नि मा वि प्रथम पत्र 2080-01-09

नेपाल सरकार
शिक्षक सेवा आयोग
निम्न माध्यमिक तह (तृतीय श्रेणी) शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा सामान्य परीक्षा -2080
तह : निम्न माध्यमिक तह
परीक्षा मिति: २०८०/०१/०९      समय : १ घण्टा
पूर्णाङ्क : १००
उत्तीर्णाङ्क: ५०
वस्तुगत प्रश्न
उम्मेदवारले यस प्रश्नपत्रको उत्तरपुस्तिकामा दिइएको सेट (A, B, C वा D) लाई वस्तुगत उत्तरपानाको निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेक अन्य संकेत लेखेमा उत्तरपुस्तिका परीक्षण हुने छैन । साथै, सही उत्तरलाई वस्तुगत उत्तरपानाको निर्दिष्ट गोलो घेरा (A, B, C वा D) मध्ये कुनै एक भित्र पर्ने गरी कालो मसीले भर्नु पर्नेछ । उक्त स्थान बाहेक अन्यत्र लेख्न वा संकेत गर्न पाइने छैन । गलत उत्तर लेखेमा प्रत्येक गलत उत्तर वापत बीस प्रतिशत अंक कट्टा गरिनेछ । तर उत्तर नदिएमा अंक कट्टा गरिने छैन ।
१. नेपालसँग वि.सं. २००७ सालभन्दा पहिले दौत्य सम्बन्ध कायम भएको मुलुक तलका मध्ये कुन हो ?
क. जापानी
ख. फिलिपिन्स
ग. फ्रान्स
घ. स्विट्जरल्याण्ड
२. तलका मध्ये कुन चाहिँ संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था होइन ?
क. खाद्य तथा कृषि संगठन
ख. अन्तर्राष्ट्रिय श्रम संगठन
ग. अन्तर्राष्ट्रिय अदालत
घ. विश्व स्वास्थ्य संगठन
३. प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो ?
क. मरियाना ट्रेन्च
ख. प्युर्टोरिको ट्रेन्च
ग. जाभा ट्रेन्च
घ. मोलाद्वीप ट्रेन्च
४. कुन महादेशलाई प्रायद्वीपको पनि प्रायद्वीप भनेर चिनिन्छ ?
क. एसिया
ख. युरोप
ग. अस्ट्रेलिया
घ. अफ्रिका
५. सौर्यमण्डलका ग्रहहरूलाई भित्री सौर्यमण्डल र बाहिरी सौर्यमण्डलमा विभाजन गरिएको छ। तलका मध्ये कुन ग्रह भित्री सौर्यमण्डलमा पर्छ ?
क. अरुण (Uranus)
ख. बृहस्पति (Jupiter)
ग. मङ्गल (Mars)
घ. शनि (Saturn)
६. Microsoft Excel is not used for ...
क. Data Analysis
ख. Word Processing
ग. Accounting
घ. Preparing Mark-sheet
७. नेपालको सबैभन्दा लामो हिमनदी खुम्बु हो भने सबैभन्दा ठूलो हिमनदी कुन हो ?
क. लामटाङ
ख. इम्जा
ग. नाङ्पाङ
घ. ल्होत्से सार
८. नेपालको प्रसिद्ध कालिगण्डकी नदीको उदगमस्थल तलका मध्ये कुन चाहिँ हो ?
क. गैसाइकुण्ड
ख. भैरवकुण्ड
ग. सूर्यकुण्ड
घ. दामोदरकुण्ड
९. विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालपत्थर क्षेत्रमा मिति वि.सं. २०६६ मङ्सिर १८ मा बसेको मन्त्रिपरिषदको बैठक कुन विषयमा केन्द्रित थियो ?
क. विपद् व्यवस्थापन
ख. वातावरण संरक्षण
ग. जनसंख्या व्यवस्थापन
घ. विश्व सम्पदा संरक्षण
१०. पूर्वीय दर्शन अनुसारको आयुर्वेद उपचार पद्धतिका प्रणेता को हुन् ?
क. अश्विनी कुमार
ख. च्यवन ऋषि
ग. दधीचि ऋषि
घ. धन्वन्तरी
११. सन् २०२३ मा प्रकाशित विश्व प्रसन्नता प्रतिवेदन अनुसार सबैभन्दा खुशी मुलुकको सूचीमा फिनल्याण्ड प्रथम स्थानमा रहेको छ भने नेपाल कति औं स्थानमा रहेको छ ?
