प्राथमिक 1st Class 2082

नेपाल सरकार
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा -२०८२
तह : प्राथमिक
श्रेणी : प्रथम
पूर्णाङ्क : ६०
समय : २ घण्टा २० मिनेट
विषयगत प्रश्नपत्र
तलका सबै प्रश्नहरू हल गर्नुहोस् ।
१. सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रमसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था उल्लेख गर्दै दिवा खाजा कार्यक्रमको महत्त्व र यसको प्रभावकारी कार्यान्वयनमा देखिएका चुनौतीहरू बुँदागत रूपमा लेख्नुहोस् । ४+३+३
२. विविधतापूर्ण समाजको प्रतिविम्बन कक्षाकोठामा हुने हुँदा फरक फरक भाषिक, सामाजिक, सिकाइ क्षमता, बौद्धिकता र शारीरिक अवस्था भएका विद्यार्थीहरूको उपस्थिति कक्षामा रहनु स्वाभाविक हुन्छ । यस प्रकारका विविधता भएका सबै विद्यार्थीलाई सिकाइका विषयवस्तु, सिकाइ क्रियाकलाप र मूल्याङ्कनमा समताको वातावरण निर्माण गर्नु शिक्षकको जिम्मेवारी हो । विविधतामैत्री कक्षाकोठामा सिकाइप्रति सबै बालबालिकाको समान पहुँच र सहभागिता सुनिश्चित गर्न प्रयोग गर्न सकिने कुनै चारओटा नवीनतम शिक्षण क्रियाकलापको चर्चा गर्दै "हाम्रो सेरोफेरो" विषयको कुनै एक विषय क्षेत्रमा आधारित रहेर एकीकृत नमुना पाठयोजना निर्माण गर्नुहोस् । ४+६
३. आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा ४-५), २०७८ मा तोकिएबमोजिमका आन्तरिक मूल्याङ्कनका आधार र भार उल्लेख गर्दै यसको प्रभावकारिताको विश्लेषण गर्नुहोस् । ५+५
४. शिक्षामा समसामयिक मुद्दाहरूको बारेमा छोटकरीमा चर्चा गर्नुहोस् । शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट हुने फाइदाहरू उल्लेख गर्दै सामुदायिक विद्यालयमा यसको प्रयोगमा देखिएका समस्याहरूलाई कसरी व्यावहारिक रूपमा समाधान गर्न सकिन्छ, लेख्नुहोस् । ४+३+३
५. शिक्षक व्यवस्थापन तथा पेसागत विकासका प्रयासहरूको छोटकरीमा चर्चा गर्दै शिक्षकको पेसागत उत्तरदायित्व र परिपालनामा देखिएका चुनौतीहरूको समीक्षा गर्नुहोस् । ५+५
६. कार्यमूलक अनुसन्धानको परिचय दिँदै कार्यमूलक अनुसन्धान र मामला अध्ययनबिचको तीनओटा फरक उल्लेख गरी तिनको व्यावहारिक उपयोग लेख्नुहोस् । ३+३+४
नेपाल सरकार
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा -२०८२
तह : प्राथमिक
श्रेणी : प्रथम
समय : ४० मिनेट
सेट : D
पूर्णाङ्क : ४०
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१. सन् २०२५ को अन्तर्राष्ट्रिय साक्षरता दिवसले जोड दिएको कार्यक्रम कुन हो ?
A. Digital Literacy Program
B. Multi Literacy Program
C. Functional Literacy Program
D. Lifelong Literacy Program
२. तलकामध्ये कुन कारणले सिकाइको प्रभावकारितामा सकारात्मक प्रभाव पार्दछ ?
A. सिकारूको प्रेरणाको कमी
B. असान्दर्भिक पाठ्यवस्तु
C. निरन्तर तनाव र डरको वातावरण
D. सिकारूको सक्रिय सहभागिता
३. विद्यालय शिक्षाको माध्यम भाषा तलकामध्ये कुन भाषा हुने व्यवस्था रहेको छ ?
A. नेपाली, अङ्ग्रेजी वा दुवै भाषा
B. नेपाली भाषा
C. मातृभाषा
D. अङ्ग्रेजी भाषा
४. अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए नभएको विषयमा अनुगमन गर्ने समितिले तयार पारेको अनुगमन सूचकाङ्क कसले स्वीकृत गर्दछ ?
