नेपाल सरकार
शिक्षक सेवा आयोग
अध्यापन अनुमतिपत्र परीक्षा-२०८२
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले यस प्रश्नपत्रको दायाँतर्फ दिइएको सेट (A, B, C वा D) लाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१.
"अतिरिक्त/वैकल्पिक शिक्षण स्रोत" को समुचित व्याख्या तलकामध्ये कुन हो ?
२.
नेपालको विद्यालय शिक्षामा हाल सञ्चालित कार्यक्रममध्ये कुन कार्यक्रम शिक्षाको गुणस्तरसँग बढी सम्बन्धित छ ?
३.
विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका, २०७४ बमोजिम विद्यालय सुधार योजनाको मूल ध्येय के रहेको छ ?
४.
"Operant Conditioning" सिकाइ सिद्धान्तका प्रतिपादक को हुन् ?
५.
राष्ट्रिय शिक्षा नीति, २०७६ मा उल्लिखित "योग्यताको समकक्षता, गतिशीलता र पारगम्यता सुनिश्चित गर्दै राष्ट्रिय योग्यता प्रारूपमा आधारित शिक्षा प्रणालीको विकास गर्नु" तलकामध्ये कुन हो ?
६.
तलकामध्ये कुन वाक्यले द्वन्द्वप्रतिको आधुनिक अवधारणालाई प्रतिविम्बित गर्दछ ?
७.
Vygotsky को रचनात्मक सिकाइ सिद्धान्तमा सम्भाव्य विकासको क्षेत्र (ZPD) को अवधारणाले के बताउँछ ?
८.
शिक्षकको शैक्षिक सुपरिवेक्षण गर्ने पहिलो सुपरिवेक्षक को हो ?
९.
गुणस्तरीय शिक्षा भन्नाले मुख्य गरेर तलकामध्ये कुनलाई बुझाउँछ ?
१०.
शिक्षकलाई प्रत्येक विद्यार्थीको हरेक विषयमा सिकाइ उपलब्धि थाहा हुने, शिक्षकमा कक्षागत जिम्मेवारी बोध हुने, विषयगत ज्ञान र सिपलाई एकीकृत गरी सिकाउन सकिने, सिकाउने समय तालिकामा लचिलोपन ल्याउन सकिने जस्ता पक्षहरू समेटिने शैक्षणिक व्यवस्था कुन हो ?
११.
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले समेट्ने पाठ्यक्रम विकासका सैद्धान्तिक आधार तलकामध्ये कुन होइन ?
१२.
शैक्षणिक योजनाको अङ्गमा नपर्ने विषय तलकामध्ये कुनचाहिं हो ?
१३.
सिकाइको स्व-नियन्त्रणसँग सम्बन्धित मापनको मान्यता कुन हो ?
१४.
कक्षा कोठाको शिक्षण सिकाइमा अनुसन्धानको उपादेयता के हो ?
१५.
डिजिटल सिकाइ सामग्री छनोटका लागि सर्वोत्तम मापदण्ड-समूह कुन हो ?
१६.
रूपान्तरणमुखी नेतृत्व (Transformational Leadership) को विशेषता कुन हो ?
१७.
शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट हुने विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणले शिक्षाको गुणस्तर विकासमा कसरी सहयोग गर्न सक्छ ?
१८.
शिक्षा नियमावली, २०५९ मा उल्लेख भए अनुसार सामुदायिक विद्यालयको सामाजिक परीक्षण गर्नुको मुख्य उद्देश्य कुन हो ?
१९.
तलकामध्ये कुन वाक्य समावेशी शिक्षाको मान्यता वा अवधारणा होइन ?
२०.
तलकामध्ये कुनचाहिं भनाइले नेपालको संविधानको धारा ३१ मा उल्लेख भए बमोजिम शिक्षासम्बन्धी हकको व्यवस्थालाई सही रूपले प्रतिविम्बित गर्दछ ?
२१.
विद्यार्थीको नियमित उपस्थितिको अध्ययनमा अनुसन्धानकर्ताले प्रयोग गर्ने विद्यार्थीको हाजिरी विवरण कस्तो तथ्याङ्क हो ?
२२.
कक्षा १० मा अध्ययन गर्ने ३० जना विद्यार्थीहरूमध्ये जम्मा १२ जना छात्राहरू छन् भने छात्राहरूको प्रतिशत कति हुन्छ ?
२३.
दिइएको भनाइ (S) र कारण (R) को आधारमा उत्तर दिनुहोस् -
भनाइ (S): निरन्तर र बृहत् मूल्याङ्कनले विद्यार्थीको सर्वाङ्गीण विकासलाई जोड दिन्छ ।
कारण (R): विद्यार्थीको सबै पक्षहरूको विकासको लागि निरन्तर र बृहत् मूल्याङ्कन प्रक्रियामा निर्माणात्मक र निर्णयात्मक दुवै मूल्याङ्कनलाई समावेश गरिन्छ ।
२४.
तलकामध्ये कुन कथनले विद्यार्थी केन्द्रित शिक्षण विधिको सारलाई समेट्छ ?
२५.
शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा जारी नमुना गुनासो सुनुवाइ कार्यविधि, २०७४ अनुसार प्रत्येक विद्यालयमा रहने गुनासो सुनुवाइ समितिमा प्रधानाध्यापकको भूमिका कुन रूपमा रहन्छ ?
२६.