क. ७५ औं
ख. ७६ औं
ग. ७७ औं
घ. ७८ औं
१२. तल दिइएको संरक्षित क्षेत्रहरुमध्ये कुनचाहीँ शिकार आरक्ष हो ?
क. मकालु वरुण
ख. अपिनाम्पा
ग. कोशीटप्पु
घ. ढोरपाटन
१३. हालसम्म विश्व सम्पदा सूचीमा सूचीकृत नभएको नेपालको सम्पदा तलका मध्ये कुन हो ?
क. भक्तपुर दरबार क्षेत्र
ख. गोरखा दरबार क्षेत्र
ग. लुम्बिनी क्षेत्र
घ. हनुमानढोका दरबार क्षेत्र
१४. Which of the following tools is used by teachers to share thoughts, ideas and experiences?
क. Blog
ख. Infographic
ग. Books
घ. Email
१५. सन् २०२२ को UNESCO शान्ति पुरस्कार कसलाई प्रदान गरिएको थियो ?
क. एन्जेला मर्केल
ख. डेनिस सुुलिवान
ग. स्वान्ती पाबो
घ. रोहन करुणतालिका
१६. कुनै व्यक्तिले यात्रा गरिरहेको सवारी साधन बिग्रिएपछि त्यसलाई छोडी दोस्रो साधन खोजी गरी उ गन्तव्यमा पुग्यो । यस घटनामा यात्राबाट तलका मध्ये कुन स्वरूपको सिकाइ प्रयोग भयो ?
क. औपचारिक
ख. अनियमित
ग. अनौपचारिक
घ. नियमित
१७. विद्यालय क्षेत्र सुधार SSRP (२००९-२०१५) ले नसमेटेको तर शिक्षा क्षेत्र योजना SESP (२०७९-२०८७) ले समेटेको सुधारको क्षेत्र तलका मध्ये कुन चाहिँ हो ?
क. समता
ख. गुणस्तर
ग. उत्थानशीलता
घ. संस्थागत सुशासन र व्यवस्थापन
१८. शरीरको अङ्ग प्रत्यङ्गहरूमा आउने परिणात्मक तथा संरचनात्मक परिवर्तन ........हो ।
क. विकास
ख. परिपक्वता
ग. वृद्धि र विकास दुवै
घ. वृद्धि
१९. "सिकाइ भनेको अनुभव एवम् तालिमको माध्यमबाट आउने व्यवहारको परिमार्जन हो" यो भनाइ कसको हो ?
क. Calvin
ख. Gange
ग. Gate
घ. Crow and Crow
२०. तलका मध्ये वृद्धिको विशेषता भित्र नपर्ने कुन हो ?
क. नाप्न वा तौलन सकिन्छ र शारीरिक परिवर्तनसँग सम्बन्धित हुन्छ।
ख. सबै स्थान विशेषमा प्राय एउटै हुन्छ।
ग. शारीरिक परिवर्तनसँग सम्बन्धित हुन्छ।
घ. निश्चित क्रम हुन्छ।
२१. "तपाईंले घोडालाई पानी भएको ठाउँसम्म लैजान सक्नुहुन्छ तर उसलाई पानी पिलाउन सक्नुहुन्न ।" यो भनाइ तलको मध्ये सिकाइका कुन पक्षसँग मिल्छ ?
क. सिक्नका लागि बुद्धिमत्ता
ख. सिकाइका लागि जागरुकता
ग. सिकाइको प्रभाव
घ. सिक्नका लागि अभिरुचि
२२. सिकाइमा शिक्षकको हेराइ र मुस्कुराहट तलका मध्ये कुन प्रकारको पुनर्बल हो ?
क. सकारात्मक शाब्दिक पुनर्बल
ख. सकारात्मक अशाब्दिक पुनर्बल
ग. नकारात्मक शाब्दिक पुनर्बल
घ. नकारात्मक अशाब्दिक पुनर्बल
२३. मनोवैज्ञानिक थर्नडाइकका अनुसार सिकाइका प्राथमिक नियममा नपर्ने तलका मध्ये कुन नियम हो ?
क. तत्परताको नियम
ख. बहुप्रतिक्रियाको नियम
ग. प्रभावको नियम
घ. अभ्यासको नियम
२४. उद्दीपक र प्रतिक्रियाको साहचर्यबाट हुने सिकाइलाई के भनिन्छ ?
