निम्‍न माध्यमिक तह प्रथम पत्र 2078-12-17

शिक्षक सेवा आयोग
निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य), २०७८
सेट: A
समय: १ घण्टा
पूर्णाङ्क: १००
उत्तीर्णाङ्क: ५०
वस्तुगत प्रश्न
उम्मेदवारले यस प्रश्नपत्रको उत्तरपुस्तिकामा दिइएको सेट (A, B, C वा D) लाई वस्तुगत उत्तरपानाको निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेक अन्य संकेत लेखेमा उत्तरपुस्तिका परीक्षण हुने छैन । साथै, सही उत्तरलाई वस्तुगत उत्तरपानाको निर्दिष्ट गोलो घेरा (A, B, C वा D) मध्ये कुनै एक भित्र पर्ने गरी कालो मसीले भर्नु पर्नेछ । उक्त स्थान बाहेक अन्यत्र लेख्न वा संकेत गर्न पाइने छैन । गलत उत्तर लेखेमा प्रत्येक गलत उत्तर वापत बीस प्रतिशत अंक कट्टा गरिनेछ । तर उत्तर नदिएमा अंक कट्टा गरिने छैन ।
१. सूर्यबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ ?
A. ८ मिनेट २० सेकेण्ड
B. ९ मिनेट २० सेकेण्ड
C. ८ मिनेट ४० सेकेण्ड
D. १० मिनेट २० सेकेण्ड
२. विश्वको बगैंचा भनेर पृथ्वीको कुन भूभागलाई चिनिन्छ ?
A. दक्षिण युरोपको भूमध्य सागरको वरपरिको भाग
B. हिन्दुकुश हिमालय पर्वतशृंखला क्षेत्र
C. स्विट्जरल्याण्ड
D. न्यूजिल्याण्ड
३. नेपालको धरातलीय स्वरूप अनुसार हिमाल, पहाड र तराईलाई एक अर्कासँग जोड्ने सबैभन्दा स्थायी अन्तर सम्बन्धित तत्व कुन हो ?
A. सांस्कृतिक सम्पदा
B. जलविद्युत
C. औद्योगिक उत्पादन
D. नदी प्रणाली
४. राणा शासनकालमा स्थापित खड्ग निशाना अड्डाले कस्तो काम गर्थ्यो ?
A. हातहतियार भण्डारण गर्ने
B. सबै कार्यालयलाई आदेश जारी गर्ने
C. बिन्तिपत्रको सुनुवाइ गर्ने
D. जुवा खेल्न स्वीकृति दिने
५. मानव विकास सूचकांक २०२० का अनुसार नेपालको स्थान १४२ औं थियो भने इन्डेक्स कति रहेको थियो ?
A. ०.५८८
B. ०.५९६
C. ०.६०२
D. ०.८८६
६. चापमापक यन्त्र कसलाई भनिन्छ ?
A. ब्यारोमिटर
B. कोमोमिटर
C. अल्टिमिटर
D. हाइड्रोमिटर
७. युरोपियन युनियनको प्रधान कार्यालय कहाँ रहेको छ ?
A. बेल्जियमको ब्रसेल्स
B. इटालीको रोम
C. बेलायतको लण्डन
D. फ्रान्सको पेरिस
८. पन्ध्रौं योजना (२०७६-२०८१) को दीर्घकालीन प्रमुख परिणामात्मक लक्ष्यमा आ.व. २१००/०१ सम्ममा माध्यमिक तह (९-१२) को खुद भर्नादर कति प्रतिशत पुऱ्याउने लक्ष्य राखिएको छ ?
A. १००
B. ९९
C. ९७
D. ९५
९. अनौपचारिक शिक्षा भन्नाले कस्तो शिक्षालाई बुझिन्छ ?
A. व्यक्तिले वातावरण, प्रभाव र अन्तरक्रियाका माध्यमले जहाँसुकै प्राप्त गर्ने शिक्षा
B. समय, शिक्षण प्रक्रिया र पाठ्यपुस्तक लचिलो हुने शिक्षा
C. विद्यालय, क्याम्पस र विश्वविद्यालय तहमा दिइने शिक्षा
D. तत्कालीन उपयोगितामा आधारित शिक्षा
१०. तलका मध्ये उत्तर बाल्यावस्थाको मुख्य कार्य कुन हो ?
