नेपाल सरकार
शिक्षक सेवा आयोग
अध्यापन अनुमतिपत्र परीक्षा -२०८२
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१.
यदि कुनै शिक्षकले सिकाइ सामग्री र भित्ते सामग्रीको उपयोगलाई संयोजन गरेर कक्षाकोठाको बसाइ व्यवस्थापन गर्छन् भने यसले कुन परिणाममा सबैभन्दा बढी योगदान पुऱ्याउँछ ?
२.
गुणस्तरीय शिक्षाको सूचक तलकामध्ये कुन हो ?
३.
शिक्षकको पेसागत विकास प्रारूप, २०७० अनुसार शिक्षकलाई कति अवधिको सेवा प्रवेश तालिम दिने व्यवस्था गरिएको छ ?
४.
सामाजिक निर्माणवादी (Social constructivist) सिद्धान्त प्रतिपादन गर्ने मनोवैज्ञानिक को हुन् ?
५.
राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार प्रारम्भिक बालविकास तथा शिक्षासम्बन्धी कार्यनीति कुन होइन ?
६.
तल दिइएकामध्ये कुन सामाजिक न्यायको तत्वभित्र पर्दैन ?
७.
विस्मरणका सैद्धान्तिक कारणहरूमध्ये पहिले सिकेका कुरालाई पछि सिकेका कुराले प्रभाव पार्छ र पछि सिकेका कुराले पूर्व सिकाइलाई निष्क्रिय बनाउँछ भन्ने मान्यता तलकामध्ये कुन सिद्धान्त अन्तर्गत पर्दछ ?
८.
शिक्षकको पेसागत विकासको मुख्य उद्देश्य के हो ?
९.
विद्यालयमा राखिने नागरिक बडापत्रको मुख्य उद्देश्य के हो ?
१०.
कक्षाकोठाको विविधता व्यवस्थापन गर्दा शिक्षकले तल उल्लेख भएमध्ये कुन कुरालाई कम ध्यान दिए पनि हुन्छ ?
११.
विद्यालयमा वार्षिक शैक्षणिक योजना तयार गर्ने मुख्य जिम्मेवारी कसको हुन्छ ?
१२.
तपाईंको कक्षामा केही विद्यार्थी छिटो सिक्ने र केही तुलनात्मक रूपमा विस्तारै सिक्ने छन् । यस्तो अवस्थामा विविधताको व्यवस्थापन गर्न तपाईंले अपनाउने सबैभन्दा उपयुक्त रणनीति कुन हो ?
१३.
जलवायु परिवर्तनको असरबारे पढाउन शिक्षकले विद्यार्थीलाई आफ्नो समुदाय/टोलमा गएर स्थानीय बासिन्दाहरूसँग कुरा गरी वास्तविक जानकारी सङ्कलन गर्न र प्रतिवेदन बनाउन लगाउनुभयो । यो कुन शिक्षण विधि हो ?
१४.
"प्रत्येक बालबालिकालाई प्रारम्भिक बालविकास तथा बालसहभागिताको हक हुनेछ" भन्ने व्यवस्था नेपालको संविधानमा उल्लेखित देहायका मौलिक हकहरूमध्ये कुन मौलिक हक अन्तर्गत पर्दछ ?
१५.
शिक्षकले कक्षामा मानव पाचन प्रणाली पढाउन पाठ्यपुस्तकको चित्रको सट्टा इन्टरनेटबाट खोजी गरी एउटा एनिमेटेड भिडियो देखाउनुभयो । यहाँ सूचना तथा सञ्चार प्रविधिको प्रयोगले शिक्षणमा पुऱ्याएको मुख्य फाइदा कुन हो ?
१६.
विद्यालयको सुधारका लागि विद्यालय व्यवस्थापन समितिको मुख्य जिम्मेवारी तलकामध्ये कुनचाहिँ हो ?
१७.
विद्यालय शिक्षामा नागरिक समाजको भूमिका तलकामध्ये कुनचाहिँ होइन ?
१८.
विद्यालय शिक्षामा गुणस्तर अभिवृद्धि अपेक्षित रूपमा हुन नसक्नुको मुख्य कारण तलकामध्ये कुन हो ?
१९.
नेपालको संविधानको धारा ३१ मा उल्लेखित मौलिक हक अन्तर्गत कुन तहसम्मको शिक्षा नि:शुल्क पाउने व्यवस्था रहेको छ ?
२०.
आधारभूत तह (कक्षा १ - ३) को पाठ्यक्रममा समेटिएका व्यवहारकुशल सिप (Soft skills) मध्ये कुनचाहिँ सिप सोचाइ सिप अन्तर्गत पर्दछ ?
२१.
यदि कुनै विद्यार्थी ७५ दिनमा ६० दिन कक्षामा उपस्थित रहेछन् भने निजको अनुपस्थितिको प्रतिशत कति हुन आउँछ ?
२२.
शिक्षकले विद्यार्थीको परीक्षाफल तयार पार्न, अङ्कहरू जोड्न, प्रतिशत वा ग्रेड निकाल्न र औसत गणना गर्न अफिस प्याकेजको कुन सफ्टवेयर प्रयोग गर्नु सबैभन्दा उपयुक्त हुन्छ ?
२३.
लेटर ग्रेड 'A' ले विद्यार्थीको कस्तो सिकाइ स्तरलाई जनाउँछ ?
२४.
समालोचनात्मक चिन्तन विधिले विशेष गरी तलकामध्ये कुन सिपको विकास गर्दछ ?
२५.
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कुन तहसम्म लागू हुन्छ ?
२६.
अन्तरसांस्कृतिक (Cross-cultural) अनुसन्धानमा सबैभन्दा धेरै प्रयोग हुने विधि कुन हो ?
