गर्ने भनी ध्यान दिन थाल्छ भने यस्तो परिवर्तन कुन मनोवैज्ञानिक विकास सिद्धान्तसँग बढी सम्बन्धित छ ?
A. संज्ञानात्मक विकास सिद्धान्त
B. मनोवैज्ञानिक सिद्धान्त
C. व्यावहारिक सिद्धान्त
D. मनोसामाजिक विकास सिद्धान्त
५. विश्वमा पहिलोपटक कोभिड-१९ विरुद्धको खोप कुन देशले विकास गरेको थियो ?
A. अमेरिका
B. चीन
C. रुस
D. बेलायत
६. पृथ्वीको भूमध्यरेखीय व्यासको लम्बाइ कति रहेको छ ?
A. १२,७१४ कि.मी.
B. १२,७५६ कि.मी.
C. २०,७१४ कि.मी.
D. ३२,७५६ कि.मी.
७. हर्बलको नियमानुसार कुनै ग्यालेक्सीको पृथ्वीबाट टाढिने गति कसरी परिवर्तन हुन्छ ?
A. दूरी बढेसँगै गति बढ्छ ।
B. दूरी बढेसँगै गति घट्छ ।
C. दूरी बढेसँगै गति स्थिर रहन्छ ।
D. दूरी घट्ने तथा बढ्ने प्रक्रियाको कुनै असर हुँदैन ।
८. युरोप महादेशमा पर्ने पर्वत शृङ्खला कुन हो ?
A. एन्डिज (Andes)
B. एटलास (Atlas)
C. एल्पस (Alps)
D. काराकोरम (Karakoram)
९. तल दिइएका देश र सो देशको पुरानो नामको जोडीबाट नमिल्ने जोडी छान्नुहोस् ।
A. बुर्किनाफासो: अपरभोल्टा
B. इराक: मेसोपोटामिया
C. स्वाटिनी: स्वाजील्यान्ड
D. तान्जानिया: आयर
१०. तलकामध्ये कुन नेपालको पहाडी प्रदेशसँग सम्बन्धित वाक्य होइन ?
A. नेपालको कुल क्षेत्रफलको ६८% भूभाग ओगटेको छ ।
B. यो क्षेत्र अल्पाइन र आर्कटिक जलवायु क्षेत्र अन्तर्गत पर्छ ।
C. ६०१ मी. देखि ३३०० मी. सम्मको उचाइमा पर्दछ ।
D. ७६ कि.मी. देखि १२८ कि.मी. सम्मको चौडाइमा फैलिएको छ ।
११. नेपालको संविधानमा आधारभूत तहको शिक्षाका सम्बन्धमा के व्यवस्था गरिएको छ ?
A. आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुनेछ ।
B. आधारभूत तहसम्मको शिक्षा अनिवार्य हुनेछ ।
C. आधारभूत तहसम्मको शिक्षा निःशुल्क हुनेछ ।
D. आधारभूत तहसम्मको शिक्षा सशुल्क हुनेछ ।
१२. दिइएका यन्त्रहरूमध्ये सूर्य किरण नाप्न कुन यन्त्र प्रयोग गरिन्छ ?
A. Monometer
B. Photometer
C. Pyrheliometer
D. Colorimeter
१३. What is the primary function of the Central Processing Unit (CPU) in a computer?
A. To manage and store data permanently
B. To provide network connectivity
C. To display information to the user
D. To perform calculations and execute instructions
१४. मूल्याङ्कनका प्रक्रियामा विद्यार्थीको आचरण तथा व्यवहारको समेत अवलोकन गरी अभिलेख कायम गर्दा उसको सिकाइको कठिनाइ र सहजता थाहा पाई सहजीकरण गर्न सहज हुन्छ । यस्तो महत्वपूर्ण व्यवहार र कामको अभिलेखलाई के भनिन्छ ?
A. वृत्तिमार्ग अभिलेख
B. घटनावृत्त अभिलेख
C. व्यक्तिगत अभिलेख
D. सञ्चित अभिलेख
१५. शिक्षा नियमावली, २०५९ (संशोधनसहित) ले प्राथमिक विद्यालयमा महिला शिक्षकको पद रहने व्यवस्था गरेअनुसार तल दिइएकामध्ये कुन विकल्प सही हो ?