क. Learning by association
ख. Conditional response
ग. Unconditional stimuli
घ. Salvation Process
२५. What is google classroom?
क. Replacement for conventional schools
ख. Online School
ग. Web-based learning platform
घ. Course curriculum developed by good.
२६. समालोचनात्मक सोचाइ र समस्या समाधान सीप अन्तर्गत नपर्ने सीप तल दिइएका मध्ये कुनचाहिँ हो ?
क. प्रभावकारी तर्क गर्ने
ख. सिर्जनात्मक सोचाइ
ग. लेखाजोखा तथा निर्णय गर्ने
घ. समस्याको समाधान गर्ने
२७. विद्यालय शिक्षाको राष्ट्रिय प्रारूप, २०७६ ले पाठ्यक्रम विकास गर्ने अधिकार कसलाई दिएको छ ?
क. पाठ्यक्रम विकास केन्द्र र स्थानीय तह
ख. पाठ्यक्रम विकास केन्द्र
ग. पाठ्यक्रम विकास केन्द्र र प्रदेश सरकार
घ. पाठ्यक्रम विकास केन्द्र, प्रदेश सरकार र स्थानीय तह
२८. तलका मध्ये कुन शिक्षण विधिले अप्रत्यक्ष सिकाइलाई प्रोत्साहन गर्छ ?
क. सहभागितामूलक परियोजना कार्य
ख. उदाहरण सहितको प्रवचन विधि
ग. समूह शिक्षण
घ. कुनै विषयमा गरिने प्रदर्शन
२९. शिक्षण सिकाइ क्रियाकलापमा बैङ्किग अवधारणा (Banking Concept) अनुसारको शिक्षण उपयुक्त हुन्न भनेर वकालत गर्ने व्यक्ति को हुन् ?
क. पाउलो फ्रेरे
ख. जोन डिबे
ग. भिगोस्की
घ. माइकल फुलान
३०. तलका मध्ये कुनचाहिँ निर्माणात्मक मूल्याङ्कनको विशेषता हो ?
क. सिकाइको स्तर निर्धारण गर्नु
ख. औपचारिक मूल्याङ्कन प्रक्रियामा आधारित हुनु
ग. सिकाइमा सुधार गर्नु
घ. नतिजाको व्याख्या गर्नु
३१. "प्रयोग गर", "प्रदर्शन गर" र समाधान गर जस्ता क्रियापदहरु भएको प्रश्नले कुन सिकाइ सक्षमत्ता परीक्षण गर्छ ?
क. मूल्याङ्कन
ख. प्रयोग
ग. विश्लेषण
घ. बोध
३२. कक्षाकोठा भित्रको विविधता व्यवस्थापन गर्दै सिकारुको सिकाइ गति र क्षमताअनुसार सूचना र प्रविधि सहित सिकाइ कार्य सञ्चालन भएको अवस्था तल दिइएका मध्ये कुन चाहिँ हो ?
क. आधुनिक कक्षाकोठा व्यवस्थापन
ख. सूचना र प्रविधिमा आधारित शिक्षण
ग. शिक्षक निर्मित तथा शिक्षक केन्द्रित शिक्षण
घ. सिकारुमैत्री सिकाइ
३३. शिक्षा नियमावलीले आधारभूत तह कक्षा ६-८ देखि नै योग्यता पुगेका विषयगत शिक्षकको व्यवस्था गर्नुले कुन प्रकारको शिक्षणलाई अवलम्बन गर्न खोजेको बुझिन्छ ?
क. बहुकक्षा शिक्षण
ख. विषय शिक्षण
ग. मिश्रित शिक्षण
घ. कक्षा शिक्षण
३४. शिक्षकले पढाउन थालेको शुरुवाती चरणमा उनीहरुलाई दिइने सङ्क्षिप्त तालिमलाई तलका मध्ये के भनिन्छ ?
क. Teacher Development
ख. Initial Teacher Training
ग. Induction Training
घ. Initial Training Education
३५. आफूमा भएको ज्ञान, सिप एवम् अनुभवको विश्लेषण गर्ने बानी शिक्षकको कुन सक्षमत्ता अन्तर्गत पर्दछ ?
