2083|06|03 लोकसेवा आयोग - संगठित संस्था, अप्राविधिक, सहायक स्तर प्रथम/नायब सुब्बा वा सोसरह पाँचौं/तह वा सोसरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा

Lok Sewa Aayog Exam Paper
लोक सेवा आयोग
संगठित संस्था, अप्राविधिक, सहायकस्तर प्रथम/नायब सुब्बा वा सो सरह/पाँचौ तह वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा
२०८३/०६/०३
KEY [C]
प्रथम चरण : पूर्वयोग्यता परीक्षा
समय : ४५ मिनेट
पूर्णाङ्क : १००
विषय : सामान्य अध्ययन, सार्वजनिक व्यवस्थापन र आधारभूत सक्षमता परीक्षण
उत्तरपुस्तिकामा प्रश्नपत्रको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा calculator, mobile प्रयोग गर्न पाइनेछैन ।
वस्तुगत बहुउत्तर ५० x २ = १०० अङ्क
१. नेपालको संविधानअनुसार सहकारीसम्बन्धी विषय कुन तहको अधिकारको सूचीमा पर्दछ?
(According to the Constitution of Nepal, under which level's list of powers does the subject of cooperatives fall?)
A) स्थानीय तहको अधिकारको सूची (List of Local Level Power)
B) संघको अधिकारको सूची (List of Powers of Federation)
C) प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची (List of Concurrent Powers of Province and Local Level)
D) संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची (List of Concurrent Powers of Federation, Province and Local Level)
२. आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानमा गरिएको कुल लगानीको तुलनामा नेपाल सरकारलाई प्राप्त भएको लाभांश कति प्रतिशत रहेको थियो?
(What was the percentage of dividend received by the Government of Nepal from the state owned enterprises with compared to total investment in fiscal year 2081/82?)
A) 2.3
B) 3.3
C) 4.3
D) 5.3
३. समूह-I र समूह-II बिच जोडा मिलाइ कोडबाट सही विकल्प छनौट गर्नुहोस् ।
(Match Group-I and Group-II correctly and choose the right option.)
समूह-I (सार्वजनिक संस्थान)
(Group-I (Public Enterprises))

a) नेपाल वायुसेवा निगम
    (Nepal Airlines Corporation)
b) जलविद्युत लगानी तथा विकास कम्पनी लि.
    (Hydroelectricity Investment and Development Company Ltd.)
c) सिडिएस एण्ड क्लियरिङ लि.
    (CDS and Clearing Ltd.)
d) नेपाल आयल निगम
    (Nepal Oil Corporation)
समूह-II (सम्पर्क मन्त्रालय)
(Group-II (Line Ministry))

1) अर्थ मन्त्रालय
    (Ministry of Finance)
2) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
    (Ministry of Energy, Water Resources and Irrigation)
3) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
    (Ministry of Industry, Commerce and Supplies)
4) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
    (Ministry of Culture, Tourism and Civil Aviation)
A) a-2, b-1, c-4, d-3
B) a-4, b-2, c-1, d-3
C) a-2, b-4, c-1, d-3
D) a-4, b-3, c-2, d-1
४. सार्वजनिक-निजी साझेदारीमा BOOT भन्नाले के बुझिन्छ?
(What does BOOT stand for in Public-Private Partnership modality?)
A) Build, Own, Operate and Trade
B) Buy, Own, Operate and Transfer
C) Build, Own, Operate and Transfer
D) Buy, Operate, Own and Trade
५. कुनै संगठनमा आन्तरिक नियन्त्रण प्रणालीको मुख्य उद्देश्य के हो?
(What is the main objective of Internal Control System of an organization?)
