eTDS Method

Taxpayer Portal बाट भौचर बनाउने तरिका

१. बैंक छनौटः रा वा बैंक २. पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर(11211) ३. श्रोतमा अग्रीम कर कट्टी हो ४. रकम र आर्थिक वर्ष ।
प्रत्येक महिनाको २५ गते भित्र अघिल्लो महिनाको भुक्तानिमा करकट्टी गरेको रकम बैंक दाखिला गरेपछी eTDS गर्नुपर्छ।

ETDS गर्ने तरिका

1. Submission Number लिने

a) आन्तरिक राजस्व विभागको वेवसाईट www.ird.gov.np खोल्ने b) करदाता पोर्टलमा जाने c) ETDS फोल्डर भित्र गई पुनः ETDS मा क्लिक गर्ने d) सब्मिसन नम्बर लिने फाराममा प्रयोगकर्ताको नाम, पासवर्ड, PAN, फोन नम्बर र TDS अन्तराल (कर काटिएको अवधि) राखी Register मा क्लिक गर्ने। देखिने Submission No. सुरक्षित राख्‍ने।

2. Transaction Form भर्ने

a) करकट्टी गरिएको व्यक्तिको PAN, भुक्तानी मिति, भुक्तानी रकम, TDS रकम र TDS किसिम भरी तल रहेको Add बटनमा क्लिक गर्ने। b) TDS गरिएका व्यक्तिको सूची लामो भए नमूना एक्सल फाईल डाउनलोड गरी उल्लेखित सबै विवरण भरी अपलोड गर्न पनि सकिन्छ।

3. भौचर भर्ने फारम भर्ने

a) राजस्व शीर्षक, दाखिला गरिएको किसिम (बैंक वा अन अनलाईन), भौचर नम्बर, मिति र रकम भरी Add बटनमा क्लिक गर्ने। (भौचर विवरण सही भए Reconciled देखाउँछ अन्यथा विवरण रुजु गर्नुपर्छ) b) एकभन्दा बढी भौचर भएमा यसै प्रकृया अनुसार भौचर Add गर्दै जाने।

4. Submit गर्ने

a) भौचर विवरण भरिसकेपछि भौचर रकम र Transaction मा TDS रकम मिले नमिलेको रुजु गर्ने b) सबै विवरण ठीक भए ट्रान्ज्याक्सन भर्ने फाराममा गई Submit बटनमा क्लिक गर्ने

5. Verify गर्ने

a) करदाता पोर्टलको General मा गई Taxpayer Login गर्ने b) Verification मा क्लिक गरी TDS Verification मा क्लिक गर्ने c) Submission Number राखी Verify बटनमा क्लिक गर्ने
Back