नेपाल सरकार
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा -२०८१
विषयगत प्रश्नपत्र
तलका सबै प्रश्नहरू हल गर्नुहोस्।
१.
नेपालको संविधानले व्यवस्था गरेका शिक्षासम्बन्धी मौलिक हकहरू उल्लेख गर्नुहोस्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाउँपालिका र नगरपालिकालाई शिक्षासम्बन्धमा दिएका कुनै चार ओटा अधिकार लेख्नुहोस्। विद्यालय विकासमा स्थानीय तहले समुदायको सहभागिता अभिवृद्धिमा के कसरी सहयोग र समन्वय गर्न सक्छ ? उल्लेख गर्नुहोस्।
३+४+३
२.
कक्षाकोठा व्यवस्थापन भनेको के हो ? कक्षा सजावट र बसाइ व्यवस्थापनले विद्यार्थी सिकाइमा के कस्तो प्रभाव पार्दछ ? व्याख्या गर्नुहोस्।
३+७
३.
स्थानीय पाठ्यक्रम निर्माण प्रक्रिया उल्लेख गर्दै यस सम्बन्धमा विद्यमान अभ्यास, देखापरेका समस्या तथा ती समस्या समाधानका उपायहरूको बारेमा चर्चा गर्नुहोस्।
३+२+२+३
४.
नैतिक र चरित्रवान् जनशक्तिको विकास गर्नु आजको आवश्यकता हो। यस सन्दर्भमा नैतिक र चरित्रवान् जनशक्ति विकासमा शिक्षक, विद्यालय, समुदाय र सरकारको भूमिका उल्लेख गर्दै शिक्षक र विद्यालयले खेल्नुपर्ने भूमिकाको कार्यान्वयनका लागि कार्ययोजना तयार पार्नुहोस्।
५+५
५.
कक्षाकोठामा सिकाइ सहजीकरणको क्रममा शिक्षक तथा विद्यार्थीबाट प्रयोग गर्न सकिने सक्रिय सिकाइका रणनीति र प्रयोग गर्ने तरिकालाई एबीसी (ABC) फ्रेमवर्कको ढाँचामा प्रस्तुत गर्नुहोस्।
१०
६.
आधारभूत तहमा निर्माणात्मक विद्यार्थी मूल्याङ्कनलाई किन बढी जोड दिनुपर्छ ? तर्क गर्नुहोस्। विद्यालय तहमा विद्यार्थी मूल्याङ्कनमा देखा परेका समस्याहरू उल्लेख गर्दै ती समस्या समाधानका लागि शिक्षकले खेल्नुपर्ने भूमिका स्पष्ट पार्नुहोस्।
२+४+४
नेपाल सरकार
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा -२०८१
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१.
नेपालको संविधानको कुन चाहिँ नीतिमा शिक्षासम्बन्धी नीतिहरू उल्लेख गरिएको छ ?
२.
कुनै विदेशीले नेपालमा अध्ययन गर्दा अनिवार्य नेपाली विषय अध्ययन गर्नुपर्ने अवस्थामा निजले चाहेमा त्यसको सट्टा तलका मध्ये कुन विषय अध्ययन गर्न सक्ने व्यवस्था छ ?
३.
द्वन्द्वलाई खराब कुरा मानी यसलाई दबाउनु पर्दछ भन्ने मान्यता कस्तो प्रकारको मान्यता मानिन्छ ?
४.
विद्यालयमा गरिने सामाजिक परीक्षणको मुख्य उद्देश्य के हो ?
५.
No-win-No loss रणनीति द्वन्द्व व्यवस्थापनको कुन रणनीति अन्तर्गत पर्दछ ?
६.
शिक्षक प्रशिक्षण कार्यक्रमको मुख्य उद्देश्य तलका मध्ये कुन हो ?
७.
तलका कुन विकल्पले शिक्षण प्रणालीका तीन तत्त्वलाई बुझाउँछन् ?
८.
नक्सा, ग्लोब र चार्ट कस्ता शैक्षिक सामग्री अन्तर्गत पर्दछन् ?
९.
कक्षाकोठामा शैक्षणिक सामग्रीको प्रयोग कम हुनुको मुख्य कारण कुन हो ?
१०.
निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको मुख्य उद्देश्य के हो ?
११.
पाठ्यक्रममा समावेश गरिएको क्षेत्र र क्रमले पाठ्यक्रमको कुन तत्त्वलाई समेटेको हुन्छ ?
१२.
