लोक सेवा आयोग
संगठित संस्था, अप्राविधिक, सहायकस्तर द्वितीय/खरिदार वा सो सरह/चौथो तह वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा २०८३/०६/०४
विषय : सामान्य ज्ञान, व्यवस्थापन, गणित र सेवा सम्बन्धी
उत्तरपुस्तिकामा प्रश्नपत्रको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा calculator, mobile प्रयोग गर्न पाइनेछैन ।
वस्तुगत बहुउत्तर ५०x२=१०० अङ्क
1. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सन् २०२५ मा धेरैबाट थोरै संख्यामा नेपाल आउने पर्यटकको प्रयोजनको क्रम कुन सही छ?
(According to Economic Survey 2082/83, which is the correct order of the purposes for tourists visiting Nepal in 2025, from highest to lowest numbers?)
2. सन् २०२५ मा फिच रेटिङद्वारा गरिएको नेपालको सार्वभौम क्रेडिट रेटिङ स्कोर कति रहेको छ?(What is Nepal's sovereign credit rating score assigned by Fitch Ratings in 2025 AD?)
3. शोधनान्तर स्थितिसम्बन्धी तलका कथन विचार गर्नुहोस् र सही विकल्प रोज्नुहोस् ।
(Consider the following statements regarding the Balance of Payments and choose the correct option.)
i) देशमा भित्रिने र बाहिरिने कुल वैदेशिक मुद्राको खुद हिसाब नै शोधनान्तर स्थिति हो ।
(Balance of Payments is the net account of total foreign currency entering and leaving a country.)
ii) निर्यातभन्दा आयात बढी हुँदा शोधनान्तर बचत हुन्छ । (When imports exceed exports, a Balance of Payments surplus occurs.)
4. कानूनी भाषामा समान प्रकृतिका पछिल्ला मुद्दामा बाध्याकारी हुने अदालतका आदेश वा निर्णयलाई के भनिन्छ?
(What is a court's past decision or verdict that serves as binding rule for deciding in similar future legal cases?)
5. गाउँपालिका तथा नगरपालिकाले प्रत्येक वर्ष कहिलेसम्म आगामी आ.व. को बजेट तथा कार्यक्रम आफ्नो सभामा पेश गर्नुपर्छ?
(By what time should rural municipalities and municipalities table their budget for the next fiscal year in their respective assembly?)
6. नेपाल अधिराज्यको संविधान, २०१५ निर्माणका लागि गठित मस्यौदा समितिमा कुन विदेशी कानूनविद्को परामर्श लिइएको थियो?
(Which foreign legal expert was consulted as an advisor to the constitution drafting commission formed to draft the Constitution of the Kingdom of Nepal, 2015?)
7. नेपालको संवैधानिक प्रावधानअनुसार प्रत्येक ..... लाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ ।
(According to the constitutional provisions of Nepal, every ..... shall have the right to live with dignity.)
8. तल दिइएका विकल्पहरूमध्ये "कानूनी शासन" को समुचित अर्थ खुल्ने विकल्प छनौट गर्नुहोस् ।
(Choose appropriate meaning of "Rule of Law" from the options given below.)
9. तल दिइएका संस्थाहरू र तिनका प्रधान कार्यालयबिच जोडा मिलाइ कोडबाट सही विकल्प छनौट गर्नुहोस् ।
(Match the following agencies with their headquarters and choose the correct option from the codes given below.)
| संस्था (Agency) | प्रधान कार्यालय (Headquarters) |
|---|---|
| a) अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) | 1) Washington D.C. |
| b) विश्व बैंक (World Bank) | 2) Rome |
| c) खाद्य तथा कृषि संगठन (FAO) | 3) Paris |
| d) युनेस्को (UNESCO) | 4) Geneva |
10. एसियाली विकास बैंकका वर्तमान अध्यक्ष को हुन्?
(Who is the current President of the Asian Development Bank?)
11. सार्कको सबभन्दा पछिल्लो सदस्य राष्ट्र कुन हो?
(Which is the youngest member country of SAARC?)
12. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सबभन्दा धेरै पटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो?
(Which nation has exercised the veto the most times in the United Nations Security Council?)
13. सार्क सदस्य राष्ट्रहरू र प्रमुख शक्तिराष्ट्रहरूसँग नेपालको सम्बन्धका बारेमा कुन कुन भनाइहरू सही छन्? विकल्पहरूबाट छान्नुहोस् ।
(Which of the following statements are correct regarding Nepal's relations with SAARC member countries and major power countries? Choose from the given options.)
i) नेपाल सार्कको संस्थापक सदस्य हो र यसको सचिवालय काठमाडौँमा छ । (Nepal is a founding member of SAARC and its Secretariat is located in Kathmandu.)
ii) अफगानिस्तान सार्कको संस्थापक सदस्य होइन । (Afghanistan is not a founding member of SAARC.)
iii) नेपालले भारत र चीन दुबैसँग सन्तुलित सम्बन्ध र गैर-पक्षधर नीति अपनाएको छ । (Nepal has pursued a policy of balanced relations and non-alignment with both India and China.)
iv) जापान र संयुक्त राज्य अमेरिका नेपालका महत्वपूर्ण विकास साझेदार हुन् । (Japan and the United States of America are important development partners of Nepal.)