२७.
तलका शैक्षिक विकासका योजनाहरूमध्ये सबैभन्दा विकेन्द्रित योजना कुनलाई मानिन्छ ?
२८.
पेसागत विकासका नमुनामध्ये तुलनात्मक रूपमा कुन नमुनामा पेसाकर्मीको स्वनिर्देशन र सक्रियता कम रहन्छ ?
२९.
विद्यालयमा हुने पठनपाठन सम्बन्धमा अन्तरक्रिया गर्न मुख्य नेतृत्वदायी भूमिका कसको हुन्छ ?
३०.
कुनै कक्षाको कुनै एउटा विषयमा पठनपाठन हुने विषयवस्तुको सिकाइमा सोही कक्षाको अन्य विषयहरूमा पठनपाठन हुने विषयवस्तुहरूले सहयोगी भूमिका निर्वाह गर्ने गरी बनाइएको पाठ्यक्रमको सङ्गठन तलकामध्ये कुन समन्वय अन्तर्गत पर्दछ ?
३१.
शिक्षक निर्देशिकाले शिक्षकलाई के कुरामा सहयोग पुऱ्याउँछ ?
३२.
शैक्षणिक योजनाको प्राथमिक लक्ष्यसँग सम्बन्धित विशेषता तलकामध्ये कुन हो ?
३३.
कार्यमूलक अनुसन्धान चक्रको सही क्रम कुन हो ?
३४.
सूचना तथा सञ्चार प्रविधिको प्रयोगले विद्यार्थीमा कुन सिपको विकास गर्न सहयोग पुऱ्याउँछ ?
३५.
दिइएको तेस्रो शब्दसँग सम्बन्धित चौथो शब्द छान्नुहोस्, जहाँ पहिलो शब्द र दोस्रो शब्दबिच निश्चित सम्बन्ध रहेको छ ।
फूल : कोपिला :: तुलसी : ...
फूल : कोपिला :: तुलसी : ...
३६.
शिक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि छुट्ट्याइएको ३५ अङ्कमध्ये सुपरिवेक्षकले गर्ने मूल्याङ्कनका लागि कति अङ्कभार छुट्ट्याइएको छ ?
३७.
एकीकृत विद्यालय भन्नाले तलकामध्ये कुन खालको विद्यालयलाई बुझाउँछ ?
३८.
गुणस्तरीय शिक्षा विकासका लागि शिक्षक, अभिभावक र समुदायको समन्वय किन महत्त्वपूर्ण हुन्छ ?
३९.
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सञ्चालन गर्ने विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण हाल कुन कक्षामा गरिएको छैन ?
४०.
तल दिइएकामध्ये पाठ्यक्रमका तत्वहरूको उपयुक्त क्रम कुनचाहीँ हो ?
४१.
शिक्षण सिकाइमा प्रयोग हुने सहायक प्रविधिको उदाहरण तलकामध्ये कुन हो ?
४२.
शिक्षण सिकाइमा प्रयोग गरिने निर्णयात्मक मूल्याङ्कनका सम्बन्धमा तलको कुन भनाइ ठीक छ ?
भनाइ १: यसको प्रयोग निरन्तर रूपमा गरिन्छ ।
भनाइ २: विद्यार्थीको स्तर निर्धारण गरी प्रमाणपत्र दिन प्रयोग गरिन्छ ।
भनाइ ३: यसमा औपचारिक मूल्याङ्कन प्रक्रिया मात्र अपनाइन्छ ।
भनाइ १: यसको प्रयोग निरन्तर रूपमा गरिन्छ ।
भनाइ २: विद्यार्थीको स्तर निर्धारण गरी प्रमाणपत्र दिन प्रयोग गरिन्छ ।
भनाइ ३: यसमा औपचारिक मूल्याङ्कन प्रक्रिया मात्र अपनाइन्छ ।
४३.
एक व्यापारीले रु. ५०० मा किनेको सेतो पाटी रु. ६०० मा बेच्नुभयो । उहाँले नै रु. ६०० मा किनेको मार्कर रु. ५०० मा बेच्नुभयो । समग्र कारोबारमा उहाँलाई नाफा नोक्सान के भयो ?
४४.
विद्यालय तहमा स्थानीय पाठ्यक्रमको निर्माण, कार्यान्वयन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी कसको हो ?
४५.
विद्यार्थीहरूलाई साना-साना समूहमा विभाजन गरी एउटै लक्ष्य प्राप्तिका लागि एक-आपसमा मिलेर काम गर्न लगाउने शिक्षण विधिलाई के भनिन्छ ?
४६.
विद्यालयको शैक्षिक गुणस्तर सुधारमा प्रभाव पार्ने सरोकारवालाहरूमध्ये प्राथमिक सरोकारवालाहरू (Primary stakeholders) को समूह कुन हो ?
४७.
सिकाइमा वैयक्तिक भिन्नतालाई प्राथमिकता दिँदा तलकामध्ये कुन विषयमा जोड दिनु उचित हुन्छ ?
४८.
घटना अध्ययन (Case study) मूलतः कुन प्रकारको अनुसन्धान हो ?
४९.
एक शिक्षकले महामारीको समयमा विद्यार्थीहरू भौतिक रूपमा विद्यालय आउन नसक्दा रेडियो, टेलिभिजन र इन्टरनेट मार्फत मिश्रित र वैकल्पिक विधिबाट सिकाइलाई निरन्तरता दिनुभयो । यो कार्यले शिक्षकको कुन क्षमतालाई सबैभन्दा बढी प्रस्फुटन गर्छ ?
५०.
अनुसन्धान कार्यमा प्राथमिक तथ्याङ्क सङ्कलनको साधन तलकामध्ये कुन हो ?