A) संगठनको समुचित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्नु (Ensure the proper and effective operation of the organization)
B) कार्यक्रमको समुचित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्नु (Ensure the proper and effective operation of program)
C) वित्तीय संसाधनको समुचित र प्रभावकारी प्रबन्ध सुनिश्चित गर्नु (Ensure the proper and effective management of financial resources)
D) मानव संसाधनको समुचित र प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्नु (Ensure the proper and effective management of human resources)
६. सार्वजनिक खरिद प्रक्रियामा 'Value for Money' भन्नाले के बुझिन्छ?
(What does 'Value for Money' mean in public procurement?)
A) न्यूनतम लागतमा गुणस्तरयुक्त खरिद गर्नु (Purchasing of required quality at the optimum cost)
B) सबैभन्दा कम मूल्यमा खरिद गर्नु (Purchasing at the lowest price)
C) न्यूनतम समयमा खरिद सम्पन्न गर्नु (Completing the procurement in the shortest possible time)
D) प्रचलित कानूनबमोजिम खरिद गर्नु (Procuring in accordance with the prevailing law)
७. घनत्व कुन एकाइमा मापन गरिन्छ?
(In which unit is density measured?)
A) J/kg
B) g/cm³
C) N/m²
D) kg/m³
८. तल दिइएका वैज्ञानिक र तिनका आविष्कारबिच जोडा मिलाइ कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।
(Match the following scientists with their inventions and choose the correct answer from the code.)
वैज्ञानिक (Scientist)
a) Tim Berners-Lee
b) Willem Johan Kolff
c) Gregor Johann Mendel
d) J. L. Baird
आविष्कार (Invention)
1) Hemodialysis Machine
2) Television
3) Principles of Heredity
4) World Wide Web
A) a-4, b-1, c-3, d-2
B) a-3, b-4, c-2, d-1
C) a-2, b-4, c-1, d-3
D) a-1, b-3, c-4, d-2
९. दिइएका मध्ये कुन शब्दावली कृत्रिम बौद्धिकता (AI) सँग सम्बन्धित छ?
(Which of the given terminology is related to 'Artificial Intelligence (AI)'?)
A) Algorithm
B) Deflation
C) Bull and Bear
D) Inflation
१०. सही जोडा पहिचान गरी छनौट गर्नुहोस् ।
(Identify and choose the correct pair.)
A) Tuberculosis - Bordetella pertussis
B) Typhoid - Candida albicans
C) Polio - Influenza virus
D) Cholera - Vibrio cholerae
११. आईसीसी पुरुष टी२० विश्वकप-२०२६ को उपाधि कुन देशले जितेको छ?
(Which country won the title of the ICC Men's T20 World Cup-2026?)
A) अस्ट्रेलिया
B) इङ्गल्याण्ड
C) भारत
D) दक्षिण अफ्रिका
१२. कार्यालय कार्यविधिअन्तर्गत तलका मध्ये कुन विषय पर्दैन?
(Which of the following is not a component of the office procedures?)
A) परिपत्र (Official Circular)
B) फाइलिङ (Filing)
C) पत्रव्यवहार (Correspondence)
D) दण्ड, सजाय (Punishment)
१३. तलका मध्ये कुन ई-गभर्नेन्सको उदाहरण हो?
(Which of the following is an example of e-Governance?)
A) अनलाइन कर दाखिला (Online tax filing)
B) अनलाइन चलचित्र हेर्नु (Watching movies online)
C) अनलाइन खेल खेल्नु (Playing online game)
D) अनलाइन पत्रपत्रिका पढ्नु (Reading newspaper online)
१४. संगठनको सिद्धान्तमा तलका मध्ये कुन पर्दैन?
(Which of the following is not included in the principle of organization?)
A) आदेशको एकात्मकता (Unity of Command)
B) कार्य विभाजन (Division of Work)
C) सीमित सेवा (Limited Service)
D) नियन्त्रणको दायरा (Span of Control)
१५. तलका मध्ये कुन नेतृत्वले कर्मचारीलाई बढी स्वायत्तता प्रदान गर्दछ?
(Which of the following leaderships grants employee a higher degree of autonomy?)
