शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा २०८०
विषयगत प्रश्नपत्र
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. नेपालको संविधान, २०७२ ले शिक्षासम्बन्धी मौलिक हकका सम्बन्धमा गरेको व्यवस्था उल्लेख गरी उक्त व्यवस्था कार्यान्वयनका लागि भएका प्रयासहरूका बारेमा प्रकाश पार्नुहोस् ।
५+५
२. विद्यालयको पठनपाठनलाई प्रभावकारी तुल्याई विद्यार्थीको सिकाइलाई सहजीकरण गर्न विद्यालयस्तरमा तयार गर्नुपर्ने कुनै चारवटा शैक्षिक योजनाहरू उल्लेख गर्नुहोस् । ती योजनाहरूको हाम्रा विद्यालयमा तयारी र कार्यान्वयनको अवस्था कस्तो छ ? समीक्षा गर्दै त्यस्ता योजनाहरूको कार्यान्वयनमा थप प्रभावकारिता ल्याउन उपयुक्त सुझाव प्रस्तुत गर्नुहोस् ।
२+४+४
३. शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक उपलब्ध हुन नसकी विद्यार्थीहरूको पढाइमा बाधा परेको भनी बेलाबेलामा गुनासो आइरहन्छ । नेपालको सन्दर्भमा शिक्षण सिकाइमा पाठ्यपुस्तकको महत्व उल्लेख गर्नुहोस् । पाठ्यपुस्तक बिना पाठ्यक्रममा आधारित शिक्षण कसरी गर्न सकिन्छ ? आफूले शिक्षण गर्ने विषयको सन्दर्भ लिँदै उदाहरणसहित व्याख्या गर्नुहोस् ।
३+७
४. समावेशी शिक्षाको परिचय दिनुहोस् । नेपालमा समावेशी शिक्षाका लागि भएका प्रयासहरूको चर्चा गर्दै यसको थप प्रभावकारिताका लागि भविष्यमा गर्नुपर्ने कार्यहरू बुँदागत रुपमा प्रस्तुत गर्नुहोस् ।
२+३+५
५. शिक्षकको निरन्तर पेसागत विकास किन महत्वपूर्ण छ ? बुँदागत रुपमा लेख्नुहोस् । नेपालमा शिक्षकको पेसागत विकासका लागि के कस्तो व्यवस्था गरिएको छ ? शिक्षक पेसागत विकासमा देखिएका समस्याहरू र तिनको समाधानका बारेमा उल्लेख गर्नुहोस् ।
२+२+३+३
६. आधारभूत तह (कक्षा ६-८) को पाठ्यक्रमले विद्यार्थी मूल्याङ्कनका सम्बन्धमा गरेका व्यवस्थाहरूको चर्चा गर्नुहोस् । पाठ्यक्रमले तोके अनुसार विद्यार्थी मूल्याङ्कन गर्दा आइपरेका समस्याहरू केलाउँदै यसलाई थप प्रभावकारी बनाउन एउटा कक्षा शिक्षकले ध्यान दिनुपर्ने कुरा बुँदागत रुपमा प्रस्तुत गर्नुहोस् ।
३+३+४
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा २०८०
सेट : B
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१. विद्यमान शिक्षा व्यवस्थापन संयन्त्रमा विद्यालय तहको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) को व्यवस्थापन र नियमन कुन निकायले गर्ने गरेको छ ?
२. तलका मध्ये कुनचाहिँ व्यवस्था प्रत्यक्ष रुपले शैक्षिक सुशासनभित्र पर्दैन ?
३. विद्यालय सुधार योजनाका मुख्य तीनवटा चरणहरूको सही क्रम तल दिइएका मध्ये कुनचाहिँ हो ?
४. कक्षाकोठामा विद्यार्थीहरूलाई उनीहरूको रोल नम्बर अनुसार पालैपालो कक्षा नेताको प्रबन्ध गर्ने कार्य तलका मध्ये के सँग सम्बन्धित छ ?
५. कस्तो शिक्षण विद्यार्थीको वैयक्तिक क्षमता विकासका दृष्टिले तुलनात्मक रुपमा कमजोर मानिन्छ ?
६. विभिन्न भाषाभाषी, सामाजिक परिवेश तथा सिकाइ क्षमता भएका बालबालिकाको सिकाइका लागि उचित व्यवस्थापन गर्ने उपयुक्त कार्य तलका मध्ये कुन हो ?
७. यौवनावस्थाका बालबालिकाहरूको सिकाइका लागि सुखीपनका 3As केके हुन् ?
८. अब्राहम मास्लोको आवश्यकता पदानुक्रम सिद्धान्त अनुसार तेस्रो तहको आवश्यकता कुन हो ?
९. तलका मध्ये कस्तो विद्यालय बालमैत्री विद्यालय अन्तर्गत पर्दैन ?
१०. स्थानीय पाठ्यक्रम र राष्ट्रिय पाठ्यक्रमबीचमा कुन कुरा दुवैमा मिल्ने हुन्छ ?
११. विद्यालय तहको पाठ्यपुस्तक तथा पाठ्यसामग्री आवश्यकता अनुसार अद्यावधिक गरिने समयावधि कुन हो ?
१२. पाठ्यक्रम विकासका चरणहरूको सही क्रम तलका मध्ये कुन हो ?