A. दौतरी समूहका साथीहरूसँग लामो समयसम्म बसिरहन मन पराउनु
B. कुराकानी गर्न सिक्नु
C. ठोस खानाहरू खान सिक्नु
D. ठीक र बेठीक छुट्याउनु
११. प्रतिक्रियाको सम्भावना बढाउने उत्तेजनालाई के भनिन्छ ?
A. उत्प्रेरणा
B. पृष्ठपोषण
C. पुनर्बल
D. स्थानान्तरण
१२. तलका सिकाइ सिद्धान्तहरू मध्ये पुनर्बल तालिकालाई मुख्य आधारका रूपमा लिने सिकाइ सिद्धान्त कुन हो ?
A. कार्यपरक सिकाइ सिद्धान्त
B. सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्त
C. संज्ञानवादी सिकाइ सिद्धान्त
D. अन्तर्दृष्टि सिकाइ सिद्धान्त
१३. नियमका अनुसार निष्कर्ष निकाल्ने उद्देश्य कुन संज्ञानात्मक क्षेत्र अन्तर्गतको उद्देश्य हो ?
A. ज्ञान
B. बोध
C. प्रयोग
D. विश्लेषण
१४. प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गरी व्यक्तित्व विकास गर्ने भन्ने उद्देश्य कुन खालको उद्देश्य हो ?
A. शिक्षाको राष्ट्रिय उद्देश्य
B. विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य
C. माध्यमिक तहको राष्ट्रिय उद्देश्य
D. आधारभूत तहको राष्ट्रिय उद्देश्य
१५. वार्षिक शैक्षणिक योजना बनाउने मुख्य दायित्व कसको हो ?
A. विद्यालयका प्रधानाध्यापक
B. सम्बन्धित विद्यालयका वि.व्य.स. अध्यक्ष
C. सम्बन्धित विषयक शिक्षक
D. अभिभावक शिक्षक सङ्घ
१६. कक्षा एकका कुनै विद्यार्थीको सिकाइ उपलब्धिको उपलब्धिलाई रेटिङ गरी अभिलेखमा ३ (तीन) जनाइएको छ भने त्यसको व्याख्या कुन हो ?
A. मुख्य सिकाइ उपलब्धि हासिल गर्न नसकेको
B. मुख्य सिकाइ उपलब्धि आंशिक रूपमा हासिल गरेको
C. मुख्य सिकाइ उपलब्धि धेरैजसो हासिल गरेको
D. मुख्य सिकाइ उपलब्धि हासिल गरेको
१७. शिक्षक सङ्ख्या कम भएको अवस्थामा तलका मध्ये कुन शिक्षण व्यवस्थापन उपयोगी हुन सक्छ ?
A. बहुकक्षा शिक्षण
B. कक्षा शिक्षण
C. विषय शिक्षण
D. मिश्रित शिक्षण
१८. कार्यमूलक अनुसन्धान के का लागि गरिन्छ ?
A. सिद्धान्तको प्रतिपादन गर्न
B. कार्ययोजना विकास गर्न
C. तत्काल समस्या समाधान गर्न
D. समस्यालाई सामान्यीकरण गर्न
१९. Which of the following systems is used for the collection, integration, processing, maintenance and dissemination of the data and information to support decision making, policy analysis and formation in the education system?
A. Learning management system (LMS)
B. Integrated Education Management Information System (IEMIS)
C. School Enterprise Resource Planning (ERP)
D. School Management System (SMS)
२०. Use of audio-visual aids in teaching helps to
A. enhance learning outcome
B. facilitate effecting assessment
C. provide relief to the teacher
D. provide a diversion to the learners
२१. तल दिइएका शब्दहरूमा एउटा अन्यभन्दा फरक छ । त्यो शब्द कुन हो, पत्ता लगाउनुहोस् ।
A. गोलभेँडा
B. भन्टा
C. आलु
D. रामतोरिया
२२. तल दिइएको क्रममा प्रश्न चिन्ह रहेको ठाउँमा कुन उपयुक्त हुन्छ दिइएका विकल्पहरू मध्येबाट छान्नुहोस् ।
१८, २७, ३८, ५१, ?
A. ६०
B. ६२
C. ६४
D. ६६
२३. नेपालको संविधानमा भएको व्यवस्था अनुसार प्रारम्भिक बाल विकास तलको कुन मौलिक हकसँग सम्बन्धित छ ?