A. नेपाल सरकार
B. शिक्षा तथा मानव स्रोत विकास केन्द्र
C. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
D. शैक्षिक गुणस्तर परीक्षण केन्द्र
५. विद्यालयमा विपद् पूर्व तयारीको सबैभन्दा प्रभावकारी पक्ष कुन हो ?
A. जोखिम न्यूनीकरण योजना र नियमित अभ्यास
B. सुरक्षा उपकरणको उपलब्धता
C. भौतिक संरचनाको सुदृढीकरण
D. आपतकालीन सञ्चारको व्यवस्था
६. शैक्षणिक योजनाको सामाजिक न्यायलाई प्रवर्द्धन गर्ने विषय तलकामध्ये कुन उद्देश्यसँग सम्बन्धित छ ?
A. विद्यार्थीबिच प्रतिस्पर्धा बढाउने
B. शैक्षिक असमानता कम गर्ने
C. शिक्षालाई सर्वसुलभ बनाउने
D. सबै क्षेत्रको लागि पाठ्यक्रमलाई मानकीकृत गर्ने
७. बालबालिकामा असल आचरण तथा बानीको विकासमा दिइएकामध्ये सबैभन्दा बढी उपयोगी सिकाइ सहजीकरण विधि कुन हो ?
A. प्रदर्शन विधि
B. प्रश्‍नोत्तर विधि
C. प्रवचन विधि
D. अवलोकन विधि
८. विद्यार्थीको पोर्टफोलियो व्यवस्थापनको मुख्य उद्देश्य के हो ?
A. विद्यार्थी सिकाइको अभिलेख अनुसार सुधारत्मक कार्य गर्नु
B. विद्यार्थी सिकाइको मापन गर्नु
C. शिक्षकको कार्यसम्पादन मूल्याङ्कन गर्नु
D. विद्यालयको सिकाइ उपलब्धि वृद्धि गर्नु
९. शिक्षक पदको विज्ञापन गर्ने प्रयोजनार्थ शिक्षक सेवा आयोगमा रिक्त शिक्षक पदको विवरण पठाउने जिम्मेवारी कसको हो ?
A. विद्यालय
B. स्थानीय तह
C. शिक्षा विकास तथा समन्वय एकाइ
D. शिक्षा तथा मानव स्रोत विकास केन्द्र
१०. लेटर ग्रेडिङ्ग प्रक्रियामा B+ को व्याख्या कुन हो ?
A. अत्युत्तम
B. उत्कृष्ट
C. उत्तम
D. सन्तोषजनक
११. शैक्षणिक सामग्री निर्माण गर्दा तल दिइएका मध्ये कुन कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ?
A. कम मूल्य पर्ने
B. बाल मैत्री
C. पाठ्यक्रमको उद्देश्यअनुरूप
D. स्थानीय स्तरमा पाइने
१२. उपचारात्मक शिक्षण सिकाइको मुख्य उद्देश्य के हो ?
A. विद्यार्थीमा हुनसक्ने सिकाइ समस्याको लेखाजोखा गरी वैयक्तिक सहयोग गर्नु
B. आधारभूत सिकाइ सिप हासिल गर्न सहयोग गर्नु
C. शैक्षिक उपलब्धिमा सुधार गर्न सहयोग गर्नु
D. माथिका सबै
१३. सिकाइका लागि मूल्याङ्कन (Assessment for Learning) गर्नुको अभिप्राय के हो ?
A. सिकेका कुराको मूल्याङ्कन गर्नु
B. सिकाइको अभिलेख राख्नु
C. कमजोर सिकारूका लागि थप सिकाइको अवसर दिनु
D. कक्षा स्तरोन्नतिबारे निर्णय लिनु
१४. शिक्षक सेवा आयोग नियमावली, २०५७ बमोजिम शिक्षक सेवा आयोगको काम, कर्तव्य र अधिकारअन्तर्गत तल दिइएकामध्ये कुनचाहिँ पर्दछ ?
A. शिक्षकको सेवा शर्त र सुविधा सम्बन्धमा मन्त्रालयलाई सुझाव दिनु
B. सामुदायिक विद्यालयको स्थायी शिक्षकको राजीनामा स्वीकृत गर्नु
C. विद्यालय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तक स्वीकृत गर्नु
D. शिक्षकहरूको कार्य क्षमताको मूल्याङ्कन गरी त्यसको अभिलेख राख्नु
१५. नेपालको संविधानको शिक्षासम्बन्धी हकले प्रत्येक नागरिकलाई कुन शिक्षामा पहुँचको व्यवस्था गरेको छ ?
