My Experience

Writer : Gorakh Chand

मेरो अनुभव... शिक्षक सेवा आयोगलाई सजिलो रुपमा बुझ्ने र केहि नसके शिक्षक सेवा लड्ने भन्ने कुरा अब रहेन। आम विद्यार्थीहरुको शिक्षक सेवा आयोग को परिक्षालाई बुझ्ने धारणामा परिवर्तन नल्याउदा सम्म शिक्षक सेवा आयोगमा पास हुनेहरुको संख्या न्युन नै रहने छ। विश्वविद्यालय तथा विद्यालयको परिक्षा र आयोग को परिक्षालाई एउटै रुपमा बुझ्नु हुदैन। विश्वविद्यालय र विद्यालयको परिपाटि जहाँसम्म विद्यार्थी पास होस भन्ने हेतुले मुल्याङ्कन को दायरामा केहि लचकता देखाइन्छ भने यस्तो प्रतिस्पर्धात्मक परिक्षाका लागि भने त्यो कदापी हुन सक्तैन । अधिक्तम विद्यार्थीहरू के पढ्ने , कुन राइटरको बुक पढ्दा पास गर्न सजिलो हुन्छ भन्ने कुरा सोध्ने गर्दछन। तर मैले के भन्छु भने कन्टेन्ट भनेको पाठ्क्रम नै हो। पाठ्यक्रममा के–के विषयवस्तु पढ्नुपर्छ, त्यसभित्र कस्ता प्रश्न सोधिन्छन, वस्तुगत, विषयगतलाई ख्याल गर्दै कन्टेन्ट मा आधारित भएर पाठ्यक्रमको गहिराइसम्म जानुपर्छ। पाठ्यक्रको सरसरती अध्ययन गरेपछि यसमा रहेका विषयवस्तुको अर्थ के हो? परिभाषा के हो? यसको सुरुवात कसरी भयो? विकास कसरी भयो भन्ने कुराको बारेमा जान्ने प्रयास गर्ने । यसको लागि कुनै छूट्टै किताब नै किन्नुपर्छ भन्ने छैन , अहिलेको जमानामा गुगल, विकिपिडिया , युटुब बाट खोजेर पढे पनि हुन्छ। तर ठोस कुरा हरु को लागि आधिकारिक तथा विद्वान हरुका कन्टेन्ट म्याच गराएर पढ्नुपर्छ। हामिले पढ्ने बिषयबस्तु वा पाठको एकचोटी सरर पढिसकेपछि त्यो पाठको मुल उदेश्य के हो? यसबाट कस्ता प्रकारका प्रश्नहरु सोध्न सक्छ भन्ने कुराको पुर्बानुमान गर्दै त्यी प्रश्नको समाधान गर्दै जानुभयो भने तपाईको अध्ययन झनै लजिकल र दिगो हुने कुरा निश्चित नै हो। मैले नि यसरी नै पढ्ने गरेको छु। हामिले कुन विषय पढिहेका छौँ, पहिले त्यो बिषयको पाठ्यक्रमलाई बृस्तृत रुपमा अध्ययन गर्दै गहिराई सम्म पुग्न सक्नुपर्छ। प्रत्येक शिर्षकको क्षेत्र र ब्यापकता बारे बुझ्नु जरुरी हुन्छ। हामिले एकचोटी हेरेर सजिलो जस्तो लाग्दैमा , यो त सजिलो छ है भनिदिने अवस्थाले हामिलाई गार्हो बनाउछ। हेर्दा सजिलो लाग्ने बिषयबस्तु नै गहिराइ सम्म पुग्न नपाउदा परिक्षामा त्यसले हामिलाइ वास्तविक कुरा लेख्न नपाई राम्रो नम्बर ल्याउन बाट रोक्छ। हेर्दा सजिलो लाग्ने प्रश्नहरु नै अपठ्यरा हुन्छन। धेरै जसो विद्यार्थीहरुलाई किताब नै धेरै कुरा हो भनेर किताब रट्छन तर परिक्षामा अलि फरक तरिकाले प्रश्न आउदा यो पाठ्यक्रम भन्दा बाहिर गयो , यो कुरा किताब मा नै छैन भन्ने गुनासो गर्न थाल्छन। खासमा प्रश्नपत्रहरु बनाउदा कसैको किताबलाई रिफरेन्स बनाइदैन, रिफरेन्स हुने भनको त पाठ्यक्रम नै हो त्यसैले एउटा