निम्‍न माध्यमिक तह अध्यापन अनुमतिपत्र परीक्षा - 2081

नेपाल सरकार
शिक्षक सेवा आयोग
अध्यापन अनुमतिपत्र परीक्षा -२०८१
तह : निम्नमाध्यमिक
समय : १ घण्टा
सेट : D
पूर्णाङ्क : १००
उत्तीर्णाङ्क : ५०
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१. शिक्षकको पेसागत सुधारका लागि कार्यमूलक अनुसन्धान (Action Research) लाई महत्त्वपूर्ण मानिन्छ । यस अन्तर्गत नपर्ने चरण तलकामध्ये कुनचाहिँ हो ?
A. योजना गर्ने
B. कार्यान्वयन गर्ने
C. अवलोकन गर्ने
D. शिक्षण गर्ने
२. अभिभावकले गुणस्तरीय शिक्षा विकासका लागि आफ्ना बालबालिकालाई ... का लागि आवश्यक सहयोग गर्नु पर्दछ । उल्लेखित खाली ठाउँमा दिइएका विकल्पबाट ठीक विकल्प छान्नुहोस् ।
A. घरमा अध्ययन गर्ने वातावरण निर्माण
B. विद्यालयमा नियमित हाजिर हुने वातावरण निर्माण
C. अनलाइन प्रविधिको प्रयोग र सिकाइ
D. सिकाइ सामग्रीको सङ्कलन र प्रयोग
३. गुणस्तरीय शिक्षा हुनका लागि उल्लेखित अवधारणा : Learning to know, Learning to do, Learning to be र Learning to live together प्रस्तुत गर्ने आधिकारिक संस्था कुन हो ?
A. UNESCO
B. UNICEF
C. Room to Read
D. British Council
४. विद्यालय तहमा गुणस्तरीय शिक्षा प्रदान गर्न तलकामध्ये कसको भूमिका महत्त्वपूर्ण मानिन्छ ?
A. प्रधानाध्यापक
B. शिक्षक
C. अभिभावक
D. माथिका सबै
५. सामुदायिक विद्यालयको सामाजिक परीक्षण समितिको अध्यक्ष को रहने व्यवस्था छ ?
A. विद्यालय व्यवस्थापन समितिको अध्यक्ष
B. शिक्षक अभिभावक सङ्घको अध्यक्ष
C. सम्बन्धित वडाको वडाध्यक्ष
D. सम्बन्धित विद्यालयको प्रधानाध्यापक
६. नेपालको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा के गर्ने उद्देश्य लिएको छ ?
A. तीव्र आर्थिक वृद्धि
B. दिगो आर्थिक विकास
C. समृद्ध अर्थतन्त्रको विकास
D. आर्थिक असमानताको अन्त्य
७. शिक्षक सेवा आयोगद्वारा सञ्चालित खुला प्रतियोगितात्मक परीक्षा उत्तीर्ण भएका उम्मेदवारलाई शिक्षक पदमा नियुक्ति कुन निकायले गर्दछ ?
A. शिक्षक सेवा आयोग
B. शिक्षा विकास निर्देशनालय
C. शिक्षा विकास तथा समन्वय एकाइ
D. स्थानीय तह
८. राष्ट्रिय शिक्षा नीति, २०७६ कुन मितिमा नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको थियो ?
A. वि.सं. २०७६ भाद्र १८ गते
B. वि.सं. २०७६ असोज १८ गते
C. वि.सं. २०७६ कात्तिक १८ गते
D. वि.सं. २०७६ मङ्सीर १८ गते
९. समावेशी शिक्षा सबै बालबालिकाको लागि विभेदरहित वातावरणमा सांस्कृतिक, वर्गीय, जातीय एवम् भौगोलिक विविधतालाई सम्मान गर्दै आफ्नै समुदायमा जीवनोपयोगी शिक्षा सुनिश्चित गर्ने ... हो ।
A. शैक्षिक अवसर
B. शैक्षिक रणनीति
C. शैक्षिक पद्धति
D. शैक्षिक वातावरण
१०. लैङ्गिकता (Gender) तलकामध्ये कुन अवधारणासँग सम्बन्धित छ ?