पाठ्यक्रमलाई सर्वप्रथम उद्देश्यको रूपमा प्रयोग गर्ने पाठ्यक्रमविद् तलका मध्ये कुन हुन् ?
१३.
महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धिमा महिला अधिकार सम्बद्ध ३० वटा धाराहरू रहेका छन् । उक्त महासन्धि विश्वव्यापी रूपमा कहिलेदेखि लागू भएको हो ?
१४.
व्यक्तिको फरक क्षमतालाई कदर गरी अवसर उपलब्ध गराउने अवधारणालाई के भनिन्छ ?
१५.
दूर तथा खुला सिकाइका सहभागीहरू सिकाइका लागि एकै स्थानमा जम्मा हुन नसक्ने तर एउटै समयमा सिक्न सक्ने अवस्थामा शिक्षण सिकाइका लागि तलको मध्ये कुन उपयुक्त विधि हो ?
१६.
तलका मध्ये कुन चाहिँ शिक्षाको राष्ट्रिय उद्देश्य होइन ?
१७.
विद्यालय क्षेत्र विकास योजना (२०७३-२०८०) को अन्त्यमा १५ वर्षभन्दा माथिको साक्षरता कति प्रतिशत पुर्याउने लक्ष्य लिइएको थियो ?
१८.
राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ पहिलो चरणमा लागू भएका जिल्ला कुन कुन हुन् ?
१९.
अध्यापन अनुमतिपत्र लिनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्दछ ?
२०.
शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
२१.
विद्यालयमा भाषिक विविधता सम्बोधन गर्ने उत्तम उपाय कुनलाई मानिन्छ ?
२२.
बालमैत्री विद्यालय राष्ट्रिय प्रारूपले समावेश गरेका बालमैत्री विद्यालयका पक्षहरूमा तलको कुन पक्ष समावेश छैन ?
२३.
"नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ" भन्ने प्रावधान नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ ?
२४.
शिक्षकलाई कार्यक्षमताको आधारमा बढुवा गर्दा तालिम वापत अधिकतम कति अङ्क प्रदान गर्न सकिने व्यवस्था छ ?
२५.
पेसाकर्मीको रूपमा शिक्षक को प्रति बढी उत्तरदायी हुनुपर्दछ ?
२६.
विद्यालयस्तरीय योजना कसले स्वीकृत गर्दछ ?
२७.
बृहत् विद्यालय सुरक्षा ढाँचा (Comprehensive School Safety Framework) अन्तर्गत स्तम्भ दुई (विद्यालय विपत् व्यवस्थापन) मा कुन कुरा राखिएको छ ?
२८.
विद्यालय सुधार योजना (School Improvement Plan) निर्माण गर्दा सो योजनामा कार्यान्वयन योजना कति वर्षसम्मको उल्लेख गर्नु पर्दछ ?
२९.
विपत्को घटना घट्नासाथ तत्कालै गरिने खोज एवम् राहतसँग सम्बन्धित कार्य कुन हो ?
३०.
पाठ्यपुस्तकको सट्टा कार्यकलाप कार्ड (Activity Card) को प्रयोग कुन प्रकारको शिक्षणमा गरिन्छ ?
३१.
मूल्याङ्कनमा रुब्रिक्स भन्नाले के जनाउँदछ ?
३२.
प्राथमिक तहको निरन्तर विद्यार्थी मूल्याङ्कनको मापदण्डमा समावेश नभएको मापदण्ड कुन हो ?
३३.
कार्यमूलक अनुसन्धानको चरणहरूको क्रम तलका मध्ये कुन ठिक हो ?
३४.
कार्यमूलक अनुसन्धान र घटना अध्ययनसम्बन्धी तल दिइएका कथनमध्ये सही कुन हो ?
३५.
अनुसन्धानको विशेषता अन्तर्गत देहायका मध्ये कुन पर्छ ?
३६.
शिक्षण सुधार योजना निर्माण गर्ने जिम्मेवारी कसको हुन्छ ?
३७.
सिकाइमा प्रभाव पार्ने संज्ञानात्मक तत्त्व तल दिइएका मध्ये कुन हो ?
३८.
मास्लोको अनुसार आधारभूत तहको आवश्यकता तलको मध्ये कुन हो ?
३९.
बाल अधिकार महासन्धि (Convention on the Rights of the Child) ले बालबालिकाको शिक्षाको हककसम्वन्धी कुन कुरामा जोड दिएको छ ?
४०.
पाठ्यक्रमको कार्यान्वयनमा शिक्षकलाई शिक्षणमा सहयोग गर्न बनाइने शैक्षिक सामग्री कुन हो ?