A. सात जनासम्म शिक्षक दरबन्दी भए कम्तीमा तीन जना महिला शिक्षक
B. तीन जनासम्म शिक्षक दरबन्दी भए कम्तीमा एक जना महिला शिक्षक
C. सात जनाभन्दा बढी शिक्षक दरबन्दी भए कम्तीमा चारजना महिला शिक्षक
D. पाँच जनासम्म शिक्षक दरबन्दी भए कम्तीमा दुई जना महिला शिक्षक
१६. किलोग्रामको ३/४ भाग बराबर कति ग्राम हुन्छ ?
A. २५० ग्राम
B. २०० ग्राम
C. ५०० ग्राम
D. ७५० ग्राम
१७. Which one will replace the question mark ?
A2C4E6
G3I5?
M5O9Q14
A. L10
B. K15
C. I15
D. K8
१८. सामानीकरण गर्न सकिने सिद्धान्तको विकास गर्न कुन अनुसन्धान सबैभन्दा बढी उपयुक्त हुन्छ ?
A. प्रायोगिक अनुसन्धान
B. आधारभूत अनुसन्धान
C. घटना अध्ययन
D. कार्यमूलक अनुसन्धान
१९. तल दिइएकामध्ये अन्य भन्दा फरक छान्नुहोस् ।
मकै, फापर, तोरी, गहुँ
A. तोरी
B. मकै
C. फापर
D. गहुँ
२०. एउटा घनाकार वस्तुको सबै सतहमा रङ लगाएर २७ वटा उस्तै साइजका घनाकार टुक्रा बनाउँदा तीनवटा सतहमा रङ लागेका घनाकार टुक्राहरू कतिवटा हुन्छन् ?
A. १ वटा
B. ४ वटा
C. ८ वटा
D. १२ वटा
२१. नेपालको संविधानमा राज्यको आर्थिक उद्देश्य अन्तर्गत के उल्लेख गरिएको छ ?
A. श्रमको सम्मान तथा उद्यमशीलता
B. स्थानीय स्वायत्तता र विकेन्द्रीकरण
C. सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास
D. जनताको सर्वोत्तम हित र समुन्नति
२२. "सुशासन, सामाजिक न्याय र समृद्धि" लाई चालु सोह्रौँ योजनाले राखेको सोच, लक्ष्य, उद्देश्य र रणनीतिमध्ये कुन रूपमा अङ्गीकार गरिएको छ ?
A. सोच
B. उद्देश्य
C. रणनीति
D. लक्ष्य
२३. नेपालले आफ्नो वैदेशिक आयस्रोत बढाउन र विप्रेषण माथिको निर्भरता कम गर्न तलकामध्ये कुन रणनीति अङ्गीकार गर्नु सबैभन्दा उपयुक्त हुनसक्छ ?
A. घरेलु बजारमा उत्पादन वृद्धि गर्नु
B. वैदेशिक सहायतामा निर्भरता बढाउनु
C. कृषि उत्पादनमा वृद्धि र त्यसको निर्यात प्रवर्धन गर्नु
D. सबै क्षेत्रमा आयात बढाउनु
२४. देहायकामध्ये कुन दिगो विकासको लक्ष्यहरू अन्तर्गत पर्दैन ?
A. देशभित्र तथा देशहरूबिचको असमानता घटाउने,
B. दिगो उत्पादन र उपभोगका ढाँचाहरू सुनिश्चित गर्ने,
C. शहर र मानव बस्तीलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने,
D. अतिकम विकसित देशबाट स्तरोन्नति गर्ने ।
२५. नेपालको राष्ट्रिय बजेटमा जलवायु सङ्केत (Climate Code) को अभ्यास कुन आर्थिक वर्षदेखि हुँदै आएको छ ?
A. आ.व. २०६८/२०६९
B. आ.व. २०७०/२०७१
C. आ.व. २०७२/२०७३
D. आ.व. २०७४/२०७५
२६. Choose the word which is synonym to the given word: "MORAL"
A. Ethical
B. Divine
C. Spiritual
D. Eternal
२७. शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार आधारभूत शिक्षाको परिभाषा तल दिइएकामध्ये कुन हो ?
