नेपाल सरकार
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा-२०८२
विषयगत प्रश्नपत्र
तलका सबै प्रश्नहरू हल गर्नुहोस् ।
१.
शिक्षकको अवकाश सम्बन्धमा विद्यमान कानुनी व्यवस्था लेखुहोस् ।
शिक्षा नियमावली, २०५९ मा रहेका शिक्षकले पालना गर्नुपर्ने आचार संहिता
उल्लेख गर्दै तिनीहरूको कार्यान्वयन/पालनाको अवस्था समीक्षा गर्नुहोस् ।
३+४+३
२.
शिक्षकहरूले कक्षाकोठामा सकारात्मक वातावरण निर्माण गर्न अपनाउन सकिने
रणनीतिहरू के के हुन् ? कक्षाकोठा व्यवस्थापनमा शिक्षकको पेसागत विकासको
भूमिका प्रस्तुत गर्नुहोस् ।
५+५
३.
"पाठ्यक्रम केवल पाठ्यवस्तुको सूचीमात्र होइन, यो एउटा गतिशील प्रक्रिया हो"
यस भनाइको सन्दर्भमा पाठ्यक्रम कार्यान्वयनमा शिक्षकको भूमिकालाई विश्लेषण
गर्दै पाठ्यपुस्तकबिना पाठ्यक्रममा आधारित शिक्षण गर्दा आइपर्ने चुनौतीहरू
उल्लेख गर्नुहोस् ।
५+५
४.
शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग के कसरी गर्न सकिन्छ ?
निम्नमाध्यमिक तहको शिक्षकको रूपमा तपाईंले शिक्षण सिकाइमा सूचना तथा
सञ्चार प्रविधिको प्रयोगलाई कसरी प्रभावकारी बनाउन सक्नुहुन्छ ?
४+६
५.
ग्रामीण वा दुर्गम क्षेत्रका आधारभूत तहका शिक्षकको पेसागत विकासमा सामाजिक
सञ्जालको उपयोगको प्रभावकारिता उल्लेख गर्दै यसका सीमाहरुको सम्बोधनका लागि
प्रयोगात्मक उपायहरू सुझाउनुहोस् ।
४+६
६.
मामला अध्ययन (Case Study):
परीक्षा मूल्याङ्कनको एउटा साधन मात्र हो। विद्यार्थीको मूल्याङ्कनको प्रणालीमा परीक्षा बाहेकका मूल्याङ्कनका साधनहरु पनि प्रशस्तै छन् । शिक्षकले परीक्षा नै मूल्याङ्कनको एकमात्र साधन हो भन्ने बुझाइ राख्दा पाठ्यक्रमले तोकेका विद्यार्थी सक्षमतालाई सही रूपमा मूल्याङ्कन गर्न सकेको पाइँदैन। मूल्याङ्कन अभिलेखनमा पनि परीक्षा बाहेकका अभिलेख विद्यालय तहमा प्रायः पाइँदैन। मूल्याङ्कन प्रणालीलाई सुदृढ र पाठ्यक्रमले निर्दिष्ट गरेको ढाँचामा प्रयोग गर्नु शिक्षकको कर्तव्य र जिम्मेवारी हो । विद्यार्थीलाई सिकाइको क्रममा समेत परीक्षाको डर देखाएर सिकाउने गर्दा सिकाइ सतही र घोकन्ते बन्न पुगेको छ। परिणामतः विद्यार्थीको सिकाइप्रतिको रूचि नै पातलो बन्न जाने डरलाग्दो अवस्थासमेत सिर्जना हुन सक्छ । मूल्याङ्कनका फरक साधन प्रयोग गर्नका लागि चाहिने पूर्वाधारसमेत विद्यालयमा नभएको र शिक्षक स्वयम् पनि कतिपय अवस्थामा अनभिज्ञ रहेको पाइन्छ ।
यस्तो अवस्थालाई विश्लेषण गरी तलका प्रश्नहरुको उत्तर दिनुहोस् :
परीक्षा मूल्याङ्कनको एउटा साधन मात्र हो। विद्यार्थीको मूल्याङ्कनको प्रणालीमा परीक्षा बाहेकका मूल्याङ्कनका साधनहरु पनि प्रशस्तै छन् । शिक्षकले परीक्षा नै मूल्याङ्कनको एकमात्र साधन हो भन्ने बुझाइ राख्दा पाठ्यक्रमले तोकेका विद्यार्थी सक्षमतालाई सही रूपमा मूल्याङ्कन गर्न सकेको पाइँदैन। मूल्याङ्कन अभिलेखनमा पनि परीक्षा बाहेकका अभिलेख विद्यालय तहमा प्रायः पाइँदैन। मूल्याङ्कन प्रणालीलाई सुदृढ र पाठ्यक्रमले निर्दिष्ट गरेको ढाँचामा प्रयोग गर्नु शिक्षकको कर्तव्य र जिम्मेवारी हो । विद्यार्थीलाई सिकाइको क्रममा समेत परीक्षाको डर देखाएर सिकाउने गर्दा सिकाइ सतही र घोकन्ते बन्न पुगेको छ। परिणामतः विद्यार्थीको सिकाइप्रतिको रूचि नै पातलो बन्न जाने डरलाग्दो अवस्थासमेत सिर्जना हुन सक्छ । मूल्याङ्कनका फरक साधन प्रयोग गर्नका लागि चाहिने पूर्वाधारसमेत विद्यालयमा नभएको र शिक्षक स्वयम् पनि कतिपय अवस्थामा अनभिज्ञ रहेको पाइन्छ ।
यस्तो अवस्थालाई विश्लेषण गरी तलका प्रश्नहरुको उत्तर दिनुहोस् :
क)
परीक्षा बाहेकका मूल्याङ्कनका साधनहरू आवश्यक छन् कि छैनन् ?
विश्लेषणसहित तार्किक उत्तर दिनुहोस् ।
३
ख)
नेपालको विद्यालय तहमा विद्यार्थी मूल्याङ्कनमा देखिएका कुनै चारओटा
मुख्य समस्याहरु लेखी ती समस्या समाधानमार्फत् समग्र मूल्याङ्कन प्रणाली
सुधार्नका लागि शैक्षिक अनुसन्धानको प्रयोग कसरी गर्न सकिन्छ ? लेख्नुहोस् ।
४
ग)
पाठ्यक्रमले निर्धारण गरेका मूल्याङ्कनका तरिकाहरू प्रयोग गर्न शिक्षकमा
केकस्ता सक्षमता हुन जरूरी देख्नुहुन्छ ? लेख्नुहोस् ।
३
नेपाल सरकार
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा-२०८२
वस्तुगत प्रश्नपत्र
उम्मेद्वारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet)
को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा
वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही
उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा
(A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१.
विद्यालय सुधार योजना निर्माण गर्दा स्थानीय अभिभावकको आवश्यकता तथा
माग समावेश गर्ने उत्तम उपाय कुन हो ?
२.
तपाईंले शिक्षण गर्ने कक्षामा दृष्टि कमजोर भएका विद्यार्थी रहेछन् भने
कसरी कक्षा सञ्चालन गर्नुहुन्छ ?
३.
शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्नुको मुख्य उद्देश्य के हो ?
४.
विद्यालय शिक्षामा प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार तलकामध्ये कुन होइन ?
५.
आधारभूत तह (कक्षा ८) को अन्त्यमा हुने परीक्षा कुन सरकारको मातहतमा
रहेको परीक्षा समितिले सञ्चालन गर्दछ ?
६.
शिक्षा ऐन, २०२८ को व्यवस्थाअनुसार शिक्षा विकास कोषको प्रमुख दायित्व
तलकामध्ये कुन हो ?
७.
बहुपाठ्यपुस्तक प्रयोग नीतिले पुऱ्याउने फाइदा तलकामध्ये कुन होइन ?
८.
सबैका लागि शिक्षा राष्ट्रिय कार्य योजनाले डकार घोषणाले तय गरेका
लक्ष्यबाहेक नेपालको सन्दर्भमा थप गरिएको लक्ष्य कुन हो ?
९.
तलकामध्ये कुन विषयमा सरकार विरूद्ध अदालतमा प्रश्न उठाउन सकिन्छ ?
१०.
राष्ट्रिय पाठ्यक्रम प्रारूपले आधारभूत तहको कुन कक्षासम्म एकीकृत
पाठ्यक्रम ढाँचा अवलम्बन गर्ने नीति लिएको छ ?
११.
कार्यमूलक अनुसन्धान गर्नुको मुख्य प्रयोजन के हो ?
१२.
समालोचनात्मक चिन्तनको ABC ढाँचा अन्तर्गत 'B' (Building Knowledge)
चरणमा कुन क्रियाकलाप उपयुक्त हुन्छ ?