A. जैविक
B. सामाजिक
C. शारीरिक
D. मनोवैज्ञानिक
११. धानको पराल भए झैँ तोरीको के हुन्छ ?
A. खैटे
B. गँठे
C. लँठे
D. भँठे
१२. ३, १ र ५ बाट बनेको सबैभन्दा ठुलो र सानो सङ्ख्याबीचको जोड कति हुन्छ ?
A. ५६६
B. ४६६
C. ७६६
D. ६६६
१३. शिक्षण विधिद्वारा बालबालिकामा सिर्जनशीलता तथा सहकार्य जस्ता सिकाइगत सिप विकास गर्न ... चिन्तन आवश्यक पर्दछ ।
A. नवीन
B. खोजमूलक
C. आलोचनात्मक
D. अनुसन्धानमूलक
१४. तल दिइएका शब्दविचको अन्तरसम्बन्ध पत्ता लगाई सही विकल्प छनोट गर्नुहोस् ।
चन्द्रमा : पृथ्वी :: पृथ्वी: ...
A. तारा
B. सूर्य
C. ग्रह
D. उपग्रह
१५. Which word comes first if they are written in alphabetical order?
A. Mistake
B. Missing
C. Misery
D. Mishap
१६. कुन अवस्थामा निर्माणात्मक मूल्याङ्कन सबैभन्दा बढी प्रभावकारी मानिन्छ ?
A. कक्षा चढाउन
B. सिकाइ कठिनाइ पत्ता लगाउन
C. सिकाइमा सुधार ल्याउन
D. स्वप्रतिविम्बन गर्न
१७. विद्यार्थी सिकाइलाई सरल तरिकाबाट मूल्याङ्कन गर्नका लागि प्रयोग गरिने विधि कुन हो ?
A. छलफल
B. नाटकीकरण
C. जोडी कार्य
D. प्रश्नोत्तर
१८. विद्यार्थीहरूको बानी व्यवहार मापन गर्नको लागि तलकामध्ये कुन मूल्याङ्कनको साधन बढी प्रभावकारी मानिन्छ ?
A. लिखित परीक्षा
B. मौखिक परीक्षा
C. प्रयोगात्मक परीक्षा
D. अवलोकनात्मक परीक्षा
१९. शैक्षिक अनुसन्धानमा सन्दर्भ सामग्री उल्लेख गर्दा दिइएकामध्ये कुन शैली अनुसरण गर्नु पर्दछ ?
A. American Psychological Association
B. Modern Language Association
C. American Research Association
D. Educational Research Association
२०. तल दिइएकामध्ये निर्माणात्मक मूल्याङ्कनको गुण कुनचाहीँ हो ?
A. यो सुधारात्मक तथा रचनात्मक मूल्याङ्कन हो ।
B. यो बारम्बार गरिने मूल्याङ्कन हो ।
C. यो विद्यार्थीहरूको कमीकमजोरी पत्ता लगाई सुधार गर्ने मूल्याङ्कन हो ।
D. माथिका सबै ।
२१. शिक्षा नियमावली, २०५९ को नियम ३० अनुसार सामुदायिक विद्यालयका शिक्षक र अभिभावक सदस्य रहने गरी गठित शिक्षक अभिभावक सङ्घको कार्यकारी समितिका सदस्यको पदावधि कति समयको हुन्छ ?
A. २ वर्ष
B. ३ वर्ष
C. ४ वर्ष
D. ५ वर्ष
२२. शिक्षकको पेसागत विकासका लागि पाठ अध्ययन (Lesson Study) मा जोड दिई सञ्चालन गरिएको परियोजनाको नाम के हो ?
A. EGRP
B. IMEN
C. BPEP
D. TECES
२३. विद्यालय सुधार योजनाको मूल ध्येयभित्र नपर्ने विषय तलकामध्ये कुन हो ?
A. राम्रो विद्यालय
B. राम्रो शिक्षण
C. राम्रो सिकाइ
D. राम्रो शिक्षक
२४. तालिम प्राप्त, अनुभवी र विज्ञ मेन्टरबाट शिक्षक मेन्टरिङ गर्दा कस्तो तरिका अवलम्बन गर्नु पर्दछ ?
