निम्‍न माध्यमिक तह अध्यापन अनुमतिपत्र परीक्षा - 2080

नेपाल सरकार
शिक्षक सेवा आयोग
अध्यापन अनुमतिपत्र परीक्षा-२०८०
तह : निम्न माध्यमिक
पूर्णाङ्क : १००
सेट : D
समय : १ घण्टा
उत्तीर्णाङ्क : ५०
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले यस प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१. विद्यालयमा शिक्षकहरूको Action Learning Group को निर्माण र प्रभावकारी कार्यान्वयन तलका कुन विषयसँग बढी सम्बन्धित रहेको छ ?
A. शिक्षकको वृत्ति विकासमा योगदान
B. विद्यालयलाई सिकाइ सङ्गठनको रुपमा विकास
C. विद्यार्थीको सिकाइ उपलब्धिमा बढोत्तरी
D. शैक्षिक खोज तथा अनुसन्धान
२. शिक्षक सक्षमता प्रारूप, २०७२ मा शिक्षकको सक्षमतामा नसमेटिएको पक्ष तलकामध्ये कुनचाहिँ हो ?
A. विद्यालयको रणनीतिक दिशा निर्माण
B. विषयवस्तुको ज्ञान
C. कानुनी आधार तथा पेसागत आचारसंहिता
D. निरन्तर सिकाइ र पेसागत विकास
३. राष्ट्रिय शिक्षा नीति, २०७६ ले शिक्षामा गुणस्तर कायम गर्न दुर्गम र पातलो बस्ती भएका क्षेत्रमा ठूला विद्यालय सञ्चालनमा ल्याउन नसकिने अवस्थामा तलकामध्ये के गर्ने भन्ने उल्लेख गरेको छ ?
A. आवासीय विद्यालय सञ्चालन गर्ने
B. बहुकक्षा शिक्षण व्यवस्था अवलम्बन गर्ने
C. विद्यालयहरू एकीकरण गर्ने
D. धेरैवटा साना विद्यालय सञ्चालन गर्ने
४. गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय प्रक्रिया अन्तर्गत नपर्ने पक्ष तलकामध्ये कुनचाहिँ हो ?
A. कक्षाकोठा व्यवस्थापन
B. पर्याप्त शिक्षण सिकाइ
C. सान्दर्भिक पाठ्यक्रम निर्माण
D. उपयुक्त शिक्षण विधि
५. गुणस्तरीय शिक्षाको नतिजा वा उपलब्धिसँग सम्बन्धित पक्ष कुन हो ?
A. सिकाइ अनुकूल वातावरण
B. साक्षरता र सिप प्राप्ति
C. शिक्षण सिकाइ क्रियाकलाप
D. मापन र पृष्ठपोषण
६. वर्तमान कानुनी प्रावधान अनुसार विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन स्थानीय तहले गर्ने भनिए तापनि हालसम्म यस सम्बन्धी कार्य कुन निकायले गर्दै आएको छ ?
A. शिक्षा विकास तथा समन्वय एकाई
B. विद्यार्थी गुणस्तर परीक्षण केन्द्र
C. शैक्षिक गुणस्तर परीक्षण कार्यालय
D. शैक्षिक गुणस्तर परीक्षण केन्द्र
७. शैक्षिक नेतृत्वका प्रमुख तीन आयामहरू के के हुन् ?
A. Moral, ethical and personality dimensions
B. Moral, ethical and cultural dimensions
C. Intellectual, ethical and cultural dimensions
D. Intellectual, social and moral dimensions
८. नागरिक बडापत्र राख्दा सुरुमा उल्लेख गर्नुपर्ने विषय के हो ?
A. सेवा र त्यसको प्रकृति
B. सेवाग्राहीले पुरा गर्नुपर्ने कार्यविधि
C. सेवा प्रदान गर्न लाग्ने समयावधि
D. सेवा प्रदान गर्ने पदाधिकारी
९. कक्षा शिक्षकद्वारा विद्यार्थीमा स्वव्यवस्थापन, आत्मचिन्तन र आत्ममूल्याङ्कन जस्ता क्षमताहरूको विकास कसरी गराउन सकिन्छ ?
