नेपाल सरकार
शिक्षक सेवा आयोग
अध्यापन अनुमतिपत्र परीक्षा-२०८१
सेट C
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ । गलत उत्तर लेखेमा प्रत्येक गलत उत्तर बापत बिस प्रतिशत अङ्क कट्टा हुनेछ । तर कुनै पनि उत्तर नदिएको प्रश्नको हकमा अङ्क कट्टा हुने छैन ।
१.
बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा कहिले पारित भएको हो ?
२.
वाचनालय सञ्चालनसम्बन्धी व्यवस्था तलकामध्ये कुन शिक्षासँग सम्बन्धित छ ?
३.
तलका मध्ये समावेशी शिक्षाको मुख्य सिद्धान्त कुन हो ?
४.
Abraham H. Maslow का अनुसार सिकाइलाई प्रेरित गर्ने आवश्यकताहरूमा तलकामध्ये सबैभन्दा उच्च तहको आवश्यकता कुन हो ?
५.
तल दिइएका मध्ये कुनचाहिँ कुराले वंशानुगत गुणलाई प्रस्फुटित हुन सहयोग गर्दछ ?
६.
सहयोगात्मक सिकाइमा शिक्षकको कस्तो भूमिका अपेक्षित हुन्छ ?
७.
निरन्तर विद्यार्थी मूल्याङ्कनबाट विद्यार्थीको शैक्षिक एवम् व्यावहारिक पक्षको ठिक लेखाजोखा गर्न तथा तोकिएका सक्षमता हासिल भए नभएको छुट्ट्याउने आधार तय गर्नु पर्नेमा यसको प्रभावकारी उपयोग नभएको गुनासो आउनुमा तलका मध्ये कुन भनाइ सही छ ?
८.
तलको कुन कुरा पत्ता लगाउन परीक्षण-पुनः परीक्षण विधि प्रयोग गरिन्छ ?
९.
बहुवैकल्पिक प्रश्नका गलत विकल्पहरूमा आउने प्रतिक्रियाको प्रभावकारिता बारेमा कुन भनाइ उपयुक्त छ ?
१०.
लेटर ग्रेडिङको आधारमा मूल्याङ्कन गर्दा कुन कुरालाई विशेष ध्यान दिनु पर्दछ ?
११.
हार्मोनियम बजाउन जान्ने व्यक्तिले पियानो सिक्दा हुने सहजतालाई सिकाइको कस्तो स्थानान्तरण मात्र सकिन्छ ?
१२.
विद्यालयको सामाजिक परीक्षण गर्दा देहायका मध्ये कुन विषयवस्तु समावेश गरिँदैन ?
१३.
तलका मध्ये कुन बुँदा विद्यालय शिक्षामा नागरिक समाजको भूमिकासँग प्रत्यक्ष रूपमा जोडिँदैन ?
१४.
तलका मध्ये शिक्षकको लागि आवश्यक नैतिक मूल्य कुन हो ?
१५.
शिक्षक पेसागत विकास प्रारूप, २०७२ ले कुन कार्यलाई शिक्षक पेसागत विकासका विधिमा समेटेको छैन ?
१६.
चिकित्साशास्त्रमा स्नातक तह (MBBS) अध्ययन गर्न चिकित्सा शिक्षा आयोगले लिने परीक्षा कुन प्रकारको मूल्याङ्कन हो ?
१७.
कक्षामा अध्यापन गराइ सकेपछि मूल्याङ्कन गर्दा एकजना विद्यार्थीमा सिकाइसम्बन्धी समस्या देखा परिरहेको अवस्थामा कस्तो खालको अनुसन्धान गर्न उपयुक्त होला भनी सुझाव माग्ने शिक्षकलाई तलका मध्ये कस्तो अनुसन्धान गर्न सुझाव दिनु उपयुक्त होला ?
१८.
सोह्रौँ पञ्चवर्षीय योजना (२०८१/०८२ - २०८५/०८६) ले योजनाको अन्त सम्ममा अनुसन्धान तथा विकासमा कति प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको छ ?
१९.
मामला अध्ययनबाट शिक्षकलाई कक्षा शिक्षणमा हुने मुख्य फाइदा कुन हो ?
२०.
विषय शिक्षक विद्यालयमा अनुपस्थित हुँदा सोको अनुभूति हुन नदिई कक्षाकोठामा विद्यार्थीलाई सिकाइ क्रियाकलापमा सक्रिय रूपमा क्रियाशील गराउन तलका मध्ये कुन उपाय अपनाउनु उपयुक्त हुन्छ ?
२१.
ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको सबलीकरण गर्ने लक्ष्य लिएको "Digital Nepal Framework 2076" नेपाल सरकारले कहिले स्वीकृत गरेको थियो ?
२२.
नेपालमा इन्टरनेटको सुरुवात कहिले भएको हो ?
२३.
१, ८, २७, .... , १२५ मा छुटेको सङ्ख्या कुन हो ?
२४.
समूहमा नमिल्दो जिल्ला कुन हो ?
२५.
तल दिइएको तालिकामा छुटेको अक्षर (?) कुन हो ?
| A | C | F |
| R | T | W |
| H | J | ? |
२६.