A. सहकार्यात्मक
B. समन्वयात्मक
C. निर्देशात्मक
D. प्रदर्शनात्मक
२५. शिक्षकले आफ्ना शैक्षणिक गतिविधिलाई आफैँले अवलोकन मूल्याङ्कन गरी आफैँ सिकेर आफ्नो पेसागत क्षमता विकास गर्ने विधिलाई के भनिन्छ ?
A. स्व:अध्ययन
B. स्व:प्रतिविम्बन
C. नवप्रवर्तन
D. निरन्तर सिकाइ
२६. शिक्षकले योजना निर्माण, श्रव्यदृश्य सामग्रीको सङ्कलन, रेकर्डिङ, स्क्रिनसट जस्ता विविध कार्य गर्न र अभिलेखनका लागि उपयोगी तर कम प्रयोग गरिएको प्रोग्राम कुन हो ?
A. Microsoft word
B. Microsoft excel
C. One note
D. Microsoft power point
२७. अनुसन्धान कार्यमा प्रयोग गरिने सूचनाका स्रोतहरूमध्ये प्राथमिक स्रोत कुनचाहिँ हो ?
A. अभिलेख
B. प्रश्नावली
C. पत्रपत्रिका
D. प्रकाशित प्रतिवेदन
२८. तल दिइएकामध्ये कार्यमूलक अनुसन्धानको विशेषता कुन होइन ?
A. यो अनुसन्धान पेसागत सुधारमा लक्षित छ ।
B. यो अनुसन्धान र कार्यबीचको तादात्म्यता हो ।
C. यो एक विशिष्ट प्रकृतिको सैद्धान्तिक अनुसन्धान हो ।
D. यो शिक्षकको कार्य सम्पादनसँग आधारित अनुसन्धान हो ।
२९. कम्प्युटरमा MS WORD प्रयोग गरी COPY गरेको कुनै अनुच्छेदलाई PASTE गर्दा गरिने SHORTCUT KEY कुन हो ?
A. Ctrl+C
B. Ctrl+A
C. Ctrl+V
D. Ctrl+S
३०. कक्षामा शिक्षण सिकाइ कार्यकलापमा प्रयोग गर्न नसकिने सूचना तथा सञ्चार प्रविधि साधन (ICT Tool) कुनचाहिँ हो ?
A. Google Classroom
B. Google Translate
C. Google Drive
D. Microsoft Teams
३१. राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार Smart Mobile मा आधारित सिकाइ स्रोत सामग्री प्रयोग गर्न सक्ने जनसङ्ख्या कति प्रतिशत रहेको छ ?
A. ९३ प्रतिशत
B. ८३ प्रतिशत
C. ७३ प्रतिशत
D. ६३ प्रतिशत
३२. तल दिइएकामध्ये लैङ्गिक समतासँग मिल्ने भनाइ कुनचाहिँ हो ?
A. लिङ्गको आधारमा हुने पहिचान,
B. महिला र पुरुषबिच समान अस्तित्व र प्रतिनिधित्व भएको अवस्था,
C. महिला पुरुषबिच कानुनी रूपमा विभेद नभएको अवस्था,
D. लैङ्गिक समानताको लागि गरिने सकारात्मक विभेद ।
३३. सिकाइ क्रियाकलाप सञ्चालन गर्दा सिकारुको संस्कृति र भाषामा जोड दिनुपर्ने विषयको वकालत गर्ने मनोवैज्ञानिक को थिए ?
A. Vygotsky
B. Cummins
C. Piaget
D. Cook
३४. साना कक्षाका विद्यार्थीहरूलाई उनीहरूले गरेका कामलाई प्रोत्साहित वा पुरस्कृत गर्दै जाँदा उनीहरूले त्यस्ता काम दोहोऱ्याई रहन्छन् भने यसो हुनुको पछाडि सिकाइको कुन नियम लागू हुन्छ ?
