नेपाल सरकार
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा-२०८२।१०।१८
विषयगत प्रश्नपत्र
तलका सबै प्रश्नहरू हल गर्नुहोस् ।
१.
माध्यमिक तहको शिक्षामा तोकिएको उमेर समूहका बालबालिकाको पहुँचको अवस्था चित्रण गर्दै सो तहको शिक्षा पूरा गर्ने विद्यार्थीको सिकाइ उपलब्धिको अवस्था उल्लेख गर्नुहोस् । पहुँच विस्तार एवम् सिकाइ उपलब्धि सुधारका पक्षहरूमा के कस्ता समस्याहरू रहेका छन् ? ती समस्या समाधानका लागि केकस्ता कार्य गरिनुपर्छ ? नेपालको विद्यालय शिक्षासम्बन्धी नीति, कानुन, कार्यक्रम तथा उपलब्ध तथ्याङ्कका आधारमा तार्किक विवेचना गर्नुहोस् ।
३+३+४
२.
विद्यालयमा विभिन्न योजना निर्माण गरी कार्यान्वयन गरिन्छ । प्रमुख शैक्षिक योजना र शैक्षणिक योजनाको सूची बनाउनुहोस् । अधिकांश विद्यालयले यस्ता योजना निर्माण र कार्यान्वयन गरेको पाइदैन । यसका प्रमुख कारणहरू के के हुन् ? योजना निर्माण र कार्यान्वयनको अभ्यासलाई सुधार गर्न विद्यालय प्रधानाध्यापकको रूपमा तपाईंले गर्ने कार्यहरूको संक्षिप्त व्याख्यासहित उल्लेख गर्नुहोस् ।
२+४+४
३.
विद्यालय शिक्षाका पाठ्यपुस्तक छपाइ र वितरणमा राज्यले ठुलो लगानी गरिरहेको छ। पाठ्यपुस्तक बालबालिकाको सिकाइको मुख्य सामग्री हो । यसलाई पुनः प्रयोग गर्न सकिएमा त्यसबाट बचत भएको रकम अन्य पाठ्यसामग्रीमा उपयोग गर्न सकिन्छ । यसबाट विद्यालय शिक्षाको गुणस्तर सुधार हुने अपेक्षासमेत गर्न सकिन्छ । यस सन्दर्भमा तलका प्रश्नहरूको जवाफ दिनुहोस् :
क) पाठ्यपुस्तक पुनः प्रयोग गर्न विद्यालयले खेल्नुपर्ने भूमिका के के हुनसक्छ ? ३
ख) पाठ्यपुस्तक पुनः प्रयोग गर्दा आइपर्न सक्ने सकारात्मक र नकारात्मक प्रभावहरू के के हुन सक्छन् ? ४
ग) विद्यालय शिक्षाको गुणस्तर सुधार र पठन संस्कृतिको विकासमा विद्युतीय पुस्तकालयको आवश्यकता प्रस्ट पार्नुहोस् । ३
४.
साक्षरता जीवनयापनको आधारभूत सिप हो । साक्षरता र जीवनपर्यन्त शिक्षाका सम्बन्धमा हालसम्म धेरै प्रयासहरू गरिएता पनि अझै धेरै स्थानीय तह साक्षर घोषणा हुन बाँकी नै रहेको देखिन्छ । यसको समीक्षा गर्दै सबै नेपाली साक्षर भई साक्षर नेपालको सपना पूरा गर्नका लागि आगामी दिनमा विद्यालय तथा स्थानीय निकायले के कस्ता कार्यक्रम र योजना तर्जुमा गर्न उपयुक्त ठान्नुहुन्छ ? सुझावसहितको कार्ययोजना प्रस्तुत गर्नुहोस् ।
५+३+२
५.
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विभिन्न प्रतिवेदनहरूले हाम्रा विद्यार्थीहरूको सिकाइ उपलब्धि सन्तोषजनक अवस्थामा नरहेको दृष्टान्त प्रस्तुत गरेका छन् । खासगरी सामुदायिक विद्यालयका विद्यार्थीहरूको सिकाइ सुधारको लागि शिक्षा क्षेत्रका रणनीतिहरू के के हुन सक्छन् ? विद्यार्थीको सिकाइ सुधारका लागि पाठ्यक्रम निर्माण, शिक्षक क्षमता विकास, शिक्षण सिकाइ प्रक्रिया र मूल्याङ्कन प्रणालीमा कस्तो रूपान्तरण आवश्यक छ ? कार्यान्वयनयोग्य रणनीति प्रस्तुत गर्नुहोस् ।
४+६
६.
शिक्षकले कार्यमूलक अनुसन्धान गर्नुपर्नाको उद्देश्य, प्रस्तावना लेखन, प्रतिवेदन तयारी र उपयोगका बारेमा प्रस्ट पार्नुहोस् ।
२+२+३+३
नेपाल सरकार
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा-२०८२
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो पत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C का मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१.