A) Autocratic
B) Transformational
C) Laissez-Faire
D) Transactional
१६. नेपालमा नागरिक बडापत्र प्रयोगको सुरुवात कहिलेबाट भयो?
(When was the Citizen Charter introduced in Nepal?)
A) वि.सं. २०४८
B) वि.सं. २०५०
C) वि.सं. २०५६
D) वि.सं. २०६१
१७. यदि १२ जना कामदारले एउटा काम १८ दिनमा पूरा गर्छन् भने सोही काम ९ दिनमा पूरा गर्न कतिजना कामदार आवश्यक पर्ला?
(If 12 workers complete a job in 18 days, how many workers are required to complete the same job in 9 days?)
A) 21
B) 24
C) 27
D) 30
१८. गत वर्ष एउटा विद्यालयमा ६१० जना केटाहरू थिए । यस वर्ष यो संख्या २० प्रतिशतले घटेको छ । यदि यस वर्ष विद्यालयमा कुल केटाहरूको संख्याको १७५ प्रतिशत केटीहरू छन् भने विद्यालयमा कति जना केटीहरू छन्?
(Last year there were 610 boys in a school. The number decreased by 20 percent this year. How many girls are there in the school if the number of girls is 175 percent of the total number of boys in the school this year?)
A) 782
B) 798
C) 848
D) 854
१९. एउटा पसललेले आफ्नो सामानको मूल्य लागत मूल्यभन्दा ३०% बढी अंकित गर्दछ । यदि उसले २०% छुट दिँदा रू. ४० नाफा कमाउँछ भने उक्त सामानको लागत मूल्य कति हो?
(A shopkeeper marks the price of an article 30% above its cost price. If he allows a 20% discount and still makes a profit of Rs. 40, what is the cost price of the article?)
A) Rs. 1040
B) Rs. 1000
C) Rs. 960
D) Rs. 900
२०. आठवटा संख्याको औसत २४ छ । त्यसमध्ये एउटा संख्या हटाउँदा औसत २२ हुन्छ भने हटाइएको संख्या कति हो?
(The average of eight numbers is 24. If one number is excluded, the average becomes 22. What is the excluded number?)
A) 32
B) 36
C) 38
D) 40
२१. एउटा बाकसमा ४ वटा सेता र ६ वटा काला बलहरू छन् । दुईवटा बलहरू फिर्ता नराखी क्रमशः निकालिन्छन् भने दुबै सेता बल हुने सम्भाव्यता कति हुन्छ?
(A box contains 4 white and 6 black balls. Two balls are drawn one after another without replacement. What is the probability that both balls are white?)
A) 2/15
B) 1/5
C) 4/25
D) 3/20
22. The minister praised the civil servants for their ..... execution of the public welfare project.
A) diligently
B) diligence
C) diligent
D) diligency
23. Neither the manager nor the employees ..... satisfied with the new policy introduced last week.
A) was
B) were
C) is
D) has been
24. Match the following and choose the correct option from the codes given below.
List I (Word)
a) quickly
b) and
c) under
d) happiness
List II (Part of Speech)
1) Preposition
2) Adverb
3) Conjunction
4) Noun
A) a-2, b-1, c-3, d-4
B) a-1, b-2, c-3, d-4
C) a-2, b-3, c-1, d-4
D) a-3, b-2, c-1, d-4
२५. कार्यसम्पादनमा असफलता जनाउने आशय व्यक्त गर्नका लागि प्रयोग हुने टुक्का कुन हो?
A) दिन जानु
B) दिन ढल्नु
C) हावा सर्नु
D) हावा खानु
२६. तलका मध्ये पदसङ्गति मिलेको वाक्य कुन हो?