A. प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्मको शिक्षा
B. प्रारम्भिक बाल शिक्षादेखि कक्षा ८ सम्मको शिक्षा
C. कक्षा १ देखि कक्षा ३ सम्मको शिक्षा
D. कक्षा १ देखि कक्षा ८ सम्मको शिक्षा
२८. CBT stands for ...
A. Central Basic Training
B. Computer Basic Test
C. Computer Based Training
D. None of the above
२९. परीक्षामा विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्कमा एकरूपता कायम रहने गरी उसको भाषा शैली समेतको लेखाजोखा गर्न कुन प्रकारको प्रश्न प्रयोग गर्नु पर्दछ ?
A. छोटो उत्तर आउने
B. खाली ठाउँ भर्ने
C. निबन्धात्मक
D. बहुवैकल्पिक
३०. मानव विकासमा आनुपातिक परिवर्तन भन्नाले तलकामध्ये कुन कुरा बुझाउँछ ?
A. पुरानो स्वरूप हराउँदै जाने र नयाँ स्वरूपले स्थान लिने परिवर्तन,
B. शारीरिक पक्षहरूको अनुपातमा आउने परिवर्तन,
C. शारीरिक र मानसिक दुवै पक्षको अनुपातमा आउने परिवर्तन,
D. मानसिक र संवेगात्मक दुवै पक्षको अनुपातमा आउने परिवर्तन ।
३१. डोल्पा जिल्लामा अवस्थित नेपालको सबभन्दा गहिरो ताल शे-फोक्सुण्डो तालको स्थानीय नाम के हो ?
A. रिग्म
B. सुलिगाड
C. काक्चे
D. तिरिधो
३२. बस्तीको तहगत वर्गीकरण (Hierarchical Classification) को आधारमा तराई क्षेत्रका ग्रामीण बस्तीमा बसोबास गर्ने जनसङ्ख्याको लागि केलाई "सेवा केन्द्र" (Service Center) मानिन्छ ?
A. प्रदेश राजधानी
B. गाउँपालिका
C. नगरपालिका
D. बजार केन्द्र
३३. कुमारीको रथयात्रा आरम्भ गर्ने मल्ल राजा को हुन् ?
A. प्रताप मल्ल
B. जयप्रकाश मल्ल
C. भूपतीन्द्र मल्ल
D. जयस्थिति मल्ल
३४. तलको भनाइ अध्ययन गरी सही उत्तर छान्नुहोस् ।
A. ल्होसार धार्मिक पर्व थारू जातिको पर्व हो ।
B. किसान जातिले विवाहमा बेहुलाबेहुलीलाई आँपको पात, धान र सुपारी बाँधेर बनाएको टोपी लगाइदिने गर्दछन् ।
C. घेवा तामाङ जातिको मृत्यु संस्कार क्रिया हो ।
D. प्रेम विवाह गर्ने केटाले मन पराएकी केटीलाई "साइन्मासा" दिई पठाउने चलन थारू जातिमा प्रचलित छ ।
A. A
B. B
C. C
D. D
३५. तलकामध्ये कुन नेपालको मध्यकालसँग सम्बन्धित छैन ?
A. नेवारी र मैथिली भाषा लोकप्रिय थियो ।
B. वि.सं.९३६ देखि वि.सं.१८२५ सम्मको अवधि थियो ।
C. सिमरौनगढलाई केन्द्र बनाई वरपरको क्षेत्रमा राज्य स्थापना गरिएको थियो ।
D. वर्णश्रममा आधारित जाति अनुसारको पेसा व्यवसाय अपनाउने व्यवस्था थियो ।
३६. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार सबै तहको शिक्षालाई तल दिइएकामध्ये कस्तो बनाउने लक्ष्य लिइएको छ ?
A. बालमैत्री, प्रतिस्पर्धी, जीवनोपयोगी र रोजगारमूलक
B. प्रविधिमैत्री, प्रतिस्पर्धी, रोजगारमूलक र उत्पादनमूलक
C. बालमैत्री, प्रतिस्पर्धी, उत्पादनमूलक र खोजमूलक
D. प्रविधिमैत्री, खोजमूलक, जीवनोपयोगी र समतामूलक
३७. अजरबैजानको बाकुमा सन् २०२४ नोभेम्बर ११-२२ सम्म भएको जलवायु परिवर्तनसम्बन्धी पक्षहरूको सम्मेलन कोप २९ (COP29) मा उठान भएका विषयमा नपर्ने विषय कुन हो ?
