शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा २०८०
विषयगत प्रश्नपत्र
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. स्थानीय तहलाई विद्यालय शिक्षा सम्बन्धमा प्रदान गरिएको कानूनी जिम्मेवारी प्रयोगको अवस्था विश्लेषण गर्दै गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि स्थानीय तहले निर्वाह गर्न सक्ने भूमिकाको चर्चा गर्नुहोस् ।
४+६
२. कक्षाकोठामा देखिने विविधताका विभिन्न स्वरुपहरू उल्लेख गर्दै विद्यार्थी विविधतालाई शिक्षण सिकाइमा प्रभावकारी ढङ्गले कसरी उपयोग गर्न सकिन्छ ? कार्यान्वयनयोग्य सुझावहरू प्रस्तुत गर्नुहोस् ।
४+६
३. बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन पश्चात बालबालिकाको अधिकार संरक्षणका लागि नेपालले गरेका प्रयासहरू उल्लेख गर्दै ती अधिकारहरूलाई सुनिश्चित गर्न आगामी दिनमा गर्नुपर्ने कार्यहरू उल्लेख गर्नुहोस् ।
५+५
४. प्राथमिक तहको शिक्षकका लागि समावेशी शिक्षासम्बन्धी ज्ञान किन आवश्यक हुन्छ ? विभिन्न अवस्था र सिकाइ आवश्यकता भएका विद्यार्थीहरूका लागि उपयुक्त हुने कक्षाकोठाभित्र सिकाइ वातावरण सिर्जना गर्ने तरिकाहरू उदाहरण सहित वर्णन गर्नुहोस् ।
३+७
५. सरकारले शिक्षकको पेसागत विकासका लागि शिक्षक तालिममा ठूलो मात्रामा लगानी गर्दै आएको भए तापनि विद्यार्थीको सिकाइ उपलब्धिमा अपेक्षित सुधार हुन सकेको छैन । यसका कारणहरू उल्लेख गर्दै शिक्षक तालिमलाई अझ बढी प्रभावकारी र कक्षाकोठाभित्र तालिमको उपयोग हुने वातावरण बनाउन के गर्नुपर्ला ? सुझावहरू प्रस्तुत गर्नुहोस् ।
३+३+४
६. कार्यमूलक अनुसन्धान भनेको के हो ? शिक्षकको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन यसको प्रयोग कसरी गर्न सकिन्छ ? शिक्षण सिकाइमा आइपर्ने कुनै समस्यालाई आधार मानी कार्यमूलक अनुसन्धानको नमुना प्रस्तुत गर्नुहोस् ।
२+२+६
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा २०८०
सेट : D
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१. स्थानीय तहमा बनाइने शैक्षिक योजनाको महत्वपूर्ण विशेषता तलका मध्ये कुन हो ?
२. विविधता व्यवस्थापन गर्दा विशेष रुपमा ध्यान दिनुपर्ने पक्ष कुनकुन हुन् ?
३. विद्यार्थीको सिकाइ क्षमताको आधारमा तीक्ष्ण, मध्यम र कमजोर गरी समूह विभाजन गर्नुका पछाडिको उद्देश्य तलका मध्ये कुन हो ?
४. ढिलो सिक्ने र छिटो सिक्ने सबै बालबालिकाहरूले आफ्नो गति र क्षमता अनुसार सिक्न पाउनु तलका मध्ये कुन शैक्षिक प्रबन्धको विशेषता हो ?
५. बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ का बालअधिकारका चार स्तम्भहरू मध्ये कुन स्तम्भले शिक्षाको अधिकारसँग बढी सम्बन्ध राख्दछ ?
६. तलका मध्ये कुन कथन सिकाइ तत्परता सँग सम्बन्धित छ ?
७. बालक्लव, शिक्षक-अभिभावक सङ्घ गठन र सामुदायिक भेला जस्ता प्रक्रियाहरूले तलका मध्ये कुन पक्षलाई जनाउँछ ?
८. पाठ्यघण्टा (Credit hour) भन्नाले के बुझिन्छ ?
९. आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम संरचना अनुसारको "हाम्रो सेरोफेरो" विषयलाई तलका मध्ये कुन ढाँचाको रुपमा एकीकृत गरिएको छ ?
१०. आधारभूत तहको पाठ्यक्रम अनुसार कक्षा ४-५ सम्म पठनपाठनका लागि वार्षिक कति घण्टा निर्धारण गरिएको छ ?
११. कक्षा १ देखि १० को पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित भएर श्रव्य वा श्रव्यदृश्य सामग्री विकास गरी रेडियो र टेलिभिजनबाट प्रसारण गर्ने कार्य तलका संस्था मध्ये कसले गरिरहेको छ ?
१२. कक्षा ५ को नेपाली भाषा शिक्षण क्रममा गरिने क्रियाकलापमा लैङ्गिक संवेदनशीलताका दृष्टिले तलका मध्ये कुन क्रियाकलाप ठीक छ ?
१३. तलका मध्ये प्रौढ शिक्षाका लागि उपयुक्त नहुने क्रियाकलाप कुन हो ?