A) मेरो बहिनीले सुरिलो स्वरमा गीत गाएछ ।
B) मेरी बहिनीले सुरिलो स्वरमा गीत गाइछिन् ।
C) मेरो बहिनीले सुरिलो स्वरमा गीत गाउनुभएछ ।
D) मेरी बहिनीले सुरिलो स्वरमा गीत गाइछौ ।
२७. वाटर लु युद्ध कहिले भएको थियो?
(When did Battle of Waterloo happen?)
A) सन् १८०६
B) सन् १८१०
C) सन् १८१२
D) सन् १८१५
२८. नेपालमा वि.सं. २०८२ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत कतिवटा राजनीतिक दलका उम्मेदवार निर्वाचित भएका छन्?
(How many political parties' candidates are elected under the first-past-the-post electoral system in the 2082 BS election of House of Representatives in Nepal?)
A) ४
B) ५
C) ६
D) ७
२९. सूची-१ मा रहेका ऐतिहासिक कालखण्ड र सूची-२ मा रहेका तिनका विशेषताहरूबिच जोडा मिलाउनुहोस् ।
(Match the historical eras in List-1 with their defining characteristics in List-2.)
सूची-१ (कालखण्ड)
(List-1) (Era)

a) लिच्छविकाल
    (Lichchhavi Period)
b) मल्लकाल
    (Malla Period)
c) राणापूर्वको शाहकाल
    (Shah Period before Rana Period)
d) राणाकाल
    (Rana Period)
सूची-२ (प्रशासनिक विशेषता)
(List-2) (Administrative Feature)

1) सुगौली सन्धि, धरहराको निर्माण (Treaty of Sugauli, Construction of Dharahara)
2) द्रङ्ग र तल जस्ता विकेन्द्रित स्थानीय इकाइहरू, भागकर जस्ता करहरू (Decentralized local units like Dranga and Tala, taxes like Bhagakar)
3) स्थानीय सामन्तहरूबिच प्रशासनको विभाजन र जातप्रथा/कानूनी संहिताकरण (Division of administration among local chieftains and caste/legal codification)
4) प्रधानमन्त्रीमार्फत केन्द्रीकृत निरङ्कुश नियन्त्रण, बिर्ता प्रणाली र मुन्सीखाना (Centralized autocratic control of Prime Minister, Birta System and Munsikhana)
A) a-2, b-3, c-1, d-4
B) a-4, b-1, c-2, d-3
C) a-1, b-2, c-4, d-3
D) a-2, b-1, c-3, d-4
३०. खड्ग जात्रा नेपालको कुन जिल्लामा मनाइन्छ?
(In which district of Nepal is Khadga Jatra celebrated?)
A) झापा
B) इलाम
C) सिन्धुली
D) दोलखा
३१. राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा कम जनसंख्याले बोलने भाषा कुन हो?
(According to the National Census, 2078, which language is spoken by the fewest population?)
A) कुसुण्डा
B) कागते
C) साम
D) सुरेल
३२. तलका मध्ये कुन देश "क्यारेबियन क्षेत्र" मा पर्दछ?
(Which of the following countries lies in "The Caribbean Region"?)
A) The Philippines
B) Fiji
C) Cape Verde
D) Jamaica
३३. अष्ट्रेलियाका कालगुर्ली र कुलगार्डी क्षेत्र क्रमशः कुन कुन खानीका लागि प्रसिद्ध छन्?
(What mining are the Kalgoorlie and Coolgardie regions of Australia famous for respectively?)
A) तामा खानी र कोइला खानी (Copper mining and coal mining)
B) कोइला खानी र तामा खानी (Coal mining and copper mining)
C) सुन खानी र चाँदी खानी (Gold mining and silver mining)
D) दुबै सुन खानी (Both for gold mining)
३४. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको भञ्ज्याङ्ग कुन हो?
(Which is the highest mountain pass of Nepal?)
A) थोरोङ्गला
B) लार्के
C) चाबुक
D) टिंकर
३५. राष्ट्रिय जनगणनाका सम्बन्धमा तलका मध्ये कुन कथन सही छ/छन्?