14. तलका मध्ये कुन कुन आधारभूत एकाइ हुन्? दिइएका कोडहरूबाट सही विकल्प छान्नुहोस् ।
(Which of the following are SI base units? Select the correct option from the codes given below.)
i) Meter ii) Newton iii) Second iv) Ampere v) Joule
15. विश्वको पहिलो प्रभावकारी एन्टिबायोटिक पेनिसिलिनको खोज कसले गरेका हुन्?
(Who is credited with the discovery of Penicillin, the world's first effective antibiotic?)
16. तलका मध्ये कुन नेटवर्क उपकरण होइन?
(Which one of the following is not a network device?)
17. बालीसनालीलाई हानिकारक कीरा र रोगहरूबाट बचाउन प्रयोग गरिने कीटनाशक औषधिको अव्यवस्थित प्रयोगले मानव स्वास्थ्यमा मुख्यतया कुन असर पर्छ?
(What is the primary impact on human health caused by the unmanaged use of pesticides to protect crops from harmful insects and diseases?)
18. विश्व आर्थिक परिदृश्य प्रतिवेदन कुन अन्तर्राष्ट्रिय वित्तीय संस्थाले प्रकाशित गर्दछ?
(Which international financial institution publishes the World Economic Outlook Report?)
19. कुन मानवीय मूल्यले अरूको हितप्रति चासो राख्न प्रोत्साहित गर्दछ?
(Which human value encourages concern for the well-being of others?)
20. विश्वमा नागरिक बडापत्रको सुरुवात कुन देशबाट भएको हो?
(Which country introduced the Citizen Charter for the first time in the world?)
21. उत्प्रेरणाका सिद्धान्तहरूमध्ये X र Y सिद्धान्तका प्रतिपादक को हुन्?
(Who is the propounder of Theory 'X' and Theory 'Y' among the theories of motivation?)
22. तलका मध्ये कुन आधुनिक फाइलिङ प्रणाली हो?
(Which of the following is the modern filing system?)
23. कार्यालयका जरुरी कामका लागि कुन सञ्चार माध्यम सबभन्दा उपयुक्त हुन्छ?
(Which communication channel is most suitable for urgent office matters?)
24. सामूहिक लगानी योजना तथा लगानी कोष सञ्चालन गर्ने स्वीकृति कसले दिन्छ?
(Who issues the license to operate Collective Investment Schemes and Investment Funds?)
25. बीमा कम्पनी स्थापना गर्न कसले इजाजतपत्र प्रदान गर्छ?
(Who issues the license to establish an insurance company?)
26. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रको योगदान कति प्रतिशत रहेको छ?
(According to the Economic Survey 2082/83, what percentage of Gross Domestic Product is contributed by the primary sector?)
27. नेपालमा नयाँ श्रेस्ता प्रणालीको सुरुवात कहिले भएको हो?
(When was the New Accounting System introduced in Nepal?)
28. वि.सं. २०४८ सालमा नेपाल सरकारले आर्थिक उदारीकरण नीति अवलम्बन गरेसँगै पहिलो चरणमा निजीकरण गरिएका तीनवटा संस्थानमा तलका मध्ये कुन पर्दैन?
(Which of the following was not among the three public enterprises privatized in the first phase after the Government of Nepal adopted the policy of economic liberalization in the year 2048 BS?)
29. सबैभन्दा बढी र सबैभन्दा कम सार्वजनिक संस्थानको सम्पर्क मन्त्रालय क्रमश: कुन कुन हुन्?
(Which ministries have the highest and the lowest number of Public Enterprises under their liaison respectively?)
30. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८३ अनुसार सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये कतिवटा संस्थानले नाफा आर्जन गर्न सफल भएका छन्?
(According to the Annual Status Review of Public Enterprises 2083, how many public enterprises in operation have earned profit?)
31. नेपालका सार्वजनिक संस्थानहरूको वर्गीकरणअनुसार नेपाल टेलिकम कुन क्षेत्रमा पर्दछ?
(According to the classification of public enterprises of Nepal, under which sector does Nepal Telecom fall?)
32. तलका मध्ये सबैभन्दा धेरै रोजगारी कुन सार्वजनिक संस्थानले प्रदान गरेको छ?
(Which of the following public enterprises has provided the highest number of employment?)
33. नेपालमा सार्वजनिक संस्थानहरू तलका मध्ये कुन कानूनअनुसार स्थापना भएका छैनन्?
(Under which of the following laws are the public enterprises not established in Nepal?)
34. १८ जना कामदारले एउटा काम २० दिनमा पूरा गर्छन् भने सोही काम १५ दिनमा पूरा गर्न कतिजना कामदार चाहिन्छ?
(If 18 workers complete a work in 20 days, how many workers are needed to complete the same work in 15 days?)
35. रू ५,००० लाई १२% वार्षिक साधारण ब्याजदरमा ३ वर्षका लागि लगानी गरियो भने साधारण ब्याज कति हुन्छ?