A. सिकाइ क्रियाकलाप छनोट गर्दा यस्ता क्षमताहरू प्रदर्शन गर्ने अवसर दिएर
B. यसका लागि अलग्गै विषयवस्तु र सिकाइको प्रबन्ध गरेर
C. अतिरिक्त क्रियाकलापको आयोजना गरेर
D. विद्यार्थीको मूल्याङ्कन गर्दा यस्ता सिप परीक्षण गरेर
१०. समावेशी र प्रभावकारी कक्षाकोठा व्यवस्थापनले मुख्य रुपमा कुन कुरामा जोड दिन्छ ?
A. शिक्षण सामग्रीको सङ्कलन र भित्ते सामग्रीको प्रयोग
B. सामाजिक, सांस्कृतिक र भाषिक विविधताको व्यवस्थापन
C. कक्षामा प्रभावकारी सञ्चार र उपचारात्मक शिक्षण
D. अतिरिक्त/सह-पाठ्यक्रम गतिविधिहरूको योजना र व्यवस्थापन
११. शिक्षण सुधार योजना (Teaching Improvement Plan-TIP) निर्माण र कार्यान्वयन गरी जवाफदेहिता निर्वाह गर्ने प्राथमिक दायित्व कसको हो ?
A. स्थानीय शिक्षा अधिकारी
B. योजना अधिकृत
C. प्रधानाध्यापक
D. शिक्षक
१२. अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ अनुसार आधारभूत तथा माध्यमिक शिक्षा प्रयोजनका लागि स्थानीय तहलाई बजेट विनियोजन तथा अनुदान प्रदान गर्ने आधार तल दिइएकामध्ये कुनचाहिँ हो ?
A. विद्यालय, शिक्षक सङ्ख्या र विद्यार्थी सङ्ख्या
B. विद्यालय र विद्यार्थीले प्राप्त गरेको नतिजा
C. विद्यार्थी सङ्ख्या र विद्यार्थीले प्राप्त गरेको नतिजा
D. विद्यालय तथा विद्यार्थी सङ्ख्या र विद्यार्थीले प्राप्त गरेको नतिजा
१३. शिक्षा ऐन, २०२८ अनुसार आधारभूत शिक्षा भनेको के हो ?
A. कक्षा एकदेखि कक्षा आठसम्म दिइने शिक्षा
B. प्रारम्भिक बाल शिक्षादेखि कक्षा आठसम्म दिइने शिक्षा
C. कक्षा छहदेखि कक्षा आठसम्म दिइने शिक्षा
D. प्रारम्भिक बाल शिक्षादेखि कक्षा पाँचसम्म दिइने शिक्षा
१४. "दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था गरिने छ" यो हक नेपालको संविधानको कुन मौलिक हकमा उल्लेख गरिएको छ ?
A. शिक्षा सम्बन्धी हक
B. दलितको हक
C. बालबालिकाको हक
D. सामाजिक न्यायको हक
१५. शिक्षक सेवा आयोगले खुला प्रतियोगिता, कार्यक्षमताको मूल्याङ्कन र आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि आवश्यक रिक्त दरबन्दी कुन निकायबाट प्राप्त गर्छ ?
A. शिक्षा विकास तथा समन्वय एकाई
B. स्थानीय तह
C. शिक्षक किताबखाना
D. शिक्षा तथा मानव स्रोत विकास केन्द्र
१६. तत्काल परिआउने समस्या (Non-routine problems) मा आधारित रहेर सिकाइ सहजीकरण क्रियाकलाप गर्दा सिकारुमा कुन प्रकारको सामान्य व्यावसायिक सिप (Soft skill) को विकास गराउन सकिन्छ ?
A. Thinking skills
B. Intrapersonal skills
C. Interpersonal skills
D. Citizenship skills
१७. शैक्षिक न्यायको सुनिश्चितताको लागि तलकामध्ये कुन उपाय बढी सहयोगी हुन सक्छ ?
A. निष्पक्ष स्रोत वितरण गर्ने
B. अवसर उपलब्ध गराउने
C. विविधता व्यवस्थापन गर्ने
D. माथिका सबै
१८. स्पेनको सालामानकामा सन् १९९४ मा भएको शिक्षा सम्बन्धी विश्व सम्मेलन कुन विषयमा केन्द्रित रहेको थियो ?