क. विषयवस्तुको ज्ञान
ख. शिक्षण सिकाइका तौर तरिका सम्बन्धी
ग. निरन्तर सिकाइ र पेसागत विकास
घ. सञ्चार तथा सहकार्य
३६. What is Chat GPT?
क. Video Sharing Platform
ख. Search Engine
ग. Language Model
घ. Artificial Intelligence Chatbot
३७. नेपालको परराष्ट्र नीति.............. मा आधारित छ।
क. छिमेकीसँगको समझदारी
ख. पञ्चशील
ग. आर्थिक कुटनीति
घ. सहकार्य र समन्वय
३८. शिक्षक निर्देशिकाले तलका मध्ये कुनलाई बुझाउँछ ?
क. पाठ्यपुस्तकको वैकल्पिक साधन
ख. विद्यार्थीको स्वाध्ययन सामग्री
ग. शिक्षकको तालिम सामग्री
घ. अध्यापन मार्गदर्शन
३९. चालू पन्ध्रौँ पञ्चवर्षीय योजना (आ.व. २०७६/०७७-२०८०/०८१) ले अन्त्यसम्म गरिबीको रेखामुनि रहेको जनसंख्या कुल जनसंख्याको कति प्रतिशत रहने अपेक्षा गरिएको छ ?
क. ८.५ प्रतिशत
ख. ९.५ प्रतिशत
ग. १०.५ प्रतिशत
घ. ११. ५ प्रतिशत
४०. Which is the best way to set secured password in email?
क. Use only letters
ख. Use letters and numbers
ग. Use with letters, number and symbols
घ. Use large numbers
४१. शिक्षा सम्बन्धी मौलिक हकको सन्दर्भमा नेपालको संविधानमा उल्लेख नभएको विषय तलका मध्ये कुन हो ?
क. महिलालाई शिक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसरको हक
ख. प्रत्येक बालबालिकालाई निःशुल्क उच्च शिक्षा पाउने हक
ग. प्रत्येक व्यक्तिलाई आफ्नो भाषा गर्ने हक
घ. आर्थिक रुपले विपन्न नागरिकलाई निःशुल्क उच्च शिक्षा पाउने हक
४२. शैक्षिक गुठीको आय व्ययको लेखा कोबाट लेखा परीक्षण गराउनु पर्ने हुन्छ ?
क. महालेखा परीक्षकले खटाएको लेखापरीक्षकबाट
ख. स्थानीय तहबाट खटाएको लेखापरीक्षकबाट
ग. मान्यता प्राप्त लेखापरीक्षकबाट
घ. शिक्षा विकास तथा समन्वय इकाइबाट खटाइएको लेखापरीक्षकबाट
४३. शिक्षकलाई नसियत दिने वा दुई तलब वृद्धि रोक्काको निर्णय गर्ने अधिकार कसलाई दिइएको छ ?
क. प्रधानाध्यापक
ख. विद्यालय व्यवस्थापन समिति
ग. शिक्षा विकास तथा समन्वय एकाई प्रमुख
घ. स्थानीय तह
४४. शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) अनुसार शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम, परीक्षा प्रणाली र मूल्याङ्कन प्रक्रिया कसले तोके बमोजिम हुन्छ ?
क. नेपाल सरकार
ख. पाठ्यक्रम विकास केन्द्र
ग. शिक्षक सेवा आयोग
घ. शिक्षा तथा मानव स्रोत विकास केन्द्र
४५. शिक्षक सेवा आयोगको अध्यक्ष हुनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
क. ३५ वर्ष
ख. ४० वर्ष
ग. ४५ वर्ष
घ. ५० वर्ष
४६. नेपालको संविधान अनुसार संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची कुन अनुसूचीमा उल्लेख छ ?
क. अनुसूची ६
ख. अनुसूची ७
ग. अनुसूची ८
घ. अनुसूची ९
४७. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी कुन अधिकार स्थानीय तहलाई दिइएको छ ?
क. नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन र नियमन
ख. पाठ्यक्रम निर्माण र संशोधन
ग. राष्ट्रिय परीक्षा सञ्चालन
घ. विश्वविद्यालय सम्बन्धन
४८. कति जना भन्दा बढी बालबालिका भएको अवस्थामा बालविकास केन्द्र स्थापना गर्न सकिने व्यवस्था छ ?
क. १० जना
ख. १५ जना
ग. २० जना
घ. २५ जना
४९. नेपालमा कतिवटा स्थानीय तहहरू रहेका छन् ?
क. ७४४
ख. ७५३
ग. ७६१
घ. ७७
५०. सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण पक्ष कुन हो ?
क. कम्प्युटरको मूल्य
ख. डिजिटल नैतिकता र सुरक्षा
ग. इन्टरनेटको गति मात्र
घ. हार्डवेयरको रङ
Back