A. तत्परताको नियम
B. साहचर्यको नियम
C. प्रभावको नियम
D. अभ्यासको नियम
३५. विद्यालय तहको शैक्षिक गुणस्तर सुधार र सुदृढ गर्ने साधन कुन हो ?
A. शिक्षण सुधार योजना
B. विद्यालय सुधार योजना
C. गाउँ/नगर शिक्षा योजना
D. पाठ योजना
३६. लाभान्वित समुदायको नजरबाट विद्यालय शिक्षाको गुणस्तर, प्रभावकारिता र सान्दर्भिकता लेखाजोखाका लागि के गर्नु बढी उपयोगी हुन्छ ?
A. गुनासो पेटिका राख्ने
B. सार्वजनिक सुनुवाइ गर्ने
C. सरोकारवालाको सन्तुष्टि सर्वेक्षण गर्ने
D. नतिजाको अध्ययन र विश्लेषण गर्ने
३७. विद्यालयका शिक्षक तथा कर्मचारीहरूसँग समन्वय गरी शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरूबिच पारस्परिक सहयोगको वातावरण सिर्जना गर्ने मुख्य कर्तव्य कसको हो ?
A. प्रधानाध्यापक
B. विद्यालय व्यवस्थापन समितिको अध्यक्ष
C. शिक्षक अभिभावक सङ्घको अध्यक्ष
D. गाउँ शिक्षा समितिको अध्यक्ष
३८. एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा अनलाइन विवरण प्रविष्ट (Online data entry) गर्ने दायित्व तलकामध्ये कसको हो ?
A. शिक्षा तथा मानव स्रोत विकास केन्द्र
B. शिक्षा विकास तथा समन्वय एकाइ
C. स्थानीय तहको शिक्षा शाखा
D. सम्बन्धित विद्यालय
३९. खाली ठाउँमा उपयुक्त विवरण भर्नुहोस् :
भाषा शिक्षणका सन्दर्भमा कक्षाकोठा व्यवस्थापन गर्दा भौतिक र शैक्षिक पक्षको साथसाथै ... को व्यवस्थापनसमेत महत्त्वपूर्ण हुन्छ ।
A. मनोवैज्ञानिक पक्ष
B. सामाजिक पक्ष
C. सूचना तथा प्रविधि
D. भाषिक विविधता
४०. तल दिइएकामध्ये दैनिक पाठयोजनाको अङ्गहरूको मिल्दो क्रम कुनचाहिँ सही छ ?
A. उद्देश्य, क्रियाकलाप, शैक्षिक सामग्री, मूल्याङ्कन
B. उद्देश्य, मूल्याङ्कन, शैक्षिक सामग्री, क्रियाकलाप
C. उद्देश्य, शैक्षिक सामग्री, मूल्याङ्कन, क्रियाकलाप
D. उद्देश्य, शैक्षिक सामग्री, क्रियाकलाप, मूल्याङ्कन
४१. तल दिइएकामध्ये पाठ्यक्रमका तत्वहरूको उपयुक्त क्रम कुनचाहिँ हो ?
A. विषयसूची, उद्देश्य, शिक्षण कौशल र मूल्याङ्कन
B. विषयसूची, शिक्षण कौशल, उद्देश्य र मूल्याङ्कन
C. उद्देश्य, विषयसूची, शिक्षण कौशल र मूल्याङ्कन
D. उद्देश्य, शिक्षण कौशल, विषयसूची र मूल्याङ्कन
४२. दिइएका शब्दहरूमध्येबाट खाली ठाउँमा उपयुक्त शब्द भर्नुहोस् ।
बालबालिकाले बालविकास केन्द्रमा व्यतीत गर्ने समयमध्ये वर्णको सङ्केतन, विसङ्केतन र ... लेखाइ जस्ता क्रियाकलापका लागि सहजकर्ताले समय निर्धारण गर्नु पर्दछ ।
A. स्वतन्त्र
B. निर्देशित
C. वर्ण
D. अक्षर
४३. बहुकक्षा शिक्षणमा शिक्षकले कसरी शिक्षण गर्नु पर्दछ ?
