epf past QP

लोक सेवा आयोग कर्मचारी सञ्वय कोष, प्रशासन, छैटौं, सहायक प्रबन्धक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा 2082-02-28 विषय आर्थिक, बैंकिङ तथा वित्तीय व्यवस्था खण्ड 'क' 1. सरकारको वित्त नीतिलाई कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले के-कसरी सहयोग गरिरहेको छ? चर्चा गर्नुहोस् । १० 2. नेपालमा सार्वजनिक संस्थान व्यवस्थापनका चुनौतीहरू उल्लेख गर्दै सार्वजनिक संस्थान व्यवस्थापनको लागि गर्नुपर्ने सुधारको खाका प्रस्तुत गर्नुहोस् । ३+७=१० 3. विश्व व्यापार संगठन (WTO), साफ्टा (SAFTA) तथा बिमस्टेक (BIMSTEC) जस्ता अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूबाट नेपालसामू के-कस्ता अवसर र चुनौती रहेका छन् ? साथै, वर्तमान अवस्थामा विश्व व्यापार संगठनको भूमिका कस्तो देख्नुहुन्छ ? विश्लेषण गर्नुहोस् । 4. नेपालको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरूले पुन्याएको योगदानको चर्चा गर्दै नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीतिले के-कस्ता विषयहरूलाई जोड दिएको छ? वर्णन गर्नुहोस् । ५+५=१० 5. सामाजिक सुरक्षा गर्ने उद्देश्यले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोष स्थापना गरिएको छ। यसरी एउटै उद्देश्य प्राप्तिका लागि ३/३ वटा संस्थाहरू स्थापना गर्नुको कारण के हो? तर्कपूर्ण विश्लेषण प्रस्तुत गर्नुहोस् । १० 6. बैंकिङ व्यवसाय र बीमा व्यवसायबिचको अन्तरसम्बन्ध केलाउनुहोस् । यी दुवै व्यवसायमा एउटै व्यक्ति वा व्यावसायिक समूहको लगानी हुँदा वित्तीय स्वार्थ देखिने भएकोले वित्तीय प्रणालीमा नै जोखिमको स्तर बढ्न नदिन के गर्नुपर्ला? आफ्ना भनाइ प्रस्तुत गर्नुहोस् । ५+५=१० खण्ड ख 7. नेपालको संविधानअनुसार संघीय सञ्चित कोष भन्नाले के बुझिन्छ? संधीय सञ्चित कोषमाथि व्ययभार हुने रकमहरू के के हुन् ? खुलाउनुहोस् । 4+6=10 8. कर्मचारी सञ्चय कोष, कर्मचारी सेवा शर्त नियमावली, २०७८ ले गरेको व्यवस्थाबमोजिम कोषको कर्मचारीले पदीय आचरण र व्यवहार नगरेमा हुन सक्ने सजायहरू उल्लेख गर्दै भविष्यमा कोषको सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने अवस्थाहरू के के हुन्? खुलाउनुहोस् । 5+5=10 9. परामर्श सेवा भन्नाले के बुझिन्छ ? सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कस्तो अवस्थामा परामर्श सेवा खरिद गर्न सकिने कानूनी व्यवस्था रहेको छ? उल्लेख गर्नुहोस् । ३+७=१० 10. विद्युतीय कारोबार भनेको के हो? विद्युतीय कारोबार ऐन, २०६३ ले गरेका प्रमुख व्यवस्थाहरू के के छन्? उल्लेख गर्नुहोस् । ३+७=१० =समाप्त=