नेपालको संविधानको धारा ३१ ले गरेको व्यवस्थाअनुसार तल दिएका हकमध्ये कुनचाहिँ शिक्षासम्बन्धी हक अन्तर्गत पर्दछ ?
२७.
सन् २०१५ मा पारित इन्चियोन घोषणापत्र (Incheon Declaration) ले शिक्षाको लागि विश्वव्यापी प्रतिबद्धता जनाउँछ । उक्त घोषणाको कुन उद्देश्यलाई दिगो विकास लक्ष्यहरू (SDGs) ले अङ्गीकार गरेको छ ?
२८.
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार विद्यालयका प्रकार कस्ता हुने व्यवस्था गरिएको छ ?
२९.
तलका मध्ये स्थापना मितिअनुसार विश्वविद्यालयको क्रम कुन सही छ ?
३०.
विविधतायुक्त कक्षाका विद्यार्थीका विभिन्न चाहना, इच्छा र लक्ष्य पूरा गर्न शिक्षकले प्रयोग गर्ने बहुआयामिक प्रक्रिया तलका मध्ये कुन शिक्षामा अपनाइन्छ ?
३१.
विद्यालय शिक्षक र विद्यार्थीबीच नजिकको सम्बन्ध कायम राख्न सबैभन्दा प्रभावकारी उपाय कुन हुन सक्दछ ?
३२.
Donald Zohar ले सन् १९९७ मा अघि सारेको नवौँ बौद्धिकता कुन हो ?
३३.
शिक्षण सामग्री छनोट गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा कुन हो ?
३४.
कुन कुन कक्षामा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार नयाँ पाठ्यक्रम परीक्षण नगरिकन लागू गरिएको थियो ?
३५.
शिक्षकले नपढाए पनि विद्यार्थीहरूले विद्यालयबाट सिक्ने कुरा कुन पाठ्यक्रमले समेट्छ ?
३६.
शिक्षक सक्षमता प्रारूप, २०७२ अनुसार "विषम परिस्थितिमा समेत उपयुक्त वातावरण सिर्जना गरी सिकाइलाई निरन्तरता दिन" भनिएको सक्षमता देहायअनुसार कुन सक्षमतामा पर्दछ ?
३७.
सिकाइ संस्थाको रूपमा विद्यालयमा "डबल-लुप लर्निङ (double-loop learning)" को अवधारणाले तलका मध्ये कुन कुरालाई जनाउँछ ?
३८.
शैक्षिक गुणस्तर परीक्षण केन्द्रको आ. व. २०७९/०८० को वार्षिक प्रतिवेदन अनुसार विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणले देखाएका नतिजामा तलका मध्ये कुन नियम समावेश भएको छैन ?
३९.
अभिभावक, सामुदायिक संस्था र विद्यालयबिचको सहयोग तथा साझेदारीले दिगो गुणस्तरीय शिक्षामा कसरी योगदान दिन सक्छ ?
४०.
आ.व. २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि ल्याइएको विद्यालयसँग सम्बन्धित अवधारणा तल दिइएका मध्ये कुनचाहिँ हो ?
४१.
विद्यालयले सम्पादन गरेको काम कारबाहीको गुणस्तर, प्रभावकारिता तथा त्यसमा हुन सक्ने अनियमितता सम्बन्धमा प्राप्त गुनासो रहने गुनासो पेटिका कति दिनमा खोल्नुपर्ने व्यवस्था छ ?
४२.
नेतृत्वको प्रमुख कार्य तल दिइएका मध्ये कुन हो ?
४३.
विद्यार्थीहरूमा आत्मचिन्तन र आत्ममूल्याङ्कनको क्षमता विकास गर्न शिक्षकले बढी प्राथमिकता दिई के गर्नु पर्दछ ?
४४.
शैक्षिक नेतृत्वमा देखिएको सिर्जनात्मकताको मुख्य समस्या कुन हो ?
४५.
दिइएका विधिहरूमध्ये विद्यार्थी केन्द्रित विधि कुन हो ?
४६.
उद्देश्यको वर्णन, सिकाइ अनुभवको छनोट, सिकाइ अनुभवहरूको सङ्गठन, पाठ्यक्रमको मूल्याङ्कन जस्ता कुराहरू पाठ्यक्रमको कुन नमुना अन्तर्गत पर्दछन् ?
४७.
शिक्षक निर्देशिकाको प्रयोगका सम्बन्धमा तलका मध्ये कुन भनाइ सही हो ?
४८.
महामारी तथा विपत्को समयमा वैकल्पिक विधिबाट शिक्षण प्रक्रियालाई निरन्तरता दिन सरकारी तहबाट निर्माण भई उपयोगमा रहेका विद्युतीय सामग्रीहरू पाइने learning portal तलका मध्ये कुन हो ?
४९.
विद्यालय भित्रको शैक्षणिक योजनाको सूक्ष्म शैक्षिक योजना तलका मध्ये कुन हो ?
५०.
शिक्षकको निर्देशन तथा विद्यार्थीको सक्रियतामा शिक्षण क्रियाकलाप सञ्चालन गर्न तलका मध्ये कुन शिक्षण विधि बढी प्रभावकारी हुन्छ ?