A. बालबालिका सम्बन्धी हक
B. शिक्षा सम्बन्धी हक
C. शोषण विरुद्धको हक
D. सामाजिक न्यायको हक
२४. शिक्षक अभिभावक सङ्घको कार्यकारी समिति बैठक कम्तीमा कति समयमा बस्नुपर्छ ?
A. महिनाको एक पटक
B. दुई महिनामा एक पटक
C. तीन महिनामा एक पटक
D. चार महिनामा एक पटक
२५. शिक्षकलाई बढुवाको लागि सिफारिस गर्दा तलका मध्ये कुन समूहबाट शिक्षकको हकमा एक वर्ष अनुभव थप गरी जेष्ठता वापतको अंक प्रदान गर्ने व्यवस्था गरिएको छ ?
A. महिला
B. दलित
C. अपाङ्गता
D. माथिका सबै
२६. इरानको पुरानो नाम के हो ?
A. तेहरान
B. तास्कन्द
C. पर्सीया
D. युनान
२७. सीमन्त हिमाली क्षेत्र भन्नाले कुन भौगोलिक भागलाई बुझाउँछ ?
A. समुद्री सतहबाट ३००० मिटरदेखि ७००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र
B. उच्च हिमाली भेगको तल्लो तटीय क्षेत्र
C. उच्च पहाडी तर मौसमी हिउँले ढाक्ने आंशिक उर्वरक्षेत्र
D. हिमाली चिसोले छुने तर हिमाली भेगमा नपर्ने भूभाग
२८. नेपालको संघीय संरचनाका सन्दर्भमा गरिएको प्रशासनिक विभाजनअनुसार स्थानीय तह ७५३ छन् भने वडा सङ्ख्या कति छन् ?
A. ६८०४
B. ६७५३
C. ६७३७
D. ६७४३
२९. नेपालमा योजनाबद्ध आर्थिक विकासको थालनी कहिलेदेखि भएको हो ?
A. २०११
B. २०१२
C. २०१३
D. २०१५
३०. बायोपालोक प्रविधि तलका मध्ये कुन विषयसँग सम्बन्धित छ ?
A. मौरीपालन
B. पशुपालन
C. कुखुरापालन
D. माछापालन
३१. युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेका नेपालका सम्पदाहरू मध्ये तलको कुन चाहिँ प्राकृतिक सम्पदा हो ?
A. चाँगुनारायण
B. लुम्बिनी
C. सगरमाथा
D. स्वयम्भू
३२. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
A. अगस्तीतारा
B. डगस्टार
C. ध्रुवतारा
D. सप्ततारा
३३. रीतिरिवाज, परम्परा, संस्कृति र मूल्य मान्यतालाई संरक्षण, विकास र परिवर्तन गर्न सहयोग गर्नु शिक्षाको कुन कार्यभित्र पर्दछ ?
A. व्यक्तिगत कार्य
B. सामाजिक कार्य
C. राष्ट्रिय कार्य
D. अन्तर्राष्ट्रिय कार्य
३४. मानव विकास र वृद्धिका निर्धारक तत्वहरू कुन कुन हुन् ?
A. मनोविज्ञान र वंशाणुगत
B. सामाजिकीकरण र वातावरण
C. वंशानुक्रम र वातावरण
D. संस्कृति र वातावरण
३५. शिक्षा मनोविज्ञान अनुसार वृद्धि भन्नाले केलाई जनाउँछ ?
A. गुणात्मक रूपमा हुने परिवर्तन
B. जीवनपर्यन्त चलिरहने परिवर्तन
C. मानिसका गुणहरूमा क्रमिक र नियमित रूपमा हुने परिवर्तन
D. शरीरका बाह्य र आन्तरिक अङ्गहरूमा हुने परिवर्तन
३६. तलका मध्ये ठीक भनाइ छुट्ट्याउनुहोस् ।
A. सिकाइ वंशानुगत र जैविक प्रक्रिया हो
B. सिकाइ स्वतः हुन्छ
C. सिकाइ जन्मजात प्रक्रिया हो
D. सिकाइ अनुभव र अभ्यासको सङ्गठन हो
३७. संरचनावारी सिकाइ सिद्धान्तले कुन कुरालाई महत्व दिन्छ ?
