नेपाल प्रशासन रा०प० द्बितीय प्रशासन उपसचिव वा सो सरह आ.प्र. ८२/८३ दोश्रो २०८३।०१।२४

लोक सेवा आयोग नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरह (अप्राविधिक) पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा मितिः २०८३/१/२४ समयः ३ घण्टा पूर्णाङ्कः १०० पत्रः द्वितीय विषयः सेवा सम्बन्धी तलका प्रत्येक प्रश्नको उत्तर बेग्लाबेग्लै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ। १. नेपालको संविधानले तीन तहका सरकारको आपसी सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ। यही आधारमा हाम्रो सङ्‍घीय प्रणालीलाई सहकारीमा आधारित सङ्घीयता (Cooperative Federalism) भनेर अर्थ्याइने गरिएको हो। तर व्यवहारमा तीन तहका सरकारको अन्तरसम्वन्ध उपर्युक्त सिद्धान्तबाट निर्देशित भएको पाइदैन। अधिकार र कार्यक्षेत्रमा विवाद रहेकाले सरकारहरूले एउटै लयमा काम गर्न सकेका छैनन्। यसले गर्दा समय कार्यसम्पादनमा प्रतिकूल प्रभाव परिरहेको विज्ञहरूको विश्लेषण छ। तीन तहका सरकारबीचको हालको अन्तरसम्बन्धले सरकारहरूको कार्यसम्पादनमा पारेको नकारात्मक प्रभावको विश्लेषण गर्नुहोस् । साथै यिनीहरूको अधिकार र कार्यक्षेत्रलाई स्पष्ट र व्यवस्थित कसरी गर्न सकिन्छ। सरोकारवालाहरुको भूमिकासमेत किटान गरेर सुझाव प्रस्तुत गर्नुहोस्। 5+10=15 २. भनिन्छ, कुनै पनि संगठनको संस्कृतिले त्यस संगठनमा आवद्ध जन्याक्तिको निर्णय र कार्य प्रवृत्ति प्रतिविम्वित गर्दछ। त्यसैले कर्मचारीतन्कको संस्कृति (Bureaucratic culture) ले पनि कर्मचारीतन्य (Bureaucracy) मा आबद्ध जन्याक्तिको कार्यशैली का व्यवहार के-कस्तो छ भन्ने कुरालाई प्रतिविम्वित गर्छ भन्न सकिन्छ। योग्यताको आधारमा कर्मचारीको छनौट, ऐन, नियम र कार्यविधिका आधारमा कार्य सञ्चालन, संगठनको सम्पत्तिमा कर्मचारीको व्यक्तिगत स्वामित्वको अभाव, पदसोपानमा आधारित संगठन संरचना आदिलाई कर्मचारीतन्वका केही संचलपक्षको रूपमा लिइन्छ। काममा डिलासुस्ती, जनसाधारणप्रतिको जिम्मेवारीबोधको अभाव, यथास्थितिप्रतिको लगाव, परिवर्तन वा सुधारको प्रतिरोध आदिलाई कर्मचारीतन्त्रका दुर्वलपक्षको रूपमा चित्रण गरिन्छ। कर्मचारीतन्वका यी र यस्ता प्रवृत्तिजन्य विशेषताहरूबाट कर्मचारीतन्वको संस्कृति परिभाषित भए‌को हुन्छ। "मैले धेरै राम्रा काम गर्न खोजेको थिएँ, कर्मचारीतन्त्रले पटक्कै सहयोग नगरेको हुनाले गर्न सकिन" धेरै नेताहरूले मन्त्रीपदबाट बाहिर निस्केपछि आफ्ना कार्यकर्ताहरूलाई कर्मचारीप्रति आरोप गरेको सुनिन्छ। कतिपय मन्त्रीले नियमले गर्न नमिल्ने दवाव विन्छन्, यो त गर्न मिल्दैन हजूर भनेपछि सहयोग गरेन भन्छन् कर्मचारीहरूको पनि गुनासी हुन्छ। काम नगर्ने हो भने