विद्यालयको कक्षाकोठामा शिक्षकले नियमित रूपमा गर्ने कार्यमूलक अनुसन्धान (Action research) बाट तुलनात्मक रूपमा कम अपेक्षा गरिने विषय कुन हो ?
२.
विशिष्टीकरण तालिकाले परीक्षाको कुन गुण सुनिश्चित गर्छ ?
३.
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ (दोस्रो संस्करण, २०७९) मा उल्लेख भए अनुसार माध्यमिक शिक्षा (कक्षा ९-१२) का सक्षमतामा कुन कुरा अपेक्षित छैन ?
४.
विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८ मा भएको व्यवस्थाअनुसार परीक्षण प्रतिवेदनको कार्यान्वयन गर्ने प्रमुख दायित्व कसको हुने गरी तोकिएको छ ?
५.
शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) को प्रयोग गर्दा देखिने मूल चुनौती कुन हो ?
६.
कक्षाकोठा व्यवस्थापनको प्रमुख पक्ष कुन हो ?
७.
सिकाइ उपलब्धिसम्बन्धी अनुसन्धान गर्दा एकभन्दा बढी तथ्याङ्कका स्रोतहरूको प्रयोग गर्ने विधिलाई के भनिन्छ ?
८.
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ ले दफा २६ मा गरेको व्यवस्थाअनुसार विद्यालयले प्रदान गर्ने शिक्षणको माध्यमका सम्बन्धमा कुन कुरा उल्लेख छैन ?
९.
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार प्रधानाध्यापकको रूपमा तपाईंले माध्यमिक तहको (कक्षा ९-१०) मा वार्षिक कति कार्यघण्टा हुने गरी योजना निर्माण गर्नुहुन्छ ?
१०.
मानव अधिकारमा आधारित शिक्षाअन्तर्गत नेपालको संविधानले दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर या बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कस्तो शिक्षा पाउने व्यवस्था गरेको छ ?
११.
एउटा विद्यालयमा सबै विद्यार्थीलाई समान पाठ्यक्रम र मूल्याङ्कन लागू गरिन्छ, तर भाषा, संस्कृति र क्षमतामा फरक भएका विद्यार्थीको आवश्यकता छुट्टै रूपमा सम्बोधन गरिएको छैन । विद्यालयले यसलाई 'समानता' को उदाहरण मान्छ । यस अवस्थामा लोकतान्त्रिक शिक्षाको दृष्टिले सबैभन्दा उपयुक्त सुधार के गर्न सकिन्छ ?
१२.
शिक्षक मेन्टरिङ् (Mentoring) तलकामध्ये कस्तो कार्य हो ?
१३.
सिकाइमा संवेगात्मक तत्त्वको सबैभन्दा नकारात्मक प्रभाव कुन अवस्थामा देखिन्छ ?
१४.
राष्ट्रिय पाठ्यक्रम प्रारूपले तय गरेको खाकाबमोजिम आधारभूत तहमा स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियाको नेतृत्व गर्ने अवसर पाउँदा तपाईं तल दिइएका कामहरूमध्ये सबभन्दा पहिले कुन काम गर्नुहुन्छ ?
१५.
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेको अनलाइनमा आधारित एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा आवश्यक पर्ने व्यक्तिगत तथा संस्थागत शैक्षिक विवरणहरू प्रविष्टि गर्ने र समय समयमा त्यसलाई अध्यावधिक गर्ने दायित्व र जिम्मेवारी कसको हो ?
१६.
राष्ट्रिय शिक्षा नीति, २०७६ बमोजिम औपचारिक र अनौपचारिक माध्यमबाट प्राप्त ज्ञान, सिप र दक्षतालाई व्यावसायिक योग्यतामा बदल्न नीति निर्माताको रूपमा तपाईंले कुन पद्धति लागू गर्नुहुन्छ ?
१७.
शिक्षक अभिभावक सङ्घको कार्यकारी समितिको काम, कर्तव्य र अधिकार तल दिइएकामध्ये कुनचाहिँ हो ?
१८.
शिक्षण सिकाइको क्रममा विद्यार्थीको पढाइमा कमजोरी देखिएपछि त्यसको कारण पत्ता लगाउन विशेष मूल्याङ्कन गरिन्छ भने त्यस्तो मूल्याङ्कन तलकामध्ये कुन प्रकारको मूल्याङ्कन हो ?
१९.
लेटर ग्रेडिङ निर्देशिका, २०७८ (संशोधन सहित) अनुसार विद्यालय शिक्षामा विद्यार्थी मूल्याङ्कनमा ग्रेड निर्धारण गर्दा विद्यार्थीको उपलब्धि प्रतिशत ६० र सो भन्दा माथि ७० भन्दा कमका लागि स्तरीकृत अङ्क, उपलब्धि स्तरको अक्षर र व्याख्या तलकामध्ये कुन हो ?
२०.
शिक्षक पेसागत विकास प्रारूप, २०८० मा शिक्षकको पेसागत विकासका लागि उल्लेख नभएको विधि कुन हो ?