किताब वा लेखक बा प्रशिक्षक मा निर्भर नभई खोजि गरेर पढ्ने बानि बसाल्नु उपयुक्त हुन्छ। पाठ्यक्रमले नसमेटेका सामान्य तर तत्कालिन समयसापेक्ष कुराहरुलाई पनि बुझ्ने कोशिस गर्नुपर्छ। बिषयबस्तु रट्ने होइन, सबै बिषयबस्तु पढिसकेपछि आफै त्यसलाई बिश्लेशण गर्न जान्नुपर्छ। त्यसको सबल र दुर्बले पक्षको बारे भन्न सक्नुपर्छ, सो कुराको सैद्धान्तिक र व्यवहारिक कुरा केलाउन जान्नु पर्छ तब मात्रै पढाई दिगो बन्न जान्छ। धेरै जसो विद्यार्थीको सोच के हुन्छ भने किताब को हु बहु लेख्न सके मात्रै राम्रो नम्बर आउछ , पास भईन्छ नत्र केहि हुदैन तर त्यस्तो हुन बिषय बस्तु बुझेको छ भने मौलिकता नै लेख्नु बेश। त्यसका लागि सधै अभ्यास गरिरहनु पर्छ। परिक्षामा परिक्षक को मन जित्न निम्न कुराहरुमा ध्यान दिन जरुरी छ। सबै भन्दा पहिलो कुरा लेखाई हो , जुन परिक्षकले हेर्दा नै आकर्षक लागोस। सुरुवात राम्रो गर्ने प्रयास गर्नुपर्छ। प्रश्नपत्रले सोधेको कुरा भन्दा बाहिर जानु हुदैन। धेरै भुमिका बाध्नुपर्छ भन्ने पनि छैन। आफ्नो लेखाई स्पष्ट पार्न विभिन्न तरिका अपनाउन सकिन्छ जस्तै नम्बरीङ, बुलेटिङ इत्यादी। प्रश्नको गहिराइ सम्म पुगेर उत्तर खोतल्न जान्नुपर्छ, त्यसका लागी पहिले नै तयारी गरेको हुनुपर्छ। कति लेख्ने भन्ने मुख्य बिषय नै होइन, प्रश्न ले खोजेको उत्तर दिनुपर्छ तर कति मार्क्स को हो सो कुराले पनि यसलाई प्रभाव पार्छ। कापि भर्नै पर्छ भन्ने होइन । शिक्षक सेवाको तयारी कसरी गर्ने? कुनै पनि व्यक्तिलाई यसरी नै पढ्दा सफल हुन सकिन्छ। यो तरिका मात्रै राम्रो हो भन्न सकिने अवस्था भने छैन। त्यसैले आफुलाई अनुकुल समय हेरेर सो समयमा राम्रो गर्ने प्रयास गर्नुपर्छ। समय ग्याप गरेर पढ्नु हुदैन । थोरै पढ्ने तर निरन्तरता भने दिईरहनु पर्छ। - एउटा आफ्नै नोट बनाउने तर सटिक मात्रै। – एउटा मात्रै किताब पढ्ने र त्यसलाई नै आधार बनाएर पढ्ने , धेरै किताब बटुलेर म्याचिङ गरिरहनु पर्दैन । किनकी बिषयबस्तु पाठ्यक्रम अनुसार पढ्ने हो। किताब अनुसार होइन। लेखक लाई नै, प्रशिक्षकलाई नै १०० प्रतिसत विस्वास गरिहाल्ने होइन। किनकी हामी शिक्षकको तयारी गरिरहेका छौ हामि आफै शिक्षक हौँ , प्रशिक्षक हौं भन्ने बुझ्नुपर्छ। – बिषयबस्तु लाई घोक्ने होइन सरसरती पढ्ने हो, जति बढी पटक दोहर्याषउन सकिन्छ त्यति दोहर्या उनु पर्छ। तब मात्रै दिगो रहन्छ। – नोट मा धेरै कुरा भर्नु हुदैन छोटो मिठो र सम्झिने कोडको प्रयोग गरि बनाउनु पर्छ। – सकिन्छ साथीहरुसंग मिलेर छलफल गर्दै पढ्ने बानी बसाल्नुपर्छ। – वढि अंकभार भएका टपिकहरुलाई बढि ध्यान दिनुपर्छ। – निरन्तरता दिन सकिन्छ भने तयारी कक्षा लिनै पर्छ भन्ने छैन, कहिले काँहि अनुभवि व्यक्तिहरुलाई सहयोग लिदा ठिकै