(If Rs. 5,000 is invested at 12% per annum simple interest for 3 years, what is the simple interest?)
36. एउटा कक्षामा केटा र केटीको अनुपात ७:५ छ । कुल विद्यार्थी ४८ जना छन् भने केटी कतिजना छन्?
(The ratio of boys and girls in a class is 7:5. If there are 48 students in total, how many girls are there?)
37. एउटा कक्षाका १५ जना केटाहरूको औसत उमेर ११ वर्ष छ । यदि ९ वर्ष औसत उमेर भएका ५ जना नयाँ केटाहरू कक्षामा सामेल भए भने सो कक्षामा रहेका केटाहरूको औसत उमेर कति हुनेछ?
(The average age of 15 boys is 11 years in a class. If 5 new boys having average age of 9 years join the class, then what will be the average age of the boys of the class?)
38. रू. २,४०० पर्ने पंखामा कति प्रतिशत छुट दिँदा रू. २,००० मा बेचिन्छ?
(What percentage discount on a fan costing Rs. 2,400 would result in it being sold for Rs. 2,000?)
39. तलका मध्ये कुन देश दुईवटा महादेशमा फैलिएर अवस्थित रहेको छ?
(Which of the following countries is situated across two continents?)
40. नेपालको भूगोलका सम्बन्धमा निम्न भनाइहरू अध्ययन गर्नुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
(Study the following statements regarding the geography of Nepal and choose the right option from the codes given below.)
i) इन्द्रावती नदी सिन्धुपाल्चोकको हेलम्बुबाट बग्दै आएको छ । (Indrawati River flows through Helambu of Sindhupalchok.)
ii) घोडाघोडी सिमसार क्षेत्र विश्व रामसार सूचीमा सूचीकृत छ । (Ghodaghodi wetland is listed on the World Ramsar list.)
iii) उत्तिसको वन मुख्यतया नेपालको भित्री मधेश क्षेत्रमा पाइन्छ । (Alnus forest is primarily found in Nepal's inner Terai region.)
iv) उष्ण मनसुनी हावापानी नेपालको २१०० मिटर उचाइसम्म पाइन्छ । (Tropical monsoon climate is found up to the altitude of 2100 meters in Nepal.)
41. राष्ट्रिय जनगणना, २०७८ बमोजिम १४ वर्ष वा सोभन्दा कम उमेरको जनसंख्या कति प्रतिशत रहेको छ?
(According to the National Census, 2078, what is the percentage of the population aged 14 years or below?)
42. तलका मध्ये कुन जिल्लामा खप्तड राष्ट्रिय निकुञ्ज अवस्थित छैन?
(In which of the following districts does Khaptad National Park not lie?)
43. हिन्दु, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिएको एडम्स पिक कुन देशमा पर्दछ?
(In which country is Adam's Peak, considered a common center of faith for Hindus, Buddhists and Muslims, located?)
44. निम्न कथनहरूको सम्बन्धमा कोडबाट सही उत्तर छान्नुहोस् ।
(Regarding the following statements, choose the correct answer from the code.)
i) फ्रान्सेली क्रान्तिको सुरुवात सन् १७८९ मा भएको थियो । (The French Revolution was started in 1789 AD.)
ii) इजिप्सियन सभ्यतामा गिजाको पिरामिडको निर्माण भएको थियो । (The Pyramid of Giza was built in the Egyptian civilization.)
45. किराँतकालमा नेपालको राजधानी कहाँ रहेको मानिन्छ?
(Where was the capital of Nepal during the Kirant period believed to have been located?)
46. वि.सं. २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्थापना भएपछि नेपालको प्रधानमन्त्री को बनेका थिए?
(Who became the Prime Minister of Nepal after the restoration of the multiparty democracy in 2046 BS?)
47. भूम्या पर्व मुख्यतः कुन जातिसँग सम्बन्धित छ?
(Bhoomya festival is mainly associated with which caste/ethnic group?)
48. तल दिइएको समूह-I र समूह-II बिच जोडा मिलाइ कोडबाट सही विकल्प छनौट गर्नुहोस् ।
(Match the following Group-I and Group-II and choose the correct option from the codes given below.)
| समूह-I (Group-I) | समूह-II (Group-II) |
|---|---|
| a) प्रीति राई | 1) पौडी (Swimming) |
| b) पूजा महतो | 2) क्रिकेट (Cricket) |
| c) सरस्वती चौधरी | 3) फुटबल (Football) |
| d) गौरिका सिंह | 4) भलिबल (Volleyball) |
B - 8, अप्राविधिक, सहायकस्तर द्वितीय/खरिदार वा सो सरह/चौथो तह वा सो सरह
49. वस्तु र सेवाको आयातले पार्ने प्रभावका सम्बन्धमा निम्न विकल्पमध्ये सही उत्तर कुन हो?
(Which of the following options is correct with respect to the impact of imports of goods and services?)
50. नेपालमा योजनाबद्ध विकासको सुरुवात कहिलेदेखि भएको हो?
(Since when has the planned development been initiated in Nepal?)
:: समाप्त ::
उत्तरपुस्तिकामा KEY अनिवार्य रूपमा लेख्नुहोला ।