A. प्राप्त गरेको अनुभवलाई
B. आन्तरिक क्षमता र प्राप्त अनुभवलाई
C. अभ्यास र अनुभवलाई
D. ज्ञानेन्द्रियलाई
३८. पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्य पूरा गर्ने क्रममा शिक्षकलाई आफ्नो शिक्षण सिकाइ क्रियाकलाप व्यवस्थित एवं प्रभावकारी बनाउन सबैभन्दा बढी सहयोग पुऱ्याउने सामग्री कुन हो ?
A. पाठ्यक्रम
B. पाठ्यपुस्तक
C. शिक्षक निर्देशिका
D. सन्दर्भ सामग्री
३९. शैक्षिक सामग्रीको प्रयोग किन आवश्यक छ ?
A. स्पष्ट धारणाको विकास गर्न
B. सिकाइलाई अर्थपूर्ण र दिगो बनाउन
C. विद्यार्थीहरूलाई उत्सुक, सिर्जनशील र क्रियाशील बनाउन
D. माथिका सबै
४०. परीक्षाका लागि प्रश्नपत्र निर्माण गर्दा पाठ्यक्रममा तोकिएका सबै एकाइहरू पर्नेगरी निर्माण गरिएको छ छैन भनेर गरिने जाँच्ने कार्यलाई के भनिन्छ ?
A. पाठ्यक्रमको वैधताको परीक्षण
B. प्रश्नपत्रको वैधताको परीक्षण
C. रचनात्मक वैधताको परीक्षण
D. विषयगत वैधताको परीक्षण
४१. विद्यालयमा आइपर्ने विपद्को व्यवस्थापनका लागि गरिनुपर्ने तयारी अन्तर्गतको कार्य कुन हो ?
A. खोजतलास र उद्धार गर्ने कार्य
B. विपद् प्रतिकार्य योजना तयार गर्ने कार्य
C. घाइते शिक्षक, विद्यार्थीलाई तत्काल मानवीय सहयोग उपलब्ध गराउने कार्य
D. विपद्बाट विद्यालयलाई पुगेको क्षतिको लेखाजोखा गर्ने कार्य
४२. घटना अध्ययन कस्तो खालको अनुसन्धान हो ?
A. परिणात्मक अनुसन्धान
B. गुणात्मक अनुसन्धान
C. संख्यात्मक तथ्यांकमा आधारित अनुसन्धान
D. समूहको तथ्यांकमा आधारित अनुसन्धान
४३. Which of the following is NOT a storage device?
A. Hard Disk
B. SSD
C. USB Drive
D. Core i5
४४. Which of the following terms best describes a web log of teacher's thoughts, ideas and experiences?
A. Infographic
B. blog
C. website
D. social media
४५. An unsolicited email message sent to many recipients at once is known as ...........
A. virus
B. worm
C. spam
D. threat
४६. तल दिइएका शब्दहरूलाई अर्थ लाग्ने गरी क्रममा राख्नुहोस् ।
१. प्रस्तुतीकरण (presentation)      २. सुझाव (recommendation)      ३. आगमन (arrival)
४. छलफल (discussion)            ५. परिचय (Introduction)
A. ३, ५, १, ४, २
B. ३, ५, ४, २, १
C. ५, ३, १, २, ४
D. ५, ३, ४, १, २
४७. नेपालको संविधान अनुसार तलको मध्ये कुन अधिकार संकटकालीन अवस्थामा पनि निलम्बन हुँदैन ?
A. सम्पत्तिको हक
B. समानताको हक
C. रोजगारीको हक
D. गोपनीयताको हक
४८. शिक्षा ऐन, २०२८ (संशोधन सहित) अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पदावधि कति हुन्छ ?
A. ५ वर्ष
B. ४ वर्ष
C. ३ वर्ष
D. २ वर्ष
४९. प्राथमिक विद्यालयमा कम्तीमा २ जना महिला शिक्षिकाको पद रहन कति शिक्षक दरबन्दी कायम भएको हुनुपर्छ ?
A. ५ जना
B. ७ जना
C. ९ जना
D. ९ भन्दा बढी
५०. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार पुस्तकालय, वाचनालय, सिकाइ केन्द्र, बालक्लब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने जस्ता काम को सँग सम्बन्धित छ ?
A. गाउँ/नगर शिक्षा समिति
B. गाउँपालिका वा नगरपालिका
C. वडा समिति
D. महानगरपालिका
Back