A. तापक्रम वृद्धिको लक्ष्य १.५ °C कायम गर्ने विषयलाई निरन्तरता दिने ।
B. दिगो विकासलाई पुनःपरिभाषित गर्ने ।
C. हरित ऊर्जा प्रसारण संरचना विकास गर्ने ।
D. जलवायु वित्तलाई स्थापित गर्ने ।
३८. सिकारूले सामाजिक परिवेश र व्यवहारलाई अनुकरण गरी सिक्ने प्रक्रियाको अर्थमा तलकामध्ये कुन सिकाइ सिद्धान्त पर्दछ ?
A. व्यावहारिक सिकाइ सिद्धान्त
B. सामाजिक सिकाइ सिद्धान्त
C. रचनात्मक सिकाइ सिद्धान्त
D. संज्ञानात्मक सिकाइ सिद्धान्त
३९. Which of the following is known as malicious software ?
A. Illegal war
B. Badware
C. Malicious ware
D. Malware
४०. पाठ्यक्रमको व्यापक अर्थ तलकामध्ये कुन हो ?
A. उद्देश्य प्राप्त गर्न बनाइएको शैक्षिक योजना
B. उद्देश्य प्राप्तिका लागि गरिने विशेष प्रयास
C. विद्यालयमा पठनपाठन गरिने विषयवस्तुको क्रमबद्ध सूची
D. शिक्षकले विद्यालयमा प्रदान गरिने ज्ञान
४१. बालविकासको सिद्धान्तअनुसार कुन उमेर समूहका विद्यार्थीहरूमा सास्कृतिक पूर्वाग्रहसम्बन्धी द्वन्द्व बढी देखापर्छ ?
A. किशोरावस्था
B. यौन परिपक्वताको अवस्था
C. उत्तर बाल्यावस्था
D. पूर्व बाल्यावस्था
४२. Choose the word which is different from the rest.
A. Elephant
B. Deer
C. Lion
D. Zebra
४३. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधनसहित) को दफा ११(२) को खण्ड (ञ) अनुसार स्थानीय तहको काम, कर्तव्य र अधिकारभित्र नपर्ने विषय देहायमध्ये कुन हो ?
A. विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन,
B. विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
C. शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने संस्थाहरूको अनुमति/स्वीकृति र नियमन,
D. शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास ।
४४. पाँच वर्षअघि आबुको उमेर छोराको उमेरको ५ गुणा थियो । अबको दश वर्षमा बाबुको उमेर छोराको उमेरको २.५ गुणा हुनेछ भने अहिले उनीहरूको उमेरको योग र अन्तरको अनुपात कति छ ?
A. २१:९
B. १६:९
C. १४:९
D. ११:९
४५. Two students appeared at an examination. One of them secured 9 marks more than the other and his marks was 56% of the sum of their marks. The marks obtained by them are:
A. 39,30
B. 41,32
C. 42,33
D. 43,34
४६. दक्षिण पूर्वी एसियाली राष्ट्रहरूबिच आर्थिक, सामाजिक र सांस्कृतिक सहयोगलाई प्रवर्धन गर्ने उद्देश्यले कुन संस्थाको स्थापना गरिएको थियो ?
A. SAARC
B. SAFTA
C. UNESCAP
D. ASEAN
४७. विद्यालयको पठनपाठनको क्रममा 'शिक्षण सिकाइ' भन्नाले के बुझिन्छ ?
A. कक्षाकोठामा शिक्षकले तोकिएको विषयवस्तु पढाउनु
B. शिक्षक र विद्यार्थी छलफल गर्नु
C. शिक्षक, विद्यार्थी, विषयवस्तु र वातावरणबिचको अन्तरक्रिया
D. विद्यार्थीले पढेर, सोधेर, मोबाइल हेरेर सिक्ने काम
४८. शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ११ क बमोजिम समावेशी प्रतिशत निर्धारणका लागि पिछडिएको क्षेत्रमा नपर्ने जिल्ला कुन हो ?
A. बझाङ
B. कालिकोट
C. जाजरकोट
D. दार्चुला
४९. Which of the following is a free and open-source software for creating and delivering online course ?
A. Udemy
B. edX
C. Moodle
D. Coursera
५०. कक्षाकोठामा देखिने विविधताको व्यवस्थापनलाई तलकामध्ये कुन शिक्षाले समेट्छ ?
A. समसामयिक शिक्षा
B. समावेशी शिक्षा
C. विशेष शिक्षा
D. एकीकृत शिक्षा
Back