(Which of the following statement/s is/are correct in relation with National Census?)
i) राष्ट्रिय जनगणना प्रत्येक १० वर्षको अन्तरालमा गरिन्छ । (The National Census is conducted in every 10 years.)
ii) राष्ट्रिय जनगणना राष्ट्रिय तथ्यांक कार्यालयबाट सञ्चालन गरिन्छ । (The National Census is conducted by National Statistics Office.)
iii) हाल नेपालको वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत छ । (Recent annual population growth rate of Nepal is 1.35%.)
iv) सबैभन्दा बढी जनसंख्या भएको जिल्ला धनुषा हो । (Most populous district is Dhanusha.)
A) i मात्र
B) i, iii र iv मात्र
C) i र ii मात्र
D) ii र iv मात्र
३६. नेपालमा हरितगृह ग्यास उत्सर्जन सबैभन्दा बढी तलका मध्ये कुनबाट हुन्छ?
(Which of the following accounts for the highest Greenhouse Gas emission in Nepal?)
A) यातायात क्षेत्र (Transportation Sector)
B) उद्योग क्षेत्र (Industry Sector)
C) वन क्षेत्र (Forest Sector)
D) कृषि क्षेत्र (Agriculture Sector)
३७. "सामाजिक व्यवहारलाई नियमित र व्यवस्थित गर्ने नियमहरूको संग्रह नै कानून हो ।" यो भनाइ कसको हो?
("Law is the collection of rules that regulate and systematize social behavior." Whose statement is this?)
A) Salmond
B) Austin
C) Plato
D) Holland
३८. नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा कहिलेबाट भएको हो?
(When was Nepal declared as Federal Democratic Republican State from?)
A) नेपालको अन्तरिम संविधान, २०६३ को दोस्रो संशोधन, २०६४
B) नेपालको अन्तरिम संविधान, २०६३ को तेस्रो संशोधन, २०६४
C) नेपालको अन्तरिम संविधान, २०६३ को चौथो संशोधन, २०६५
D) नेपालको अन्तरिम संविधान, २०६३ को पाँचौ संशोधन, २०६५
३९. नेपालको संविधानमा कतिवटा अनुसूचीहरू रहेका छन्?
(How many Schedules are there in the Constitution of Nepal?)
A) ५
B) ७
C) ९
D) ११
४०. नेपालको संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध कुन सिद्धान्तमा आधारित छ?
(According to the constitution of Nepal, on which principle is the relation between the Federation, Province and Local Levels based?)
A) प्रतिस्पर्धा, स्वायत्तता र समन्वय (Competition, Autonomy and Coordination)
B) विकेन्द्रीकरण, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन (Decentralization, Separation of Power and Check and Balance)
C) समन्वय, सहकार्य र सहयोग (Coordination, Collaboration and Assistance)
D) सहकारिता, सहअस्तित्व र समन्वय (Cooperation, Coexistence and Coordination)
४१. नेपालको प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट क्रमशः कति कति प्रतिशत सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ?
(What are the respective percentages of members elected through the direct and proportional electoral system in Provincial Assembly of Nepal?)
A) ५० र ५०
B) ६० र ४०
C) ४० र ६०
D) ७० र ३०
४२. सार्कको १८ औँ शिखर सम्मेलन कहाँ सम्पन्न भएको थियो?
(Where was the 18th SAARC Summit held?)
A) नेपाल
B) श्रीलंका
C) माल्दिभ्स
D) बंगलादेश
४३. संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदको अध्यक्षको रूपमा नेपाल कहिले रहेको थियो?
(When was Nepal the Chair of United Nations Economic and Social Council?)
A) July 2023 - July 2024
B) July 2024 - July 2025
C) July 2025 - July 2026
D) July 2026 - Till Date
४४. युरोपियन युनियनको स्थापना कुन सन्धिबाट भएको हो?
(Through which treaty was the European Union established?)
