सेट : C
नेपाल सरकार
शिक्षक सेवा आयोग
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)-२०८०
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ । गलत उत्तर लेखेमा प्रत्येक गलत उत्तर बापत बीस प्रतिशत अङ्क कट्टा हुनेछ । तर कुनै पनि उत्तर नदिएको प्रश्नको हकमा अङ्क कट्टा हुने छैन ।
१.
तल दिइएका मध्ये प्रत्येक सङ्ख्याको पहिलो र तेस्रो अङ्कको स्थान परिवर्तन गर्दा बन्ने सबैभन्दा ठूलो सङ्ख्याको बिचमा कुन अङ्क आउँछ ?
४७२ ४८७ ३४८ ७२८ ८३५
४७२ ४८७ ३४८ ७२८ ८३५
२.
गुराँस हिमशृङ्खला अन्तर्गत पर्ने हिमाल कुन हो ?
३.
तलका मध्ये कुन कथन कोहलरको सिकाइ सिद्धान्तसँग सम्बन्धित छ ?
४.
'स्टार लिङ्क' (Starlink) के सँग सम्बन्धित छ ?
५.
शिक्षा ऐन, २०२८ अनुसार नेपाल सरकारले तलका मध्ये कस्तो ठाउँमा घुम्ती विद्यालय सञ्चालन गर्न सक्ने प्रावधान छ ?
६.
सूर्यमा सबभन्दा बढी रहेको तत्त्व हाइड्रोजन हो भने दोस्रो बढी रहेको तत्त्व तलका मध्ये कुन हो ?
७.
संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ ?
८.
संयुक्त राष्ट्रसङ्घको बडापत्र कहिलेदेखि कार्यान्वयनमा आएको थियो ?
९.
एक फलफूल विक्रेताले आफूसँग भएको स्याउको ४० प्रतिशत बिक्री गर्दा ५४० स्याउ बाँकी रहे भने उनीसँग सुरुमा जम्मा कति स्याउ थिए ?
१०.
शिक्षाको वैयक्तिक कार्य तलका मध्ये कुन हो ?
११.
हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विशेषतः नवप्रवेशी शिक्षकलाई लक्षित गरी शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि, २०८० तयार पारी कार्यान्वयनमा ल्याएको छ । यसको मुख्य उद्देश्य के हो ?
१२.
सौर मण्डलको सबभन्दा ठूलो उपग्रह कुन हो ?
१३.
तलका मध्ये कुन आयोजना राष्ट्रिय गौरवको आयोजनाभित्र पर्दैन ?
१४.
नेपालको प्रमाणिक समय कुन हो ?
१५.
मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाले तलका मध्ये कुन जिल्ला समेट्दैन ?
१६.
तलका मध्ये कुनचाहिँ संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्थामा त्रिपक्षीयतामा आधारित संयन्त्र रहन्छ ?
१७.
नेपालले तलका मध्ये कुनचाहिँ देशसँग द्विपक्षीय लगानी प्रवर्धन तथा संरक्षणसम्बन्धी सम्झौता (BIPPA) गरेको छैन ?
१८.
लामो उत्तर आउने विषयगत प्रश्नको सीमितता तलका मध्ये कुन हो ?
१९.
पाठ्यक्रमको लम्बीय र समतलीय समन्वयलाई तलका मध्ये कुनले जनाउँछ ?
२०.
तल दिइएका मध्ये अन्य भन्दा फरक जीव छान्नुहोस् ।
२१.
तलका मध्ये कुन महादेशमा भू-परिवेष्ठित देश छैनन् ?
२२.
वंशावली अनुसार कुन किराँती राजाका पालामा गौतम बुद्ध काठमाडौँ आएका थिए ?
२३.
तलका मध्ये कुन आगमन विधि (Inductive Approach) को उदाहरण हो ?
२४.
The primary goal of using ICT in education is to _____________.
२५.
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले तलका मध्ये कुन विषयमा अन्य गाउँपालिका वा नगरपालिकासँग साझेदारी, सम्झौता वा संयुक्त व्यवस्थापन गर्न सक्ने प्रावधान राखिएको छ ?
२६.
नेपाल सरकार र नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौता कहिले सम्पन्न भएको थियो ?
२७.
तलका मध्ये कुन शिक्षण विधिमा विद्यार्थी सबभन्दा धेरै सक्रिय हुन्छ ?
२८.
"कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना नदिई थुनामा राखिने छैन ।" यो हक नेपालको संविधानको कुन मौलिक हक अन्तर्गत पर्दछ ?
२९.
विद्यालय शिक्षामा राम्रो पाठ्यक्रम र पाठ्यपुस्तकको आवश्यकता तथा त्यसको सही प्रयोग कुरासँग सम्बन्धित हुन्छ ?
३०.
यदि ZEBRA लाई २६५२१८१ लेख्न सकिन्छ भने COBRA लाई कसरी लेख्न सकिन्छ ?
३१.
पारिस्थितिक पद्धति (Ecosystem) सम्बन्धमा तलको कुन भनाइ सही होइन ?
३२.
दिइएको शब्दमा रहेको जस्तै समान सम्बन्ध रहने जोडी पत्ता लगाउनुहोस् ।
Mild : Severe
Mild : Severe
३३.
____________ is the smallest unit of data in a computer.
३४.
प्रचलित शिक्षक सेवा आयोग नियमावलीमा भएको व्यवस्था अनुसार शिक्षक सेवा आयोगबाट लिइने शिक्षकको खुला प्रतियोगितात्मक परीक्षाको अङ्कभार सम्बन्धमा तलका मध्ये कुन ठीक हो ?
३५.
दिइएको प्रश्न चिन्हलाई प्रतिस्थापन गर्ने विकल्प तलका मध्ये कुनचाहिँ हो ? छान्नुहोस् ।
सम्मेलन : अध्यक्ष :: पत्रिका : ?
सम्मेलन : अध्यक्ष :: पत्रिका : ?
३६.
संयुक्त राष्ट्रसङ्घीय दिगो विकासको लक्ष्य नं. ५ के विषयसँग सम्बन्धित छ ?
३७.
Which of the following is a cloud storage service used in ICT-based teaching-learning system ?
३८.
जीन पियाजेको सिकाइ सिद्धान्त (Cognitive Development Theory) लाई माध्यमिक तहको विद्यालय जाने उमेरका बालबालिकाहरूको संज्ञानात्मक विकासको हिसाबले कुन चरण वा अवस्थामा पुगेको मानिन्छ ?
३९.
कुन समुद्रको सिमानाले तीनवटा महादेशलाई छोएको छ ?
४०.
सराँये नाच कुन विषयसँग सम्बन्धित रहेको छ ?
४१.
Which technology enables real-time interaction and collaboration between teachers and students, allowing for virtual classrooms and remote learning ?
४२.
विद्यालयमा विभिन्न किसिमका द्वन्द्वहरू उत्पन्न हुन्छन् । ती द्वन्द्वहरूको व्यवस्थापन गर्ने सबभन्दा उपयुक्त तरिका कुन हो ?
४३.
दुई अङ्क A र B को अनुपात ३:५ छ । यदि २ अङ्कलाई दुवै सङ्ख्यामा जोडियो भने अनुपात २:३ हुन्छ भने B को मान कति हुन्छ ?
४४.
सही वाक्य उत्पादन गर्न P, Q, R र S लेबल गरिएका यी भागहरूलाई कुन क्रममा राख्नु पर्दछ ?
मैले एउटा विज्ञापन पढे, जसमा भनिएको थियो :
P: cosy, air conditioned
Q: gentleman of taste
R: are available for
S: fully furnished rooms
मैले एउटा विज्ञापन पढे, जसमा भनिएको थियो :
P: cosy, air conditioned
Q: gentleman of taste
R: are available for
S: fully furnished rooms
४५.
तलका मध्ये कुनचाहिँ संरक्षित क्षेत्र वन्यजन्तु आरक्ष अन्तर्गत पर्दछ ?
४६.
____________, on various circumstances, anonymize themselves to perform criminal activities.
४७.
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको जनसङ्ख्या वृद्धिदर कति रहेको छ ?
४८.
स्मृति प्रक्रियाको मुख्य उद्देश्य के हो ?
४९.
प्रचलित शिक्षा नियमावली अनुसार मान्यता तथा समकक्षता निर्धारण समितिको अध्यक्ष को हुन्छ ?
५०.
विद्यार्थीको व्यक्तित्वलाई स्व:, स्वाभिमान र अभिमान (Id, Ego and Super Ego) गरी तीन भागमा वर्गीकरण गरेर विश्लेषण गर्नुपर्दा तल दिइएका मध्ये कुन दृष्टिकोण वा अवधारणात्मक ढाँचाको सहारा लिनुपर्छ ?