A. सबैका लागि शिक्षा अभियान
B. शिक्षा र दिगो विकास
C. विशेष आवश्यकता शिक्षा
D. शिक्षामा लैङ्गिक समता
१९. सिकेका विषयवस्तुलाई लामो समयसम्म स्मरण गर्न र समालोचनात्मक चिन्तन तथा सिर्जनात्मक सिपको विकास समेत गर्न तलकामध्ये कुन क्रियाकलाप महत्वपूर्ण हुन्छ ?
A. Mind mapping
B. Bingo
C. Give one, take one
D. Homework
२०. व्यवहारवादी सिकाइ सिद्धान्त अनुसार तल दिइएका सिकाइका चरणहरूको क्रममध्ये कुन क्रम सही छ ?
A. उद्दीपक, प्रतिक्रिया, पुनर्बल (stimulus, response, reinforcement)
B. प्रतिक्रिया, उद्दीपक, पुनर्बल (response, stimulus, reinforcement)
C. पुनर्बल, उद्दीपक, प्रतिक्रिया (reinforcement, stimulus, response)
D. उद्दीपक, पुनर्बल, प्रतिक्रिया (stimulus, reinforcement, response)
२१. तल दिइएकामध्ये उत्तर बाल्यावस्थाको विशेषता कुनचाहिँ हो ?
A. नकल गर्नु
B. दिवास्वप्न
C. बालसमूह निर्माण
D. परिचयको खोजी
२२. विद्यालय र समुदायबीच सहसम्बन्ध विकास गर्ने काममा मुख्य भूमिका निर्वाह गर्ने दायित्व कसको हुन्छ ?
A. विद्यालय व्यवस्थापन समिति
B. विद्यालयका प्रधानाध्यापक
C. शिक्षक-अभिभावक सङ्घ
D. विद्यालयका शिक्षक
२३. तलकामध्ये कुन विषयमा समुदाय वा अभिभावकको भूमिकाको कम अपेक्षा गरिन्छ ?
A. स्थानीय क्षमता र सिपको उपयोग
B. कक्षाकोठाको शिक्षण सिकाइ
C. विद्यार्थीको नियमितता
D. सामाजिक परीक्षण
२४. विद्यालय भित्रको औपचारिक सामाजिक संरचनाको सञ्चारमा सहभागी हुने प्रमुख पक्षहरू कुन कुन हुन् ?
A. शिक्षक, विद्यार्थी र प्रशासन
B. शिक्षक, विद्यार्थी र समुदाय
C. शिक्षक, विद्यार्थी र अभिभावक
D. माथिका सबै
२५. शिक्षक पेसागत विकासको अवधारणालाई सही रूपमा प्रतिनिधित्व नगर्ने भनाइ तल दिइएकामध्ये कुनचाहिँ हो ?
A. यो मागमा आधारित हुन्छ
B. यो निरन्तर चलिरहन्छ
C. यो निश्चित समयावधिमा सञ्चालन हुन्छ
D. यो कार्यस्थलमै प्राप्त हुन्छ
२६. पाठ्यक्रमले तय गरेका उद्देश्य, सिकाइ उपलब्धि र समयबीच सन्तुलन कायम गराई तोकिएको समयमा निर्धारित पाठ्यवस्तु (Course) पूरा गर्न तयार गरिने योजना तलकामध्ये कुनचाहिँ हो ?
A. वार्षिक शैक्षिक योजना
B. वार्षिक कार्यपात्रो
C. दैनिक पाठयोजना
D. एकाइ योजना
२७. कक्षाकोठाको सामाजिक वातावरण व्यवस्थापन अन्तर्गत नपर्ने कार्य तलकामध्ये कुन हो ?
A. विद्यार्थीका व्यक्तिगत भिन्नतालाई स्वीकार्ने
B. विद्यार्थीका क्षमता अनुसारको समूह निर्माण गर्ने
C. व्यक्तिगत भिन्नताको आधारले मात्र कक्षा सहभागितामा फरक नपर्ने व्यवस्था गर्ने
D. सबै विद्यार्थीलाई कक्षामा सहभागी हुने र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने
२८. जीवन निर्वाहका लागि निश्चित ज्ञान, सिप र धारणा सबै व्यक्तिलाई आवश्यक हुन्छ भन्ने मान्यतामा आधारित तलकामध्ये कुन पाठ्यक्रम हो ?