A. एक शिक्षकले एउटा कक्षालाई मात्र शिक्षण गर्ने
B. एक शिक्षकले एकैसाथ धेरै कक्षालाई शिक्षण गर्ने
C. धेरै शिक्षकले एउटै कक्षामा शिक्षण गर्ने
D. सबै शिक्षकले आ-आफ्नो विषय शिक्षण गर्ने
४४. दिइएको भनाइको खाली ठाउँमा उपयुक्त विवरण छान्नुहोस् ।
सिकाइका क्रममा विद्यार्थीले प्राप्त गरेका ज्ञान, सिप, अभिवृत्ति, मूल्य र व्यवहारको ... गरिने प्रक्रिया मूल्याङ्कन हो ।
A. निरन्तर मूल्याङ्कन
B. निरन्तर लेखाजोखा
C. निरन्तर परीक्षण
D. निरन्तर स्तरीकरण
४५. कक्षाकोठामा धेरै विद्यार्थी भएको तथा प्रयोगशालाको अभावको अवस्थामा विद्यार्थीलाई प्रयोगात्मक ज्ञान प्रदान गर्न तलकामध्ये कुन विधि उपयुक्त हुन्छ ?
A. छलफल
B. प्रश्नोत्तर
C. निगमन
D. प्रदर्शन
४६. फ्लिप कक्षा व्यवस्थापन विधि अनुसरण गर्दा सहजकर्ताले गर्नुपर्ने कार्य के हो ?
A. सहजीकरण गर्ने विषयमा आधारित रही शिक्षण गर्नुपूर्व विद्यार्थीलाई अध्ययन सामग्री उपलब्ध गराउने,
B. विद्यार्थीलाई सहजीकरण गरिएका विषयवस्तुमा आधारित रही परियोजना कार्य दिने,
C. विद्यार्थीलाई अभिभावकको प्रत्यक्ष सहयोगमा पढाइएका विषयवस्तु अध्ययनका लागि गृहकार्य दिने,
D. सिकाइलाई व्यवहारसँग जोड्नका निम्ति विद्यार्थीलाई अभ्यासमूलक कार्य दिने ।
४७. शैक्षिक सामग्री छनोट र निर्माण गर्दा ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण पक्षलाई तलकामध्ये कुनचाहिँ भनाइले प्रतिनिधित्व गर्छ ?
A. शैक्षिक सामग्री सफा, स्पष्ट र उपयुक्त साइजको हुनुपर्छ ।
B. शैक्षिक सामग्री सकेसम्म स्थानीय र स्वनिर्मित हुनुपर्छ ।
C. शैक्षिक सामग्री विद्यार्थीको रुचि, क्षमता र स्तरअनुसारको हुनुपर्छ ।
D. शैक्षिक सामग्री सकेसम्म सस्ता र टिकाउखालको हुनुपर्छ ।
४८. कक्षाकोठा व्यवस्थापन अन्तर्गत बुक कर्नर र विषयगत कुनाको व्यवस्था गर्नु तल दिइएकामध्ये कुन प्रकारको व्यवस्थापन हो ?
A. स्रोतको व्यवस्थापन
B. सामग्रीको व्यवस्थापन
C. भौतिक व्यवस्थापन
D. शिक्षण सिकाइ क्रियाकलापको व्यवस्थापन
४९. प्राकृतिक तथा मानव सिर्जित विपद्को समयमा निर्धारित कार्यघण्टा र पाठ्यघण्टामा उल्लेखित सिकाइ उपलब्धि हासिल गर्न विद्यार्थीलाई सहयोग गर्नका लागि तयार गरिने योजनालाई के भनिन्छ ?
A. सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना
B. सिकाइ आपूरण तथा शिक्षण सिकाइ योजना
C. शैक्षणिक योजना
D. आपत्कालीन सिकाइ योजना
५०. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार मातृभाषा / स्थानीय विषयको छनोट गरी विद्यालयमा कार्यान्वयन गर्ने दायित्व कसको हो ?
A. स्थानीय तह
B. विद्यालय
C. जिल्ला शिक्षा समिति
D. पाठ्यक्रम विकास केन्द्र
Back