२१.
नवप्रवर्तनात्मक शैक्षणिक योजना (Innovative Instructional Planning) मा आधारित भएर विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप गर्दा शिक्षकले आफ्नो भूमिकालाई मूल रूपमा कसरी प्रस्तुत गरेको हुन्छ ?
२२.
सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना (Recovery and Accelerated Learning (ReAL) Plan) कार्यान्वयन गरी सिकाइ अवस्था कमजोर भएका बालबालिका पहिचान र सिकाइ कार्य सञ्चालन गर्न कस्तो मूल्याङ्कनको व्यवस्था गरिएको छ ?
२३.
मामिला अध्ययनमा आधारित कार्यमूलक अनुसन्धानमा रूपान्तरण (Transformational change) ले के बुझाउँछ ?
२४.
कक्षा शिक्षणमा मुख्य सिकाइ (Mastery Learning) को प्रयोग गर्दा यसका विभिन्न चरणहरूमध्ये एउटा चरणमा विद्यार्थीहरूलाई विभिन्न उदाहरणका साथै विभिन्न प्रश्नहरू दिइन्छ र तिनै उदाहरणको आधारमा प्रश्नहरू हल गर्न लगाइन्छ भने यो तरिकालाई के भनिन्छ ?
२५.
शिक्षक पेसागत विकास प्रारूप (परिमार्जित संस्करण), २०८० मा उल्लेख भएअनुसार शिक्षकका सक्षमताहरूमा समावेश नगरिएको ज्ञान तलकामध्ये कुनचाहिँ हो ?
२६.
शिक्षा नियमावली, २०५९ बमोजिम शिक्षकहरूले तोकिएको आचार संहिता पालन गरे नगरेको अभिलेख कसले राख्नुपर्छ ?
२७.
दिगो विकासको लक्ष्य-४ को मुख्य उद्देश्य कुन हो ?
२८.
विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका, २०८० मा उल्लेख भएअनुसार योजना चक्रमा कुन कुरा समावेश छैन ?
२९.
माध्यमिक तह (कक्षा ९-१०) का विद्यार्थीलाई समुदायमा पठाएर परियोजना कार्य गराउनुको मूल अभिप्राय के हो ?
३०.
सामाजिक-सांस्कृतिक सिकाइ सिद्धान्त तलकामध्ये कोसँग सम्बन्धित छ ?
३१.
यदि तपाईंले शिक्षण सिकाइमा दैनिक तालिका अनुसार काम भएको छ कि छैन भनेर ध्यान दिने, दैनिक घटनालाई महत्त्व दिई त्यसबाट अनुभव हासिल गर्ने र विद्यार्थीको सिकाइस्तर बढाउन प्रतिबद्ध भई पेसागत जिम्मेवारीलाई बहन गर्ने गर्नुभयो भने तपाईंले गरेको अभ्यासलाई शिक्षकको पेसागत विकासका ढाँचाहरूमध्ये कुन ढाँचाको प्रयोग भएको मान्न सकिन्छ ?
३२.
विपद व्यवस्थापनअन्तर्गत जोखिम न्यूनीकरणको अवधारणासित असम्बन्धित कुरा तलकामध्ये कुनचाहिँ हो ?
३३.
स्थानीय पाठ्यक्रमको विशेषतामा नसमेटिएको कुरा तलकोमध्ये कुनचाहिँ हो ?
३४.
विद्यालय शिक्षामा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण गर्ने जिम्मेवार निकाय कुन हो ?
३५.
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ को प्रस्तावनामा उल्लेख भएअनुसार कस्तो प्राविधिक जनशक्ति उत्पादन गर्नु परिषद्को कार्यक्षेत्रभित्र पर्दैन ?
३६.
नेपालको भाषिक विविधतालाई आधार मानी नेपालको संविधानको कुन धारामा मातृभाषामा शिक्षा पाउने हकको प्रत्याभूति गरिएको छ ?
३७.
विद्यालयमा हुने सार्वजनिक सुनवाइमा अभिभावकको भूमिका तलकामध्ये कस्तो हुनुपर्ने अपेक्षा गरिएको हुन्छ ?
३८.
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ मा त्रिभुवन विश्वविद्यालयले कहिले देखि प्रमाणपत्र तहको कक्षा सञ्चालन बन्द गर्न सिफारिस गरिएको थियो ?
३९.
आफूलाई पढाउने शिक्षकले निसङ्कोच रूपमा चुरोट र रक्सीको सेवन गरेको देखेको विद्यार्थीले त्यस्तो व्यवहारको बढी नक्कल गर्दछ । अनुकरणात्मक सिकाइ सिद्धान्तको व्याख्या गर्दा यस घटनामा उक्त शिक्षकको भूमिकालाई कुन रूपमा व्याख्या गर्नुहुन्छ ?
४०.
विद्यालय शिक्षामा सूचना प्रविधिको प्रयोगसम्बन्धी हालको राष्ट्रिय रणनीति के हो ?