हुन्छ। – विषयवस्तुलाई व्यवस्थित भएर अध्ययन गर्नुपर्छ । विषयवस्तुको बारेमा गहन अध्ययनको जरुरी हुन्छ । - बिषयबस्तुमा सकि नसकि अपठ्यारा बिषयबस्तुको मात्रै अध्यन गरिरहनु परेन। पाठ्यक्रम मा स्पष्ट लेखिएका कुराहरुको अध्ययन गर्नुपर्छ। पाठ्यक्रम लाई शिर्षक हेर्ने पाना बुझ्नु हुदैन। त्यसमा कस्तो बिषयबस्तु फोकस गर्ने भन्ने कुरा पनि उल्लेख गरिएको हुन्छ। शिक्षक सेवा पास गरेपछि पनि तपाईलाई मानिसहरुको सल्लाह हुनेछ, यो भन्दा निजामती नै राम्रो , शिक्षक के गर्ने उता तयारी गर्नुस। तर कुनै पेशा आफैमा नराम्रो हुदैन । तपाई कुन तहको शीक्षक हो भन्ने कुराले पनि प्रभाव पार्छ। पेशा भन्दा पनि आफ्नो पदको मर्यादा राखेर जुन क्षेत्रमा पनि जागिर खानु उपयुक्त नै हो। तर पेशा र पदको मर्यादा को ख्याल चै गरिरहुनु पर्छ भन्ने मेरो धारणा हो। आफु पनि केहि गर्न नसक्ने र अरुलाई पनि गलत सल्लाह दिनेहरुको भिडबाट एक्लिनु भने जरुरी छ। किनकी धेरै जस्तो व्यक्तिले तपाइलाई नकारात्मक कुराले मात्रै भर्ने र हतोत्साही गर्ने कार्य गर्दछन। तिनिहरुबाट सावधान रहुनपर्छ। सल्लाह राम्रो र सकारात्मक सोच भएको व्यक्तिबाट लिनुपर्छ। आफुले अध्ययन गरिरहनुपर्छ तर तपाइले आफुले अध्ययन गरिरहेक कुरा सबैले थाहा पाउनै पर्छ भन्ने छैन। किनकी हामी अध्ययन अरुको लागि होइन, देखाउनको लागि पनि होइन, केवल ज्ञान र परिक्षा मा सफल हुनको लागि गर्दैछौ भन्ने बुझ्नु पर्छ। पढेजस्तो गरेर सबैको नजरमा पढ्छ भन्ने कुरा को ज्ञात गराउनु जरुरी छैन। देखावा गरिरहने तर परिक्षा सफल कहिले नहुने हो भने त्यसको कुनै अर्थ रहदैन। त्यसैले समयको उचित व्यवस्थापन गरेर अध्ययन गर्नुपर्छ। त्यसैले तपाई यदि शिक्षक बन्न चाहना मा हुनुहुन्छ भने अहिले देखि नै तयारी गर्नुहोस । अरु पेशा छोडेरै शिक्षक पेशामा आउनुस भनेको होइन कि शिक्षक पेशा पनि एक असल पेशा हो । जसले तपाई हामिलाई बालबालिकाहरु संग हास्ने खेल्ने एवं सिक्ने अवसर प्रदान गर्दछ । यी प्रतिस्परधात्मक परिक्षाहरुमा गोल्ड मेडेलिष्ट , टपर मात्रै भनेर हुदैन । यदि आफ्नो पढ्ने तरिका, लेखन शैली लाई सुधार गर्दै तिखार्दै लैजानु भयो भने जो सुकैले शिक्षक पेशामा आई अनुसन्धानात्मक एव खोजमुलक रुपमा विद्यार्थीहरुको जिवन उज्वल पार्न महत्वपुर्ण योगदान दिन सक्नुहुन्छ। विशेष गरी शिक्षक पेशालाई एउटा कुशल पेशा र यसको साख बचाईराख्न समेत असल व्यक्ति यो पेशामा आउन जरुरी छ। त्यसैले यदि तपाईले ढिलो गर्नुभयो भने यो पेशामा गलत मान्छेको प्रवेश हुन सक्छ। शिक्षक नै देशको दक्ष जनशक्ति निर्माण गर्ने र पथ प्रदर्शक भएका कारण शिक्षकको राष्ट्र निर्माण मा समेत महत्वपुर्ण भुमिका हुने हुनाले यो पेशा अति उत्तम पेशामा रुपमा बुझ्न र बुझाउन जरुरी छ। जय शिक्षक !