नेपाल सरकार
शिक्षक सेवा आयोग
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)-२०७९
तह : माध्यमिक
समय : १ घण्टा
समय : १ घण्टा
सेट : C
पूर्णाङ्क : १००
उत्तीर्णाङ्क : ४०
पूर्णाङ्क : १००
उत्तीर्णाङ्क : ४०
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले यस प्रश्नपत्रको दायाँतर्फ दिइएको सेट (A, B, C वा D) लाई वस्तुगत बहुवैल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ । गलत उत्तर लेखेमा प्रत्येक उत्तर बापत बीस प्रतिशत अङ्क कट्टा गरिनेछ । तर उत्तर नदिएमा अङ्क कट्टा गरिने छैन ।
१.
शिक्षामा मानव विकास के को प्रतिफल हो ?
२.
सिर्जनात्मक सोचाइको विकासका लागि तलका मध्ये कुन सिकाइ सिद्धान्त उपयोगी मानिन्छ ?
३.
स्मरण प्रक्रियामा तलका मध्ये कुन चाहिँ क्रम ठीक हो ?
४.
तल दिइएका मध्ये मानव जीवनको पहिलो सिकाइ सीप कुन हो ?
५.
पाठ्यक्रमले निर्धारण नगर्ने उद्देश्य तलका मध्ये कुन हो ?
६.
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ (परिमार्जित संस्करण २०७९) अनुसार 'सक्षमता' भन्नाले तलका मध्ये कुनलाई बुझिन्छ ?
७.
शिक्षण सिकाइमा श्रव्य दृश्य सामग्री प्रयोगबाट हुने फाइदा तलका मध्ये कुन हो ?
८.
कुनै विषयसँग सम्बन्धित यन्त्र वा उपकरणलाई सजगतापूर्वक सञ्चालन गरी व्याख्या गर्दै सिकाउने विधिलाई कुन विधि भनिन्छ ?
९.
Information and Communication Technology in schools provide an opportunity to teachers to transform their practices by providing them:
१०.
तलका मध्ये कुन भनाइले मूल्याङ्कनलाई बुझाउँछ ?
११.
बालबालिकामा रहेको विशेष सिकाइ आवश्यकता तथा विशिष्ट क्षमताबारे जानकारी राखी उपयुक्त किसिमले सम्बोधन गर्ने कार्य शिक्षकको कुन सक्षमता अन्तर्गत पर्दछ ?
१२.
'Orient' शब्दको विपरीतार्थक शब्द कुन हो ?
१३.
Deny → Grant भए झैँ तलको कुन मिल्दछ ?
१४.
निम्न जोडाहरुमा कुन जोडाले सबैभन्दा प्रत्यक्ष एकल अवधारणा (Single concept) दर्शाउँछ ?
१५.
४+१=१५, ७+२=२९, ३+५=५८ भए ६+३ = .... कति हुन्छ ?
१६.
तलका क्रममा खाली भएको स्थानमा कुन अङ्क आउँछ ?
६, १३, २८, .... १२२
६, १३, २८, .... १२२
१७.
तल दिइएका शब्दहरुमा कायम रहेको अक्षरहरुको सम्बन्धको आधारमा नमिल्दो शब्द कुन हो ?
१८.
राजुले एउटा वस्तु रु. १६०० मा किनेर ५ प्रतिशत घाटामा बेचेका छन् । त्यो पैसाबाट उनले अर्को वस्तु किने र ५ प्रतिशत नाफामा बेचे । उनको समग्र लाभ हानि के हो ?
१९.
तल दिइएका शब्दहरु कुनै न कुनै रुपमा एक अर्कासँग सम्बन्धित छन्। ती मध्ये कुन चाहिँ अन्यभन्दा फरक छ ?
२०.
द्वन्द्वरत पक्षहरुको साझा स्वार्थको विषयमा छलफल गर्ने र दुवै पक्षको जित हुने किसिमले द्वन्द्वको समाधान गर्ने शैलीलाई के भनिन्छ ?
२१.
An approach to education that combines online educational materials and opportunities for interaction online with traditional place-based classroom methods is called:
२२.
बाह्य हिमालय (Outer Himalaya) को नामबाट पहिचान बनाएको पर्वतमाला कुन हो ?
२३.
......... refers to exploring the appropriate and ethical behaviors related to the online environment and digital media platform.
२४.
संयुक्त राष्ट्रसंघ महासभाको पहिलो महिला अध्यक्ष को हुन् ?
२५.