१४. आफ्नो मातृभाषामा शिक्षा पाउने संवैधानिक हक सुनिश्चित गर्ने सन्दर्भमा विद्यालयले भोग्नु परेको प्रमुख समस्या तलका मध्ये कुन हो ?
१५. दिगो विकासका लक्ष्यमा समावेश भएको शिक्षा सम्बन्धी लक्ष्य तलका मध्ये कुन हो ?
१६. 'आपत्कालमा शिक्षा' मुख्य रुपमा कुन अवधारणामा आधारित छ ?
१७. शिक्षक पेसागत विकास (TPD) तालिमको पाठ्यक्रम विकास गर्ने कार्य तलका मध्ये कुन संस्थाको हो ?
१८. शिक्षक अध्यापन अनुमतिपत्रको मुख्य उद्देश्य तलको मध्ये कुन हो ?
१९. शिक्षक व्यवस्थापनका आधारभूत पक्ष अन्तर्गत नपर्ने पक्ष तलका मध्ये कुनचाहिँ हो ?
२०. विद्यार्थी सिकाइ उपलब्धि सुधार योजना निर्माण गर्ने प्रमुख दायित्व कसको हो ?
२१. विद्यार्थीहरूलाई शिक्षण सिकाइप्रति अभिरुचि जगाउन गरिने क्रियाकलाप समालोचनात्मक चिन्तनको कुन चरण अन्तर्गत पर्दछ ?
२२. भाषा शिक्षणका सन्दर्भमा उपचारात्मक शिक्षण के को आधारमा हुनुपर्दछ ?
२३. विद्यार्थीले विभिन्न समयमा प्रदर्शन गरेका विशेष व्यवहार तथा क्रियाकलापहरूको अभिलेख राखी सो को अध्ययनबाट गरिने विद्यार्थी मूल्याङ्कन विधि तल दिएका मध्ये कुनचाहिँ हो ?
२४. विद्यार्थीको सिकाइको मापनमा हुने एकरुपतालाई परीक्षणको कुन विशेषताको रुपमा चिनिन्छ ?
२५. परीक्षामा सबै विषयवस्तुलाई समेटेर प्रश्नपत्र निर्माणमा सहयोग पुर्याउने प्रमुख सामग्री तलका मध्ये कुन हो ?
२६. विशेष समस्याको गहिराइसम्म पुगी समाधानका उपाय दिने कार्यलाई के भनिन्छ ?
२७. कार्यमूलक अनुसन्धानको अवलोकन (Observation) चरणमा तलका मध्ये कुन कार्य गरिन्छ ?
२८. शिक्षण सिकाइ क्रियाकलापसँगै गरिने कार्यमूलक अनुसन्धानका सम्बन्धमा नमिल्ने भनाइ तलका मध्ये कुन हो ?
२९. विद्यालय क्षेत्र विकास योजना (SSDP) को उद्देश्य अन्तर्गत नपर्ने तलका मध्ये कुनचाहिँ हो ?
३०. आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न तलका मध्ये कुन निकाय वा संस्थालाई प्रोत्साहन गर्ने उल्लेख भएको छ ?
३१. शिक्षाको दूरदृष्टि "शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति, सामाजिक न्याय, रूपान्तरण र समृद्धि" भनी कुन दस्तावेजमा उल्लेख गरिएको छ ?
३२. विद्यार्थी मूल्याङ्कन र स्तर निर्धारण सम्बन्धी परीक्षण तथा शैक्षिक अनुसन्धान गरी सिफारिस गर्ने जिम्मेवारी तलका मध्ये कुन निकायको हो ?
३३. नेपालको संविधान अनुसार प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा .... रहने व्यवस्था रहेको छ ।
३४. शिक्षा ऐन, २०२८ अनुसार कसैले विद्यालयको सम्पत्ति हिनामिना वा नोक्सानी गरेमा त्यस्तो व्यक्तिलाई कस्तो सजाय हुने व्यवस्था गरिएको छ ?
३५. अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले अभिभावक पहिचान नभएका बालबालिकालाई शिक्षा प्रदान गर्ने जिम्मेवारी कसलाई तोकेको छ ?
३६. शैक्षिक विकासमा गैरसरकारी संस्थाको भूमिकाका सन्दर्भमा तलका मध्ये कुन भनाइ उपयुक्त हुन्छ ?
३७. द्वन्द्वरत दुवै पक्षको जीत हुने गरी (Win-Win) द्वन्द्वको समाधान गरिने रणनीति तलका मध्ये कुन हो ?
३८. विद्यालयको विकासमा सामुदायिक सहभागिता अन्तर्गत गर्न नसकिने कार्य तलका मध्ये कुन हो ?
३९. विद्यालय शिक्षासँग सम्बन्धित एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा पछिल्लोपटक आबद्ध गरिएको विषय कुन हो ?
४०. विद्यालय शिक्षाको प्रभावकारिता सन्दर्भमा "खुद भर्ना दर" तलको कुन सूचकसँग सम्बन्धित छ ?