१३.
अभिभावक शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्न सकिएमा कुन पक्षमा
बढी सहयोग पुग्न सक्छ ?
१४.
नेपालको वर्तमान पाठ्यक्रमअनुसार भाषिक तथा सञ्चार सिपको व्यावहारिक,
सिर्जनात्मक प्रयोग कुन तहको सक्षमता हो ?
१५.
भर्चुयल कक्षामा ब्रेकआउट रुम (Breakout Room) को प्रयोग केका लागि गरिन्छ ?
१६.
विद्यालय सुधार योजना निर्माण गर्दा तलकामध्ये सबैभन्दा पहिला कुन
क्षेत्रको चर्चा गर्नु पर्दछ ?
१७.
प्रश्नपत्र निर्माण गर्दा पाठ्यक्रमका सबै क्षेत्र समेटिएका छन् भनी
सुनिश्चित गर्न कुन साधनको प्रयोग गरिन्छ ?
१८.
फ्लिप्ड कक्षाकोठा नमूना (Flipped Classroom Model) मा के समावेश हुन्छ ?
१९.
वार्षिक कार्यतालिकाका आधारमा तयार गरिने वार्षिक शैक्षणिक योजना निर्माण
गर्ने जिम्मेवार व्यक्ति को हो ?
२०.
प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्र कायम गर्दा कुन आधार लिइन्छ ?
२१.
मामला अध्ययन (Case Study) को सबल पक्ष के हो?
२२.
तल दिइएकामध्ये शिक्षकको पेसागत सक्षमताभित्र नपर्ने तत्व कुन हो ?
२३.
स्थानीय पाठ्यक्रम लागु गर्नुको महत्त्वपूर्ण पक्ष कुन हो ?
२४.
दिगो विकास लक्ष्य-४ (SDG4) को परिमाणात्मक लक्ष्य कुन हो ?
२५.
कक्षाकोठा व्यवस्थापन गर्नका लागि विद्यार्थीहरूलाई उत्तरदायी बनाउने
प्रभावकारी कार्य कुन हो?
२६.
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहको अधिकार
क्षेत्रभित्र नपर्ने विषय कुन हो ?
२७.
अन्तरविषयक ढाँचामा आधारित पाठ्यक्रम कार्यान्वयन भएका कक्षाहरू कुन हुन् ?
२८.
समावेशी शिक्षाको मर्मलाई कुन भनाइले सबैभन्दा उपयुक्त रूपमा व्याख्या गर्दछ ?
२९.
शिक्षकको पेसागत विकासमा सामाजिक सञ्जालको प्रयोग कसरी प्रभावकारी हुन सक्छ ?
३०.
विद्यालयको सामाजिक परीक्षण प्रतिवेदनको कार्यान्वयन गर्ने प्रमुख दायित्व कसको रहन्छ ?
३१.
शिक्षामा लैङ्गिक समानताका लागि अवलम्बन गर्नुपर्ने सबैभन्दा प्रभावकारी
उपाय कुन हो ?
३२.
विपत् वा महामारीको समयमा शिक्षण सिकाइलाई निरन्तरता दिन अपनाइने
उपयुक्त उपाय कुन हो ?
३३.
वि.व्य.स. ले नीति निर्माण र समुदाय सम्बन्धमा सक्रिय भूमिका खेल्नु
कुन व्यवस्थापन हो ?
३४.
उपचारात्मक शिक्षणको मुख्य आधार के हो ?
३५.
तलकामध्ये आधारभूत शिक्षा (कक्षा ६-८) को सक्षमता कुन हो ?
३६.
बालबालिकाले निश्चित सही उत्तर दिएपछि पुनर्बल प्रदान गर्ने तालिका कुन हो ?
३७.
लेटर ग्रेडिङअनुसार ७० भन्दा बढी र ८० प्रतिशतभन्दा कम अंक पाउनेको
उपलब्धि स्तर के हुन्छ ?
३८.
विद्यार्थीले कार्य कत्तिको राम्रो सम्पादन गर्न सक्छ भनी मापन गर्न
कुन साधन बढी उपयोगी हुन्छ ?
३९.
मानव अधिकार घोषणा (१९४८) मा कुन कुरा शिक्षासम्बन्धी अधिकारमा
समावेश छैन ?
४०.
प्रश्नपत्रमा सुधार गर्न गरिने पद विश्लेषण (Item Analysis) को उद्देश्य कुन होइन ?