A. प्रारम्भिक शिक्षा
B. प्राथमिक शिक्षा
C. आधारभूत शिक्षा
D. माध्यमिक शिक्षा
१६. विशेष आवश्यकतामा आधारित शिक्षाको प्रमुख औजार (Tool) के हो ?
A. गाँउ शिक्षा योजना
B. विद्यालय सुधार योजना
C. नगर शिक्षा योजना
D. वैयक्तिक शैक्षिक योजना
१७. विद्यालयमा शिक्षकलाई पेसागत स्वायत्तता, उच्चस्तरीय समन्वय र अन्तर वैयक्तिक सम्बन्ध स्थापित गर्ने कार्य कुन नेतृत्वले गर्दछ ?
A. निरङ्कुश नेतृत्व
B. प्रजातान्त्रिक नेतृत्व
C. स्वतन्त्र नेतृत्व
D. उदारवादी नेतृत्व
१८. विद्यार्थीको मनोवैज्ञानिक पक्षको व्यवस्थापन किन अपरिहार्य हुन्छ ?
A. सिकाइ प्रभावकारी र चिरस्थायी बनाउन
B. विद्यार्थी शिक्षक सम्बन्ध सुधार गर्न
C. सिकाइ वातावरण निर्माण गर्न
D. दोहोरो सञ्चार स्थापित गर्न
१९. स्थानीय विषयको पाठ्यक्रम, पाठ्यपुस्तक एवम् पाठ्यसामग्री विकास गर्ने मुख्य दायित्व कसको हो ?
A. विद्यालय
B. स्थानीय तह
C. जिल्ला पाठ्यक्रम समन्वय समिति
D. विषय विज्ञ
२०. शैक्षिक व्यवस्थापनका सिद्धान्तहरूमध्ये परिवर्तन व्यवस्थापनको सिद्धान्त प्रतिपादन गर्ने व्यवस्थापनविद् तलकामध्ये कुन हुन् ?
A. Kurt Lewin
B. Max Weber
C. Elton Mayo
D. Peter Drucker
२१. सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु तलकामध्ये कुन शिक्षाको कर्तव्य हो ?
A. नैतिक शिक्षा
B. नागरिक शिक्षा
C. सैनिक शिक्षा
D. सदाचारी शिक्षा
२२. पाठ्यक्रमका सबै विषय क्षेत्र समेटेर बनाइएको प्रश्नको प्रकार तलकामध्ये कुन हो ?
A. ठिक बेठिक प्रश्न
B. जोडा मिलाउने प्रश्न
C. वस्तुगत प्रश्न
D. विषयगत प्रश्न
२३. सोलहौँ पञ्चवर्षीय योजनाको सोचबमोजिम शिक्षा क्षेत्रसँग सम्बन्धित प्रमुख उद्देश्य कुन हो ?
A. सुशासन कायम गर्नु
B. सामाजिक न्याय स्थापित गर्नु
C. समृद्धि हासिल गर्नु
D. मानव पूँजी निर्माण गर्नु
२४. समताको सिद्धान्तअन्तर्गत नपर्ने तत्त्व कुन हो ?
A. पहुँच
B. सहभागिता
C. भेदभाव
D. न्याय
२५. विद्यालय शिक्षा योजना (SESP) को उद्देश्य तलकामध्ये कुन होइन ?
A. समतामूलक पहुँच र सहभागिता
B. गुणस्तर र सान्दर्भिकता
C. वैकल्पिक सिकाइको सुदृढीकरण
D. उत्थानशीलता
२६. शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक विद्यालयमा स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताद्वारा पूर्ति हुने शिक्षक पदमध्ये अपाङ्गता भएका व्यक्तिलाई आरक्षित सिटमध्येबाट कति प्रतिशत सिट आरक्षण गरिएको छ ?
A. तीन प्रतिशत
B. चार प्रतिशत
C. पाँच प्रतिशत
D. नौ प्रतिशत
२७. तल दिइएकामध्ये कुन उमेर समूहलाई उत्तरबाल्यावस्था भनिन्छ ?
A. ६ वर्ष देखि १२ वर्षसम्म
B. ६ वर्ष देखि १० वर्षसम्म
C. ६ वर्ष देखि ८ वर्षसम्म
D. माथिका सबै
२८. सिकाइको रूपमा मूल्याङ्कन (Assessment as learning) कुन मूल्याङ्कनसँग सम्बन्धित छ ?