इन्चोन घोषणापत्र (Incheon Declaration), २०१५ मा सहभागी राष्ट्रहरूले शिक्षा क्षेत्रमा सार्वजनिक खर्च कति प्रतिशतसम्म बढाउन प्रतिबद्धता जनाएका छन् ?
२७.
शिक्षाले विद्यार्थीलाई सामाजिकीकरणका लागि सघाउनु पर्छ भनिन्छ । यहाँ सामाजिकीकरणले तलकामध्ये मुख्यतः कुन कुरालाई इङ्गित गर्दछ ?
२८.
शिक्षकको पेसागत विकासका लागि नेपालमा पछिल्लो समय सुरु गरिएको शिक्षक मेन्टरिङसम्बन्धी व्यवस्था तलकामध्ये कुनचाहिं हो ?
२९.
शिक्षकहरूले आफ्नो नेतृत्व क्षमता विकास गर्नका लागि सबैभन्दा प्रभावकारी तरिका कुन हो ?
३०.
प्रधानाध्यापकले विद्यालयमा "सहभागितामूलक योजना (Participatory Planning)" को पक्षलाई सम्बोधन गरेका छन् भन्ने कुरालाई कुन कथनले सही प्रतिनिधित्व गर्दछ ?
३१.
पाठ्यक्रम कार्यान्वयनको सन्दर्भमा सिकाइको लागि मूल्याङ्कन (Assessment for Learning) को प्राथमिक लक्ष्य कुन हो ?
३२.
परियोजना कार्य (Project Work) मा आधारित सिकाइको सबैभन्दा महत्वपूर्ण फाइदा कुन हो ?
३३.
दिइएको भिन्नहरूको घट्दो क्रम कुन ठीक छ ?
५/६, ३/४, ५/८, २/३
३४.
विद्यालय शिक्षामा प्रयोग भइरहेको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) मा तल दिइएकामध्ये कुन विवरण कम मात्रामा समावेश गरिएको छ ?
३५.
विशिष्टीकरण तालिका प्रयोग भएको छ भन्ने कुरा तलको कुन कथनले उपयुक्त रूपमा दर्शाउँछ ?
३६.
प्राचीन कालमा नेपालले भोट पठाएका शील वर्मा कुन विहारका विद्वान थिए ?
३७.
सामाजिक निर्माणवाद अनुसार सिकाइ प्रभावकारी बनाउन तलकामध्ये सबैभन्दा महत्वपूर्ण तत्व कुन हो ?
३८.
तलकामध्ये कुन वाक्य बालमैत्री शिक्षाको अवधारणासँग मिल्दोजुल्दो छ ?
३९.
शिक्षक सक्षमता प्रारूप, २०७२ अनुसार सिकारूहरूको शिक्षण सिकाइमा सहभागिता र शैक्षिक उपलब्धि लगायतका विषयको अभिलेखन तथा सहयोगका लागि अभिभावकसँग छलफल र परामर्श गर्ने विषय देहायको कुन सक्षमता भित्र पर्दछ ?
४०.
तलकामध्ये कुन संयोजनले "शैक्षिक सुशासन" को मूल्य मान्यतालाई सही रूपमा प्रतिविम्बित गर्छ ?
४१.
शिक्षण पद्धतिमा अनुसन्धानलाई महत्वपूर्ण पक्ष मानिन्छ । अनुसन्धानका धेरै प्रकार र स्वरूप हुन्छन् । ती मध्ये शिक्षण सिकाइ प्रक्रियामा अभिन्न अङ्गको रूपमा तलकामध्ये कुनलाई लिन सकिन्छ ?
४२.
तल दिइएको अङ्क शृङ्खलामा छुटेका दुई सङ्ख्या पत्ता लगाउनुहोस् ।
२, ५, ११, २३, ... , ...
४३.
परीक्षणमा विश्वसनीयता' तलकामध्ये कुन विषयसँग सम्बन्धित रहन्छ ?
४४.
समूहगत सिकाइ कार्यान्वयनको आरम्भमा कुन कार्य आवश्यक हुन्छ ?
४५.
मिश्रित सिकाइ (Blended learning) को यथार्थपरक परिभाषा कुन हो ?
४६.
नेपालको विद्यमान पाठ्यक्रमले विद्यार्थीलाई व्यवहारकुशल सिपहरू (Soft Skill) सिक्ने अवसर दिनुपर्ने कुरा उल्लेख गरेको छ । विद्यालयमा यस्ता सिपहरूको सिकाइ कसरी गर्नुपर्ला ?
४७.
सहयोगात्मक सिकाइको महत्वपूर्ण विशेषता कुन हो ?
४८.
पाठ्यक्रम विकासको सन्दर्भमा बृहत्, एकीकृत र सान्दर्भिक ज्ञान (Broad, integrated, and relevant knowledge) प्रदान गर्नको लागि सबैभन्दा महत्वपूर्ण सिद्धान्त कुन हो ?
४९.
रूब्रिक (Rubric) को सर्वोत्तम व्याख्या कुन हो ?
५०.
एउटा विद्यालयले शिक्षक र विद्यार्थीको अन्तरक्रिया, गृहकार्यको अभिलेख लगायत सिकाइका विषयवस्तुलाई व्यवस्थित गर्न तलकामध्ये कुन सफ्टवेयरको प्रयोग गर्नु सबैभन्दा उपयुक्त हुन्छ ?
****