A. सम्पादित पाठ्यक्रम (Implemented Curriculum)
B. सुसुप्त पाठ्यक्रम (Hidden Curriculum)
C. मुख्य पाठ्यक्रम (Core Curriculum)
D. हासिल गरेको पाठ्यक्रम (Achieved Curriculum)
२९. विद्यालय तहको पाठ्यपुस्तक तयार गर्दा तलकामध्ये कुनलाई प्रमुख आधार मानिन्छ ?
A. राष्ट्रिय पाठ्यक्रम प्रारूप
B. विद्यार्थी तथा अभिभावकको रुचि
C. पाठ्यक्रम
D. राष्ट्रिय लक्ष्य र प्राथमिकता
३०. विद्यालय तहको पाठ्यक्रम विकासमा प्रभाव पार्ने प्रमुख तत्व तलकामध्ये कुनचाहिँ हो ?
A. शिक्षा प्रशासक
B. अभिभावक
C. सामाजिक कार्यकर्ता
D. समकालीन समाज
३१. कक्षा १-३ को एकीकृत पाठ्यक्रममा नेपालले गरिरहेको अभ्यास तलकामध्ये कुनचाहिँ हो ?
A. विषयगत पाठ्यक्रम
B. बहुविषयक पाठ्यक्रम
C. अन्तरविषयक पाठ्यक्रम
D. विषयविहीन पाठ्यक्रम
३२. तल दिइएकामध्ये कुनचाहिँ सामग्रीलाई शिक्षकको प्रमुख सहयोगी सामग्रीका रुपमा मानिन्छ ?
A. पाठ्यक्रम
B. पाठ्यपुस्तक
C. विशिष्टीकरण तालिका
D. शिक्षक निर्देशिका
३३. समालोचनात्मक सोचाइ सिप अन्तर्गत प्रयोग हुने ABC Framework मा समावेश नहुने पक्ष तलकामध्ये कुनचाहिँ हो ?
A. सिकारुमा उत्सुकता जगाउने
B. सिकारुमा ज्ञान निर्माण गर्ने
C. सिकारुको सिकाइ सुदृढीकरण गर्ने
D. सिकारुको सिपको प्रमाणीकरण गर्ने
३४. विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले विपत वा महामारीको अवस्थामा निर्बाध रुपमा सिकाइ क्रियाकलाप सञ्चालन गर्नको लागि विद्यार्थी पहिचान गरी वर्गीकरण गर्ने जिम्मेवारी कसलाई सुम्पिएको छ ?
A. स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाई
B. विद्यालय तथा विद्यालय व्यवस्थापन समिति
C. विद्यालय तथा स्थानीय तह
D. सङ्घ, प्रदेश र स्थानीय तह
३५. Which of the following device uses positional notation to represent a decimal number ?
A. Pascaline
B. Abacus
C. Computer
D. Calculator
३६. तल दिइएका ज्यामितीय आकारहरूमध्ये समूहमा नमिल्ने कुनचाहिँ हो ?
A. आयत
B. त्रिभुज
C. वर्ग
D. वृत्त
३७. तलकामध्ये कुन सङ्ख्याको ५० प्रतिशतबाट ५० घटाउँदा ५० नै बाँकी रहन्छ ?
A. २००
B. २५०
C. ३००
D. ३५०
३८. तल दिइएकामध्ये कुनचाहिँमा शब्दहरूको क्रम उपयुक्त छ ?
A. पुष्पक, पुष्कल, पुष्कर, पुष्पराग
B. पुष्कर, पुष्पक, पुष्कल, पुष्पराग
C. पुष्पक, पुष्कर, पुष्कल, पुष्पराग
D. पुष्कर, पुष्कल, पुष्पक, पुष्पराग
३९. ८, ३ र ७ बाट बन्ने सबैभन्दा ठूलो सङ्ख्या र सबैभन्दा सानो सङ्ख्याबीचको फरक कति हुन्छ ?