A. निर्माणात्मक
B. निर्णयात्मक
C. निदानात्मक
D. स्व-मूल्याङ्कन
२९. अनुसन्धान कार्यलाई बुझाउने उपयुक्त वाक्यांश कुन हो ?
A. व्यवस्थित अध्ययन
B. विस्तृत अध्ययन
C. निरन्तर अध्ययन
D. स्वतन्त्र अध्ययन
३०. विद्यालय सुधार योजनाको चक्रको तल दिइएका मध्ये उपयुक्त क्रम कुन हो ?
A. उद्देश्य निर्माण, योजना, कार्यान्वयन र समीक्षा
B. योजना, कार्यान्वयन र समीक्षा
C. उद्देश्य निर्माण, कार्यान्वयन र समीक्षा
D. समीक्षा, योजना र कार्यान्वयन
३१. कक्षाकोठा व्यवस्थापन गर्दा शिक्षकले सिकाइका सम्बन्धमा दिइएकामध्ये तलको कुन कुरा सबैभन्दा बढी ध्यान दिनुपर्छ ?
A. भौतिक पक्ष
B. आर्थिक पक्ष
C. वातावरणीय पक्ष
D. मनोवैज्ञानिक पक्ष
३२. शिक्षकले अध्ययन बिदा लिनको लागि कति वर्ष स्थायी सेवा अवधि पूरा गरेको हुनुपर्ने व्यवस्था छ ?
A. ७ वर्ष
B. ५ वर्ष
C. ४ वर्ष
D. ३ वर्ष
३३. सिकाइमा किन उत्प्रेरणाका सिद्धान्तहरूको प्रयोग गरिन्छ ?
A. समयको अर्थपूर्ण व्यवस्थापन गर्न
B. एक प्रकारको सिकाइ वातावरण निर्माण गर्न
C. सिकाइलाई प्रभावकारी र दिगो बनाउन
D. सिकारुलाई सिकाइप्रति जिम्मेवार बनाउन
३४. पहिलो पटक राष्ट्रिय पाठ्यक्रम प्रारूप कहिले निर्माण गरिएको हो ?
A. वि.सं. २०४९
B. वि.सं. २०६३
C. वि.सं. २०७१
D. वि.सं. २०७६
३५. वार्षिक शैक्षणिक योजनाले तलकामध्ये कुन पक्षमा सघाउ पुर्‍याउन बढी मद्दत गर्छ ?
A. अतिरिक्त क्रियाकलापलाई व्यवस्थित बनाउन
B. शिक्षकको पेसागत विकास गर्न
C. दैनिक पाठयोजना र एकाइ योजना निर्माण गर्न
D. मूल्याङ्कनलाई वैधता प्रदान गर्न
३६. विद्यालयले सिकाइ स्तरअनुसार सिकाइमा सहयोगका लागि प्रयोग गर्न सक्ने सिकाइ रणनीति कुन हो ?
A. विद्यार्थी केन्द्रित शिक्षण
B. Flipped Classroom
C. निरन्तर सिकाइ मूल्याङ्कन
D. निर्णयात्मक मूल्याङ्कन
३७. तलकामध्ये कुनचाहिँ निकायको अध्यक्ष शिक्षा मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था छ ?
A. शैक्षिक जनशक्ति विकास परिषद्
B. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्
C. विशेष शिक्षा परिषद्
D. माथिका सबै
३८. समस्या समाधान (Problem solving) गर्न सक्नु तलकामध्ये कुन प्रकारको सिप हो ?
A. शारीरिक सिप
B. सामाजिक सिप
C. संज्ञानात्मक सिप
D. व्यावहारिक सिप
३९. विशिष्टीकरण तालिकाको प्रयोग किन आवश्यक छ ?
A. असल प्रश्नपत्र निर्माण गर्न
B. शैक्षणिक योजनाको निर्माण र प्रयोग गर्न
C. मूल्याङ्कनमा वैधता कायम गर्न
D. माथिका सबै
४०. एउटै वा एउटै समूहका बालबालिकाहरूको निरन्तर समयको अध्ययनपछि विभिन्न उमेरमा आएको शारीरिक, बौद्धिक, संवेगात्मक, क्रियात्मक, शैक्षिक तथा विभिन्न व्यवहारको परिवर्तनको सामान्यीकरण गर्ने विधि तलकामध्ये कुन हो ?
A. लम्बीय विधि
B. अवलोकन विधि
C. क्षितिजीय विधि
D. घटना अध्ययन विधि
Back