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहका आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी तोकिएका कार्यहरु भित्र नपर्ने कार्य तलका मध्ये कुन हो ?
२६.
शिक्षा ऐन, २०२८ अनुसार शिक्षक सेवा आयोगका सदस्यहरुको नियुक्तिका लागि सिफारिस गर्न नेपाल सरकारले गठन गर्ने समितिमा नरहने पदाधिकारी तलका मध्ये कुन हो ?
२७.
नेपालको संविधानको धारा ४८ अनुसार नागरिकका कर्तव्यमा उल्लेख नभएको कर्तव्य तलका मध्ये कुन हो ?
२८.
शिक्षक सेवा आयोगबाट लिइने परीक्षाको पाठ्यक्रम, परीक्षण प्रणाली तथा मूल्याङ्कन प्रक्रिया कसले तोके बमोजिम हुन्छ?
२९.
सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको प्रमाणपत्र छानबिन गर्ने प्रयोजनको लागि जिल्लास्तरमा गठन हुने प्रमाणपत्र छानबिन समितिको अध्यक्ष को रहन्छ ?
३०.
सूर्यबाट दुरीको हिसाबले पृथ्वी र शनि ग्रहको बिचमा पर्ने ग्रहहरु कुन कुन हुन् ?
३१.
तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छ्रेतारा लगायतका खगोलीय पिण्डहरु एवम् धूलकण र ग्यासीय पदार्थको अतिविशाल समूहलाई के भनिन्छ ?
३२.
८,१६३ मी. उचाइ भएको मनासलु हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ ?
३३.
जमिनको सतहको क्षेत्रफलको हिसाबले पृथ्वीमा रहेको सबभन्दा ठूलो महादेश (Continent) कुन हो ?
३४.
नेपालको प्रमाणिक समय ग्रीनविच मानक समयभन्दा कति समयको अन्तरमा हुने गरी निर्धारण गरिएको छ ?
३५.
तल दिइएका मध्ये कुन भनाइ ठीक छ ?
३६.
A set of practices, organizations and individuals perform regularly to maintain the health and security of user, devices, networks and data is termed as:
३७.
चीन र भारत बीच निर्धारण गरिएको सीमारेखालाई के भनी चिनिन्छ ?
३८.
तलका मध्ये कुन व्यक्ति देउथलको युद्धमा मारिएका हुन् ?
३९.
राणाकालीन समयमा कुनै सरकारी कर्मचारीले बहादुरीपूर्वक काम गरेमा उसलाई वृत्ति स्वरूप प्रदान गरिने जग्गालाई के भनिन्थ्यो ?
४०.
नेपालमा सर्वप्रथम बिजुली बत्ती कहिले र कसको पालामा बलेको थियो ?
४१.
"समृद्ध नेपाल सुखी नेपाली" गन्तव्य सहितको दीर्घकालीन सोच, २१०० मा समृद्धि र सुखका लक्ष्यहरु कति कति वटा रहेका छन् ?
४२.
देशको दीर्घकालीन विकासको निम्ति प्रमुख चुनौतीको रुपमा रहेको गरिबीलाई प्रभावकारी रुपबाट घटाउन "गरिबी निवारण" गर्ने एक मात्र मूल उद्देश्य राखेको नेपालको आवधिक योजना कुन हो ?
४३.
छोरीलाई दाइजोको रुपमा चिउरीको बोट दिने चलन कुन जातिमा रहेको छ ?
४४.
संयुक्त राष्ट्रसंघको ७० औँ महासभाले घोषणा गरेको दिगो विकासका लक्ष्यहरुमा कतिवटा लक्ष्य र परिमाणात्मक लक्ष्यहरु निर्धारण गरिएका छन् ?
४५.
Text styling feature of MS word is ....
४६.
नेपालले सर्वप्रथम दौत्य सम्बन्ध स्थापित गरेको मुलुक कुन हो ?
४७.
वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई हालसालै बहराइनका राजपरिवारका सदस्यबाट प्रदान गरिएको अवार्डको नाम के हो ?
४८.
वि. सं. २०७८ सालको मदन पुरस्कार कुन कृतिका लागि कसलाई प्रदान गरियो ?
४९.
टाइम्स पत्रिकाले सन् २०२२ का लागि 'Person of the Year' को रुपमा घोषणा गरेका व्यक्ति को हुन् ?
५०.
शिक्षा त्रिमुखीय प्रक्रिया (Tripolar Process) हो भने ती तीन पक्षहरु के के हुन् ?