कसैले दुःख दिदैन, कुनै काम गर्ने हो भने कसैले व्यक्तिगत रीसइवीले उजूर हाल्यो भने पनि भ्रष्टाचार गरेको आरोपमा तारिखमा घाउनुपर्छ कतिपय कर्मचारीहरूले अकों गुनासो गर्छन्। सरकारी कार्यालयचाट काम लिनको निम्ति घुस खुवाउनु पर्छ कतिपय मानिसहरूले यस्तो पनि गुनासो गर्छन् । कर्मचारीतन्त्रको विषयमा गरिने यस्ता टिप्पणीहरूले कर्मचारीतन्त्रको कार्य संस्कृतिका विभिन्न पक्षहरू उजागर गरेको मान्न सकिन्छ। यस पृष्ठभूमिमा कर्मचारीतन्त्रको कार्य संस्कृतिका विभिन्न आयामहरूको संक्षिम लेखाजोखा गर्दै कर्मचारीतन्वको संस्कृतिसँग गाँसिएका समस्याहरूको विवेचना गरी जनमुखी, परिणाममुखी, जिम्मेवारी वहन गर्न सक्षम, उत्तरदायी र स्वच्छ कार्य संस्कृतिको निर्माण गर्नका निम्ति उपयुक्त संरचनात्मक र व्यवहारिक सुधारको निम्ति सुझाव दिनुहोस्। 5+5+5+5=20 ३. मुलुकले खुला र आर्थिक नीति अवलम्बन गरेसँगै क्षेत्रीय एवम् बहुपक्षीय व्यापारसँगको आबद्धता बढेको छ। अन्तर्राष्ट्रिय व्यापारको बस्तुगत एबम् देशगत विविधीकरण भएसँगै १५० भन्दा बढी मुलुकबाट वस्तु पैठारी र १२५ भन्दा बढी मुलुकमा वस्तु निकासी हुने गरेको छ । अन्तर्राष्ट्रिय व्यापार सम्झौता एवम् साझेदारीबाट सिर्जित अवसरको अपेक्षितरूपमा लाभ लिन नसक्दा व्यापार असन्तुलनमा सधार हुन सकेको छैन। बस्तर सेवा व्यापार घाटा कल ग्रार्हस्थ्य उत्पादनको २५% भन्दा बढी लेको छ। यस्तै नेपाल सरकारले तोकेका २२ दुर्गम जिल्लामध्ये १७ जिल्लाको ६१ स्थानमा चालु आर्थिक वर्षको फागुनसम्म ६१ हजार ९ सब ९१ क्विन्टल आयोडिनयुक्त नुन ढुवानी भएको छ। चालु आर्थिक वर्षको फागुनसम्म १६ हजार ७ सय ७ मेट्रिक टन खाद्यान्न दुर्गम जिल्लामा बुवानी भएको छ। २०८१ फागुनसम्म कर्णाली प्रदेशमा जन्म र मृत्यु संस्कार कार्यमा करिब ६५ मेट्रिक टन खाद्यान्न वितरण गरिएको छ। यसप्रकार नेपालले अहिले खाद्य संकट, बढ्‌दो आयात, रोजगारीमा न्यूनता, बड्‌दो महगी, अर्थतन्त्रमा गिरावट जस्ता चुनौती व्यहोरीरहेको अवस्था छ। देशमा नै उत्पादन हुने बस्तु तथा सामग्री पनि आयात गर्नुपर्ने अवस्था, पहाडमा खेतीपाती नै नगरी खेतीयोग्य जमीन चाँड्री रहेको अवस्था पनि चुनौतीको रूपमा रहेको छ। यि सबै परिस्थितिबाट मुक्त हुन वा यसलाई विस्तारै न्यूनीकरण गर्दै जान के गर्नुपर्ला विश्लेषणात्मक तथा समालोचनात्मक रूपमा समीक्षा गर्दै सुझाचसमेत प्रस्तुत गर्नुहोस् । 