A. ४९५
B. ५९४
C. ५४९
D. ४५९
४०. शिक्षकले कक्षा शिक्षणमा शिक्षणविधि छनोट गर्दा तलकामध्ये कुन आधारलाई प्राथमिकता दिनुपर्छ ?
A. पाठको उद्देश्य र विषयवस्तु
B. विद्यार्थी सङ्ख्या र शिक्षकको कार्यबोझ
C. शिक्षण सामग्रीको उपलब्धता र शिक्षकको रुचि
D. शिक्षण सामग्रीको उपलब्धता र भौतिक अवस्था
४१. बालबालिकाको विशेष प्रकारको सिकाइ कठिनाइ पत्ता लगाउन तलकामध्ये कुन मूल्याङ्कन विधि प्रयोग गर्नुपर्छ ?
A. निरन्तर मूल्याङ्कन
B. निर्माणात्मक मूल्याङ्कन
C. निदानात्मक मूल्याङ्कन
D. निर्णयात्मक मूल्याङ्कन
४२. विषयवस्तुको वैधतालाई सुनिश्चित गरी प्रश्नपत्र निर्माण कार्यलाई वस्तुगत र वैज्ञानिक बनाउन शिक्षकले प्रयोग गर्नुपर्ने प्रमुख सामग्री तलकामध्ये कुनचाहिँ हो ?
A. पाठ्यक्रम
B. विशिष्टीकरण तालिका
C. पाठ्यपुस्तक
D. शिक्षक निर्देशिका
४३. अक्षराङ्कन मूल्याङ्कन पद्धतिमा उपलब्धिस्तर 'A' को स्तरीकृत अङ्क कति हुन्छ ?
A. २.८
B. ३.२
C. ३.६
D. ४.०
४४. तलकामध्ये निर्णयात्मक मूल्याङ्कनको साधन कुनचाहिँ हो ?
A. एकाइ तथा त्रैमासिक परीक्षा
B. परियोजना कार्य
C. वार्षिक परीक्षा
D. हाजिरी जवाफ
४५. कार्यमूलक अनुसन्धानको उपयुक्त चरण तलकामध्ये कुनचाहिँ हो ?
A. Plan, Observe, Act, Reflect
B. Plan, Act, Observe, Evaluate
C. Plan, Act, Observe, Reflect
D. Plan, Act, Reflect, Observe
४६. शिक्षामा कार्यमूलक अनुसन्धान किन गरिन्छ ?
A. कक्षाकोठाका तात्कालिक समस्या समाधान गर्न
B. नयाँ सिद्धान्तहरूको प्रतिपादन गरी लागू गर्न
C. मौजुदा सिद्धान्तहरूको परीक्षण गर्न
D. नयाँ ज्ञानको सिर्जना र ज्ञान उत्पादनमा योगदान गर्न
४७. शिक्षामा गरिने अनुसन्धानका प्राप्तिहरूलाई सामान्यीकरण गर्न उपयुक्त नहुने विधि तलकामध्ये कुनचाहिँ हो ?
A. सर्वेक्षण विधि
B. परिणामात्मक विधि
C. गुणात्मक विधि
D. मामला अध्ययन विधि
४८. शिक्षामा अनुसन्धान गर्दा निचोडमा पुग्नु अगाडि विभिन्न क्षेत्रबाट सङ्कलन गरिएका सूचना तथा तथ्य-तथ्याङ्कलाई भिडाइएर विविध कोणबाट हेर्ने र मन्थन तथा विश्लेषण गर्न प्रयोग हुने विधिलाई के भनिन्छ ?
A. Data Tabulation
B. Cross Verification
C. Reflection
D. Triangulation
४९. जोड, घटाउ, गुणन, भाग तथा विभिन्न चार्ट र ग्राफहरूबारे सिकाइ सहजीकरण गर्दा तलकामध्ये कुन कम्प्युटर प्रोग्राम प्रयोग गर्नुहुन्छ ?
A. MS Word
B. MS Excel
C. One Note
D. Microsoft Teams
५०. तलकामध्ये कुनचाहिँ वेब ब्राउजर होइन ?
A. Youtube
B. Mozilla
C. Chrome
D. Internet explorer
Back