१३. दूर तथा खुला सिकाइभित्र नपर्ने पद्धति तलका मध्ये कुनचाहिँ हो ?
१४. शिक्षक, विद्यार्थी लगायत शिक्षा क्षेत्रका सरोकारवालाहरूका लागि आवश्यक सन्दर्भ सामग्रीहरूमा सहज पहुँच पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अनलाइन प्लेटफर्मलाई के नाम दिइएको छ ?
१५. अपाङ्गताको प्रकृति अनुसार अनुकूलन हुने गरी सिकाइका रणनीति तय गर्न कस्तो किसिमको पाठ्यक्रम व्यावहारिक र प्रभावकारी हुन्छ ?
१६. विद्यार्थीहरूद्वारा कक्षाकोठामा मातृभाषाको प्रयोगका सम्बन्धमा तलका मध्ये कुन कथन सही छ ?
१७. दिगो विकासका लक्ष्यहरू अन्तर्गत १७ वटा लक्ष्य निर्धारण गरिएका छन् । यसको लक्ष्य ४ के सँग सम्बन्धित छ ?
१८. तल उल्लेख गरिएका सिपहरू मध्ये कुनचाहिँ सामाजिक सिप अन्तर्गत पर्छ ?
१९. सहयोगात्मक सुपरिवेक्षणको मुख्य फाइदा तलका मध्ये कुन हो ?
२०. नेपालमा शिक्षकको पेसागत विकासको प्रथम औपचारिक प्रयास कुन हो ?
२१. शिक्षक पेसागत विकासको रणनीति अन्तर्गत नपर्ने तलका मध्ये कुनचाहिँ हो ?
२२. विद्यार्थी उपलब्धि सुधार योजनाको सम्बन्धमा तलका मध्ये कुनचाहिँ भनाइ सबैभन्दा उपयुक्त हो ?
२३. सिकाइ प्रक्रियामा पछि परेका विद्यार्थीलाई विशिष्ट शैली र विधिको प्रयोग गरी सुधारात्मक शिक्षण गर्नुलाई के भनिन्छ ?
२४. विद्यालय शिक्षामा सूचना सञ्चार तथा प्रविधिसम्बन्धी पूर्वाधार विकास अन्तर्गत नपर्ने अवयव तलका मध्ये कुनचाहिँ हो ?
२५. स्तरीकृत परीक्षणको सम्बन्धमा नमिल्ने भनाइ तलका मध्ये कुनचाहिँ हो ?
२६. निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रभावकारी कार्यान्वयनको उपयुक्त विधि तलका मध्ये कुनचाहिँ हो ?
२७. निर्माणात्मक मूल्याङ्कनका विशेषतामा नपर्ने पक्ष तलका मध्ये कुनचाहिँ हो ?
२८. शिक्षकले कुनै विद्यार्थीले प्रायः कक्षा छाड्ने गरेको थाहा पाएपछि त्यसको कारणबारे विस्तृत जानकारी प्राप्त गरी व्यावहारिक तरिकाले समाधानका उपाय पत्ता लगाउन गरिने अध्ययनलाई के भनिन्छ ?
२९. शैक्षिक अनुसन्धान प्रक्रियाको सही क्रम कुन हो ?
३०. शिक्षा क्षेत्रमा कार्यमूलक अनुसन्धान साधारण अनुसन्धान भन्दा बढी महत्वपूर्ण हुनुको प्रमुख कारण के हो ?
३१. तलका मध्ये कुन दस्तावेजले सर्वप्रथम औपचारिक व्यावसायिक शिक्षामा जोड दिएको थियो ?
३२. विद्यालय क्षेत्र विकास योजनाले उत्थानशीलता आयाम अन्तर्गत तलका मध्ये कुनचाहिँ पक्षलाई समेटेको छ ?
३३. १५औँ योजना (२०७६/७७-२०८०/८१) मा उल्लेख भएबमोजिम शिक्षाको सोच तलका मध्ये कुन हो ?
३४. नेपालको संविधानको धारा २३४ को व्यवस्था अनुसार अन्तर प्रदेश परिषदमा तलका मध्ये को सदस्य रहँदैन ?
३५. मौजुदा कानुनी प्रावधान बमोजिम ट्युसन, कोचिङ तथा विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन गर्ने निकाय तलका मध्ये कुन हो ?
३६. अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ बमोजिम ५०० भन्दा बढी विद्यार्थी सङ्ख्या भएको निजी लगानीका विद्यालयले विद्यार्थी सङ्ख्याको आधारमा कम्तीमा कति प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षा दिनुपर्ने व्यवस्था छ ?
३७. शिक्षक सेवा आयोगको अध्यक्ष हुनका लागि तलका मध्ये कुन योग्यता अनिवार्य होइन ?
३८. विद्यालय-समुदाय सम्बन्ध विकासमा तलका मध्ये कुन कार्यक्रमले सबैभन्दा बढी सहयोग गर्छ ?
३९. विद्यालयलाई शान्ति क्षेत्र बनाउनका लागि विद्यालय परिवार र समुदायले पालना गर्नुपर्ने आचारसंहिता कसको सहभागितामा निर्माण गरी कार्यान्वयन गरिन्छ ?
४०. 'शिक्षक-अभिभावक सङ्घ' ले गर्ने सबैभन्दा महत्वपूर्ण कार्य तलका मध्ये कुन हो ?