5+10+5=20 ४. सार्वजनिक सेवा प्रपाहलाई प्रविधिमा आधारित बनाउने सरकारको नीति रहेको छ। यसका लागि ई-गभर्नेन्स गुरुयोजना, सूचना प्रविधि नीति र डिजिटल नेपाल फ्रेमवर्क लगायत सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकासदेखि साइबर सुरक्षासम्मका उद्देश्य तथा कार्यक्रमहरू राखिएका छन्। यसै सन्दर्भमा कतिपय सार्वजनिक निकायले आफ्नो निकायबाट प्रवाह हुने सेवालाई प्रविधिको प्रयोग गरी प्रथाह गर्ने गरेका छन्। तर नेपालमा डाटा सेन्टरको विकास र विस्तार, गुणस्तरीय इन्टरनेट सेवा र निरन्तर विद्युत आपूर्तिसमेत सुनिश्चित नहुँदा अनलाइन सेवा प्रभावकारी हुन सकेको छैन। प्रणालीगत अन्तर आबद्धता नहुनु र संलग्न जनशक्तिको गालत मनोवृतिका कारण कतिपय राम्रा अनलाइन प्रणालीबाट पनि चुस्त र सहज सेवा लिन सेवाग्राहीले पाइरहेका छैनन् । यस परिस्थितिमा नेगलमा सूचना प्रविधि विकासका लागि देखापरेका अवसर एवम् यस क्षेत्रका प्रमुख समस्या तथा चुनौतीको विश्लेषण गर्दै समाधानका लागि सुझाब दिनुहोस् । 7+5+8=20 ५. गरिवी निवारण कार्यक्रम सफल बनाउनका लागि देशका जनतालाई रोजगारीमा आबद्ध बनाउनु पहिलो शर्त हो। नेपालको संविधानमा भएको व्यवस्था बमोजिम रोजगार पाउने नगारिकको हकलाई कार्यान्वयन गर्नका लागि सश्य, प्रदेश र स्थानीय तहले आवश्यक रोजगार कार्यक्रम सम्वालन गर्न सक्ने गरी नेपाल सरकारले रोजगारको हकसम्बन्धी ऐन, २०७५ जारी गरेको छ। चालु आवधिक योजनामा बाध्यतावस वैदेशिक रोजगारमा जानु पर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ स्वदेशमा नै पर्याप्त रोजगारी सिर्जना गर्न आवश्यक नीति कार्यक्रमको व्यवस्था गरिने विषय पनि उल्लेख छ। प्रधानमन्त्री रोजगार कार्यक्रम पनि कार्यानाचनमा आएकै हो। कृषि, सेवा एवम् उद्योग क्षेत्रमा तुलनात्मक लाभका क्षेत्र पहिचान गरी लगानी प्रोत्साहन गर्दा देशमा पूर्ण रोजगारीको (Optimal employment) अवस्था सिर्जना हुन सक्ने विषयमा विज्ञहरूको मत पनि देखिन्छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई समय सापेक्ष एवम् गुणस्तरयुक्त बनाएर जिवनोपयोगी बनाउनु आवश्यक देखिन्छ। अमलाई सम्मान, गुणस्तरीय शिक्षा तालिम, झमेलारहित प्रशासनिक संयन्त्र, सुशासन, नैतिकतायुक्त राजनैतिक क्षेत्र भएमा लगानीको वातावरण अनुकूल भई रोजगारी सिर्जना सम्भव हुन्छ। नेपालमा विकराल वेरोजगारीको दुरावस्था आउनुमा देशको सामाजिक, शैक्षिक, राजनैतिक कारणहरू प्रमुख रहेका छन् भनेर आमरूपमा भन्ने गरिन्छ। प्रस्तुत सन्दर्भमा सरकारले सञ्चालन गरेका रोजगार स्वरोजगार कार्यक्रमहरुको समीक्षा गर्दै यसका चुनौतीहरू पहिचान गर्नुहोस् । वैदेशिक रोजगारमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नको लागि आवश्यक पर्ने नीति तथा कार्यक्रम कस्तो हुनु पर्दछ ? चर्चा गर्नुहोस् । साथै युवाहरूलाई स्वरोजगार बन्न प्रोत्साहन गर्नको लागि मौगुवा ऐन, नियम, कार्यविधि वा कार्यक्रममा के-के सुधारको आवश्यकता पर्दछ ? सो को कार्यान्वयन ढाँचासमेत तयार गर्नुहोस् । 7+6+6+6=25 समाप्त