A) रोमको सन्धि (Treaty of Rome)
B) लिस्बनको सन्धि (Treaty of Lisbon)
C) नाइसको सन्धि (Treaty of Nice)
D) मास्ट्रिचको सन्धि (Treaty of Maastricht)
४५. अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्य कार्यालय कहाँ रहेको छ?
(Where is the headquarters of the International Monetary Fund located?)
A) Geneva
B) Washington D.C.
C) New York
D) Paris
४६. विश्व व्यापार संगठन व्यापार सहजीकरण सम्झौताको मुख्य उद्देश्य तलका मध्ये कुन हो?
(Which of the following is the primary objective of the World Trade Organization Trade Facilitation Agreement?)
A) कर उठाउने (Collecting taxes)
B) भन्सार प्रक्रिया सरलीकरण गर्ने (Simplifying customs procedures)
C) अन्तर्राष्ट्रिय पारवहनको सबलीकरण गर्ने (Strengthening international transshipment)
D) हानिकारक रसायनको प्रतिबन्ध (Banning dangerous chemicals)
४७. विप्रेषणले नेपालको अर्थतन्त्रमा मुख्यतः कुन पक्षमा प्रत्यक्ष योगदान पुऱ्याउँछ?
(Remittance primarily contributes directly to which aspect of Nepal's economy?)
A) विदेशी मुद्रा सञ्चिति बढाउँछ (Increases foreign currency reserve)
B) निर्यात बढाउँछ (Increases export)
C) आयात घटाउँछ (Reduces import)
D) मुद्रास्फीति नियन्त्रण गर्छ (Controls inflation)
४८. कुल गार्हस्थ्य उत्पादन र कुल राष्ट्रिय उत्पादनका सम्बन्धमा देहायको कुन भनाइ ठिक छ/छन्?
(Regarding Gross Domestic Product (GDP) and Gross National Product (GNP), which of the following statements is/are correct?)
i) देशको भौगोलिक सीमाभित्र एक वर्षमा उत्पादन भएका सम्पूर्ण वस्तु तथा सेवाहरूको अन्तिम मूल्य कुल गार्हस्थ्य उत्पादन हो । (GDP is the final value of all goods and services produced within the geographical boundaries of a country in one year.)
ii) देशका नागरिकहरूले देशको सिमानाभित्र एक वर्षमा उत्पादन गरेका वस्तु तथा सेवाको मूल्य कुल राष्ट्रिय उत्पादन हो । (GNP is the value of goods and services produced by the citizens of a country within the national border in one year.)
iii) देशका नागरिकहरूले देशको सिमानाबाहिर एक वर्षमा उत्पादन गरेका वस्तु तथा सेवाको मूल्य कुल राष्ट्रिय उत्पादन हो । (GNP is the value of goods and services produced by the citizens of a country outside the national border in one year.)
A) i मात्र ठिक
B) ii र iii मात्र ठिक
C) i र ii मात्र ठिक
D) i, ii र iii सबै ठिक
४९. सोह्रौँ योजनाको अन्त्यसम्ममा नेपालको प्रतिव्यक्ति विद्युत उपभोग कति पुऱ्याउने लक्ष्य रहेको छ?
(What is the target of per capita electricity consumption of Nepal by the end of the 16th plan?)
A) 555kWh
B) 595kWh
C) 665kWh
D) 700kWh
५०. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सन् २०२५ मा नेपालमा आएका पर्यटकहरूको प्रतिपर्यटक प्रतिदिन औसत खर्च कति अमेरिकी डलर रहेको छ?
(According to Economic Survey 2082/83, what is per day per tourist average expenditure (in US Dollar) of tourists visiting Nepal in 2025?)
A) २३.३०
B) ३०.५७
C) ३३.०८
D) ४०.८४
:: समाप्त ::
उत्तरपुस्तिकामा KEY अनिवार्य रूपमा लेख्नुहोला ।
Back